भ्रमणले नेपाल-भारत सम्बन्ध अझ बलियो: मोदी

नेपाल-भारत
Published
पढ्ने समय: १ मिनेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा सन्देश राख्दै उनले भनेका छन्, "आपसी फाइदा, सद्‌भाव र समझदारीको आधारमा नेपालसँगको जनताकेन्द्रित साझेदारीलाई मेरो भ्रमणले थप बलियो पार्नेछ।"

मोदी दुईदिने नेपाल भ्रमणका लागि शुक्रवार आउँदैछन्।

प्राथमिकता

आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपालको भ्रमण गर्न लागेको उल्लेख गर्दै मोदीले त्यसबाट 'नेपालप्रति भारतले देखाएको उच्च प्राथमिकता झल्कने' टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण गरेको एक महिनापछि हुन लागेको आफ्नो भ्रमणबारे उनले लेखेका छन्, "यस्ता खाले उच्चस्तरीय र नियमित कुराकानीले 'छिमेक पहिलो'प्रति मेरो सरकारको प्रतिवद्धता दर्शाउँछ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

ओली र आफूबीच नयाँ दिल्ली भएका बृहत् कुराकानीलाई अगाडि लैजान मौका आफ्नो भ्रमणले दिएको उनले उल्लेख गरेका छन्।

विकासका विषय

दर्शनार्थ जनकपुर र मुक्तिनाथ समेत जान लागेका उनले लेखेका छन्, "नेपाल र भारतबीचको पुरातन र बलियो सांस्कृतिक तथा धार्मिक सम्बन्धका यी जीवित उदाहरण हुन्"।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मोदीको नेपाल भ्रमणबारे जनमत

विगतमा पटकपटक संविधान र तराईको मुद्दाहरू उठाउने गरेका मोदीले यसपटक नेपालको राजनीतिक मामिलाबारे कुनै टिप्पणी गरेका छैनन्।

उनले नेपाल लोकतन्त्रको उपलब्धि संस्थागत गर्ने र तीव्र आर्थिक वृद्धि तथा विकास हासिल गर्ने युगमा प्रवेश गरेको भन्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को नेपालको अवधारणा कार्यान्वयन गर्न भारत विश्वासिलो सहयात्री बन्ने जनाएका छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, 'भारतीय प्रधानमन्त्री मोदीले दशकौंअघि मुक्तिनाथमा ध्यान/तप गरेका थिए'