फानी आँधीले निम्त्याएको विपत्ति तस्बिरमा

कार्यालयको दृश्य
Published

फानी नाम गरेको आँधी शुक्रवार स्थानीय समयअनुसार बिहान करिब साढे दश बजे भारतको ओडिशास्थित समुद्री तटमा बज्रिएको थियो। त्यसक्रममा तीव्र वेगको आँधी सहित पानी पर्‍यो। अहिलेसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।

आँधीको त्रास

ओडिशामा फानी आँधी पुग्दा त्यसको गति १६५ देखि १७५ किलोमिटर प्रतिघण्टा थियो।

ढलेको रूख

आँधीका कारण ठाउँठाउँमा रूख र खम्बाहरू ढलेका छन्। तर ठूलो जन-धनको क्षति भएको खबर अहिलेसम्म आएको छैन। उक्त आँधी उत्तर र उत्तर-पूर्वतर्फ बढेको छ।

आँधी

आँधीको प्रत्यक्ष असर नेपालमा नपरे पनि बिशेषत: पूर्व र मध्य भागमा बदली र केही ठाउँमा वर्षा भएको छ।

राहत कार्य

आँधीको गति भुनवेश्वरमा कम भएपछि राहतका कदम उठाइएको थियो तर मौसम विभागले मानिसहरूलाई अझैं पनि सतर्क रहन भनेका छन्।

आँधीपछिको दृश्य

फानीका कारण ओडिशाका १५ वटा जिल्ला प्रभावित भएको बताइएको छ। त्यस्तै भुनवेश्वरको एम्स अस्पतालमा पनि क्षति पुगेको छ। समाचार संस्था एएनआईलाई केन्द्रीय स्वास्थ्य सचिवले अस्पतालमा निकै क्षति पुगेको तर विरामी, विद्यार्थी र कर्मचारी सुरक्षित रहेको बताएका छन्।

राज्यको विधानसभाको प्रवेशद्वार
तस्बिरको क्याप्शन, राज्यको विधानसभाको प्रवेशद्वार

ओडिशाको पुरी र भुवनेश्वरमा आँधीका कारण टेलिफोन नेटवर्कमा समस्या भएको थियो। त्यस्तै मे महिनाको एकदेखि तीन तारिखसम्मको निम्ति ट्रेनको समय तालिका परिवर्तन गरिएको थियो। ईस्ट कोस्ट रेलवेले १० वटा ट्रेन रद्द गरेको थियो।

एजी स्क्वायर
तस्बिरको क्याप्शन, भुवनेश्वरको सबैभन्दा व्यस्त चौकको अवस्था

भारतीय जलसेनाले जनधनको क्षतिको विवरण सङ्कलन गर्न आफ्नो पी-८आई र डोर्नियर विमानलाई हवाई सर्वेक्षणको निम्ति तयारी अवस्थामा राखेको छ।

ढलेको रूख

भारतीय हवाई प्राधिकरणले भुवनेश्वर र कोलकाता विमानस्थलमा शुक्रवार तीन बजेदेखि शनिवार विहान आठ बजेसम्म उडान रद्द गरेको थियो।

ट्राफिक प्रहरी कार्यालय

ओडिशाबाट निस्किएको आँधी शनिबार पश्चिम बंगालको तट पुग्ने र गति कम हुने बताइएको थियो। त्यसपछि उक्त आँधी बांग्लादेशतर्फ जाने छ। त्यो आँधी आइतवार साँझसम्ममा बांग्लादेश पुग्नसक्ने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'फानी'बाट बच्न १० लाख बढी सुरक्षित स्थानमा