समुद्री आँधी फानी: भारतको पूर्वी तटतिर बढ्दै, नेपालमा पनि प्रभाव पर्न सक्ने

फानीको सङ्केत
Published
पढ्ने समय: ३ मिनेट

फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ।

अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ।

फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ। त्यो ओडिशाको तट हुँदै बांग्लादेशतर्फ लाग्नेछ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।

नेपालमा कस्तो प्रभाव पर्ला?

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।

उनले भनिन्, "भोलि पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ।"

बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational grey line

फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।

नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।

फानी
तस्बिरको क्याप्शन, भूउपग्रहबाट खिचिएको यो तस्बिरमा बङ्गालको खाडीमा समुद्री आँधी फानी देखिन्छ
Presentational grey line

सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो।

हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो।

नेपालमा हुदहुदको प्रभाव
तस्बिरको क्याप्शन, हुदहुदको प्रभावका कारण भएको हिमपातका कारण नेपालमा मानवीय क्षति भएको थियो
Presentational grey line

गत महिना नेपालको बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीमा धनजनको ठूलो क्षति भएको थियो।

नेपालको मौसम विज्ञान विभागले सो हावाहुरी टोर्नेडो भएको बताएको छ।

भारतका कुन क्षेत्रमा बढी प्रभाव ?

समुद्री आँधीको प्रभाव पर्ने भएकाले भारतको पूर्वी तटस्थित दुईवटा ठूला बन्दरगाह बन्द गरिएका छन्।

हजारौँ उद्धारकर्मीहरूले तल्लो भेगका मानिसहरूलाई जोखिम भएका स्थान छोड्न सहयोग गरिरहेका छन्।

फानीको बाटो
Presentational grey line

भारतका आन्ध्र प्रदेश र तामिलनाडू राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ।

समुद्री आँधी फानी अहिले आन्ध्र प्रदेशभन्दा पूर्व बङ्गालको खाडीमा छ।

ओडिशाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एचआर बिस्वासका अनुसार ओडिशा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट प्रभावित हुनेछन्।

त्यहाँका मानिसहरूलाई घरभित्रै बस्ने सल्लाह दिइएको छ।

भारतमा विपद् व्यवस्थापन गर्ने निकायले परिस्थिति विकराल हुने सक्ने भन्दै पूर्वी भारतको सबै तटवर्ती क्षेत्रका बासिन्दालाई सतर्क हुन र माझीहरूलाई समुद्रमा नजान भनेको छ।

पूर्वोत्तर भारतको तटमा आइपुगेपछि समुद्री आँधी बाङ्ग्लादेशको चिटगोङतिर जाने अनुमान गरिएको छ।

भारतमा कस्तो तयारी छ?

भारतीय अधिकारीहरूका अनुसार स्थानान्तरण गरिएका मानिसहरूका लागि ८५० वटाभन्दा बढी आश्रयस्थल निर्माण गरिएको छ। तिनमा झन्डै १० लाख मानिस अट्छन्।

भारतको जलसेना, तटरक्षक र विपद् हुँदा खटिने न्याश्नल डिज्यास्टर रिस्पोन्स फोर्स तयारी अवस्थामा छन्।

कोनार्क
तस्बिरको क्याप्शन, ‍
Presentational grey line

स्थानीय सञ्चारमाध्यमका अनुसार तटवर्ती क्षेत्र भएर गुड्ने दर्जनौँ रेलहरू स्थगित गरिएका छन्।

भारतको निर्वाचन आयोगले सरकारलाई उद्धार र राहतको काम गर्न सजिलो होस् भनेर निर्वाचनका बेला लगाइएका केही नियम खुकुलो पारिदिएको छ।

भारतमा गत एप्रिल ११ देखि मतदान सुरु भएको थियो र मे महिनाको अन्तिम साता सकिनेछ।

ओडिशामा भने मतदान भइसकेको छ।