तस्बिरमा सन् २०२२: यो वर्षका विश्वभरिका गजबका तस्बिरहरू

Published

सन् २०२२ मा संसारभरिबाट समाचार एजेन्सीका फोटोग्राफरहरूले खिचेका शक्तिशाली तस्बिरहरूको सँगालो।

ज्यानुअरी १, २०२२ मा काठमाण्डू, नेपालमा साकेला पर्वको अवसरमा किराँत समुदायको परम्परागत पोशाकमा नृत्य गर्दै एक महिला
तस्बिरको क्याप्शन, काठमाण्डू, नेपालमा साकेला पर्वको अवसरमा किराँत समुदायको परम्परागत पोशाकमा नृत्य गर्दै एक महिला
ज्यानुअरीमै ब्रजिलको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढीपहिरोका कारण कम्तीमा १५ जनाको ज्यान गयो। २८ हजारभन्दा धेरै मानिसहरू मिनस गेराइज प्रान्तस्थित तिनको घर छाडेर अन्यत्र गए
तस्बिरको क्याप्शन, ज्यानुअरीमै ब्रजिलको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढीपहिरोका कारण कम्तीमा १५ जनाको ज्यान गयो। २८ हजारभन्दा धेरै मानिसहरू मिनस गेराइज प्रान्तस्थित तिनको घर छाडेर अन्यत्र गए
क्यानडाको राजधानी ओटावास्थित संसद् भवनअगाडि कोरोनाभाइरस खोपसम्बन्धी आदेशको विरुद्ध आयोजित विरोध र्‍याली। फेब्रुअरीमा दुई सातासम्म ट्रक चालकहरूको अगुवाइमा भएका विरोध प्रदर्शनका कारण ओन्टारियोले आपत्कालीन अवस्था घोषणा गरेको थियो।
तस्बिरको क्याप्शन, क्यानडाको राजधानी ओटावास्थित संसद् भवनअगाडि कोरोनाभाइरस खोपसम्बन्धी आदेशको विरुद्ध आयोजित विरोध र्‍याली। फेब्रुअरीमा दुई सातासम्म ट्रक चालकहरूको अगुवाइमा भएका विरोध प्रदर्शनका कारण ओन्टारियोले आपत्कालीन अवस्था घोषणा गरेको थियो।
ग्रीष्मकालीन तथा शीतकालीन दुवै ओलिम्पिक्स खेल प्रतियोगिता आयोजना गर्ने बेइजिङ पहिलो शहर बन्यो। चीनको राजधानीस्थित बर्ड्स नेस्ट रङ्गशालामा फेब्रुअरीमा खेलको उदघाटन समारोह भएको थियो
तस्बिरको क्याप्शन, ग्रीष्मकालीन तथा शीतकालीन दुवै ओलिम्पिक्स खेल प्रतियोगिता आयोजना गर्ने बेइजिङ पहिलो शहर बन्यो। चीनको राजधानीस्थित बर्ड्स नेस्ट रङ्गशालामा फेब्रुअरीमा खेलको उदघाटन समारोह भएको थियो
राजधानी किएभनजिकैको इर्पिन सहरमा लडाइँ चर्किएपछि गैरसैनिकहरू अस्थायी पुलको सहारामा त्यहाँबाट भाग्दै गरेको दृश्य - ७ मार्च
तस्बिरको क्याप्शन, फेब्रुअरीको अन्त्यतिर रुसी फौजले छिमेकी युक्रेनमा अतिक्रमण गर्दै ठाउँठाउँमा हमला गरे। राजधानी किएभनजिकैको इर्पिन सहरमा लडाइँ चर्किएपछि गैरसैनिकहरू अस्थायी पुलको सहारामा त्यहाँबाट भाग्दै गरेको दृश्य
किएभबाहिरको बुचा नगरमा विनाशकारी युद्धको भग्नावशेषका माझ एक पुरुष साइकल डोर्‍याउँदै - ६ एप्रिल २०२२
तस्बिरको क्याप्शन, किएभबाहिरको बुचा नगरमा विनाशकारी युद्धको भग्नावशेषका माझ एक पुरुष साइकल डोर्‍याउँदै। एप्रिल महिनामा उक्त युक्रेनी नगरमा पुगेका पत्रकारहरूले सडकमा गैरसैनिक पोशाकमा रहेका पुरुषहरूको शव यत्रतत्र भेटे
