भारत-पाकिस्तान द्वन्द्व: पाकिस्तानले भारतीय लडाकु विमानका पाइलट फिर्ता गर्नुको अर्थ

अभिनन्दन वर्तमान
Published
पढ्ने समय: ३ मिनेट

भारतले पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ।

भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू 'निकै हर्षित' भएको बताएका छन्।

उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघा-अटारी सीमामा भारतलाई हस्तान्तरण गरिने अपेक्षा गरिएको छ।

तर पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ।

कश्मीर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू तैनाथ छन्।

युद्धको त्रासले त्यस भेगका सयौँ बासिन्दाहरूले घर छाडिसकेका छन्।

'शान्तिको सङ्केत'

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशको संसदको संयुक्त सत्रमा बोल्दै त्यस कदमलाई 'शान्तिको सङ्केत'का रूपमा अर्थ्याएका थिए।

भारत-पाकिस्तान - वाघा सीमा
वाघामा भारतीय सुरक्षाकर्मी
तस्बिरको क्याप्शन, भारत-पाकिस्तान सीमानजिकै भारतीय सुरक्षाकर्मी र सञ्चारकर्मीहरू अभिनन्दनको प्रतीक्षा गर्दै

अभिनन्दन वर्तमानलाई मुक्त गराउने दबाव भारतीय अधिकारीहरूमाथि थियो। खानको घोषणाले उनीहरूलाई ठूलो राहत मिलेको बताइएको छ।

दिल्लीबाट बीबीसीका अन्बरसन एतिराजन भन्छन् - पाकिस्तानी प्रधानमन्त्रीको त्यस्तो कदमले दुवै पक्षलाई पछिल्लो तनाव सुरक्षित रूपमा अवतरण गर्न सघाउने ठानिएको छ।

"तर यसकै कारण तनाव रोकिइहाल्ने सम्भावना त छैन। तर थप चर्काउन समेत कठिन हुने देखिन्छ।"

पन्जाब राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले उनलाई स्वागत गर्न सीमामा जाने भन्दै ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

कश्मीरको पुलवामा भएको आत्मघाती आक्रमणको झन्डै दुई सातापछि दुई देशले हवाई कारबाही गरेका थिए।

पाकिस्तानले आफ्नो भूमिमा एउटा भारतीय लडाकु विमान खसालिदिएको दाबी गरेको छ
तस्बिरको क्याप्शन, पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमानको अवशेषनजिकै पाकिस्तानी सैनिकहरू

भारतीय विमान पाकिस्तानी आकाशमा पुग्दा पाकिस्तानले आफ्नोतर्फ भारतीय वायुसेनाको एउटा विमान भुइँमा खसालिदिएको थियो र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

भारतले आफ्नो सेनाले पनि एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको बताए पनि पाकिस्तानले त्यसलाई स्वीकारेको छैन।

के चाहन्छ पाकिस्तान?

पुलवामा घटनामा पाकिस्तानले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

उसले भारतीय विमान खसालेको घटनालाई आफ्नो सीमारक्षाको दायित्व भन्ने गरेको छ।

इमरान खान

तर दुई देशबीच आरोपप्रत्यारोप चलिरहँदा पाकिस्तानले मुख्य अन्तर्राष्ट्रिय हवाईमार्ग प्रभावित हुनेगरी हवाई प्रतिबन्ध लगाएको थियो।

त्यस्तो अवरोध शुक्रबारबाटै हटाइन सक्ने अपेक्षा गरिएको छ।

एक पाकिस्तानी विश्लेषक साद मोहम्मदले भनेका छन् - अभिनन्दन फिर्ता पठाउने कदमले पाकिस्तान र भारतबीच सम्बन्ध त राम्रो बनाउँछ नै, त्यसले इमरान खानको व्यक्तित्व पनि उचो बनाएको छ।

"क्रिकेटरको रूपमा अन्तर्राष्ट्रिय प्रसिद्धि पाएका प्रधानमन्त्री खानले क्रिकेट खेलिने देशमै आफ्नो मिडियामैत्री र संवादकला देखाएका छन्।"

बालाकोट

विश्लेषकहरूका भनाइमा अफगानिस्तानतिर अस्थिरता हुँदा पाकिस्तानले खेपेको असर देखेका इमरान खानले शान्ति र वार्ताबाट समस्या समाधान गर्ने रणनीति लिएका छन्।

अफगानिस्तानतर्फ अहिले अमेरिका र तालिबानबीच वार्ताहरू भइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यहाँ डेढ दशकदेखि भइराखेको युद्ध टुङ्ग्याउन चाहन्छन्।

यसलाई 'शान्ति चाहेको' इमरानको प्रयासको लागि उपयुक्त वातावरणको रूपमा हेरिएको छ।

तर भारत सहभागी भएकै कारण पाकिस्तानले शुक्रवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशनको ४६औँ सत्र बहिष्कार गरेको छ। सत्रमा सो संस्थामा संलग्न देशका विदेशमन्त्रीहरू सहभागी हुने कार्यक्रम थियो।

सत्रमा विशेष अतिथिको रूपमा भारतीय विदेशमन्त्री सुषमा स्वराज सहभागी छन्।