भारत-पाकिस्तान द्वन्द्व: पाकिस्तानको कब्जामा परेका अभिनन्दन वर्तमान को हुन्?

अभिनन्दन
Published
पढ्ने समय: २ मिनेट

भारतले आफ्नो वायुसेनाका पाइलट अभिनन्दनलाई सुरक्षित फिर्ता गर्न पाकिस्तानालाई आग्रह गरेको छ।

ती पाइलट भारतीय वायु विङ कमान्डर अभिनन्दन वर्तमान हुन्। उनले बुधवार बिहान लडाकु विमान मिग २१ उडाएका थिए।

भारतले पनि आफ्नो वायुसेनाले पाकिस्तानको लडाकु विमान एफ-१६ खसालेको दाबी गरेको छ।

तर पाकिस्तानले त्यो कुरा अस्वीकार गरेको छ।

अभिनन्दन अवस्था

अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लियो।

पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ। उसले अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ।

पाकिस्तानबाट पहिले सार्वजनिक गरिएको भिडिओमा अभिनन्दनको अनुहारमा रगत पोतिएको र उनी घाइते अवस्थामा देखिन्छन्।

अभिनन्दन

एउटा भिडिओमा अभिनन्दनलाई केही मानिसले पिटिरहेको देखिन्छ। अर्को भिडिओमा अभिनन्दनको आँखामा पट्टी बाँधिएको छ।

त्यसमा उनले भनेका छन्, "मेरो नाम विङ कमान्डर अभिनन्दन हो। मेरो सेवा नम्बर २७९८१ हो। म विमान चालक र हिन्दू हुँ।"

अर्को भिडिओ पनि सार्वजनिक भएको छ। जसमा अभिनन्दनले चिया वा कफी पिइरहेको देखिन्छ।

त्यसमा कसैले प्रश्न सोधिरहेको र उनले उत्तर दिइरहेका छन्। अभिनन्दनले त्यस भिडिओमा आफूसँग निकै राम्रो व्यवहार भइरहेको र यदि भारत फर्किए भने पनि त्यही कुरा भन्ने बताएका छन्।

तीव्र प्रतिक्रिया

त्यस भिडिओमा अभिनन्दनले आफूलाई दक्षिण भारतको बासिन्दा भनेका छन्।

आफ्नो वैवाहिक स्थितिबारे सोध्दा उनले आफू विवाहित भएको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

अभिनन्दनका बुवा पनि वायुसेनामै थिए। भाइ पनि वायुसेवामै छन्।

अभिनन्दनले सन् २००४ मा वायुसेवामा सेवा थालेका हुन्।

उनी पाकिस्तानको कब्जामा परेको समाचार आएपछि भारतीय प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया व्यक्त गरेका छन्।

कांग्रेस प्रमुख राहुल गान्धीले अभिनन्दन सुरक्षित फिर्ता हुने आशा व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन स्वदेश नआएसम्मका निम्ति सबै राजनीतिक कार्यक्रम रद्द गर्न आग्रह गरेका छन्।