फ्रान्समा मे महिनामा आयोजित ७५औँ कान्स चलचित्र महोत्सवका अवसरमा क्राइम्स अफ द फ्युचरकी अमेरिकी अभिनेत्री क्रिस्टन स्टेवार्ट
तस्बिरको क्याप्शन, फ्रान्समा मे महिनामा आयोजित ७५औँ कान्स चलचित्र महोत्सवका अवसरमा क्राइम्स अफ द फ्युचरकी अमेरिकी अभिनेत्री क्रिस्टन स्टेवार्ट
गर्भपतनको अधिकार देशभरि सुनिश्चित गराएका कारण कोशेढुङ्गा मानिएको सन् १९७३ को रो भर्सस वेड फैसलालाई अमेरिकाको सर्वोच्च अदालतले उल्ट्याइदिएपछि गर्भपतनसम्बन्धी अधिकारका विरोधीहरूले युटाह राज्यको राजधानी सल्ट लेक सिटीस्थित स्टेट क्यापिटल भवन अगाडि प्रदर्शन गरे
तस्बिरको क्याप्शन, गर्भपतनको अधिकार देशभरि सुनिश्चित गराएका कारण कोशेढुङ्गा मानिएको सन् १९७३ को रो भर्सस वेड फैसलालाई अमेरिकाको सर्वोच्च अदालतले जुन २४ मा उल्ट्याइदिएपछि गर्भपतनसम्बन्धी अधिकारका विरोधीहरूले युटाह राज्यको राजधानी सल्ट लेक सिटीस्थित स्टेट क्यापिटल भवन अगाडि प्रदर्शन गरे
थाइल्याण्डमा एउटा खाल्डोमा खसेको हात्ती र उसको छावालाई उद्वारकर्मीहरूले सकुशल जोगाए। हात्तीलाई जोगाउन उद्वारकर्मीहरूले सीपीआर गर्नुपरेको थियो - १३ जुलाई
तस्बिरको क्याप्शन, थाइल्याण्डमा एउटा खाल्डोमा खसेको हात्ती र उसको छावालाई उद्वारकर्मीहरूले सकुशल जोगाए। हात्तीलाई जोगाउन उद्वारकर्मीहरूले सीपीआर गर्नुपरेको थियो।
आइसल्याण्डको मेराडलीर उपत्यकामा ३ अगस्टमा विस्फोटन भएको ज्वालामुखी स्थल हेर्न मानिसहरू पुगे। ज्वालामुखी विस्फोटन हुनु हप्तौँ अगाडिदेखि त्यहाँ स-साना भुइँचालो गएका थिए
तस्बिरको क्याप्शन, आइसल्याण्डको मेराडलीर उपत्यकामा ३ अगस्टमा विस्फोटन भएको ज्वालामुखी स्थल हेर्न मानिसहरू पुगे। ज्वालामुखी विस्फोटन हुनु हप्तौँ अगाडिदेखि त्यहाँ स-साना भुइँचालो गएका थिए
चीनको जियाङ्सी प्रान्तमा भएको सुक्खाका कारण अगस्टमा त्यहाँको पोयाङ् तालमा पानी ऐतिहासिक स्तरमा सुकेपछि लुजिङ्डन टापुमा रहेको पगोडाहरू देखिएका नाटकीय दृश्य
तस्बिरको क्याप्शन, चीनको जियाङ्सी प्रान्तमा भएको सुक्खाका कारण अगस्टमा त्यहाँको पोयाङ् तालमा पानी ऐतिहासिक स्तरमा सुकेपछि लुजिङ्डन टापुमा रहेको पगोडाहरू देखिएका नाटकीय दृश्य
ब्रिटेनको इतिहासमा सबभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा सेप्टेम्बर ८ मा बाल्मोरल दरबारमा निधन भयो। उनको पार्थिव शरीर रहेको कफिनलाई विन्डसरस्थित सेन्ट जोर्ज च्यापेलमा लगिँदै
तस्बिरको क्याप्शन, ब्रिटेनको इतिहासमा सबभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा सेप्टेम्बर ८ मा बाल्मोरल दरबारमा निधन भयो। उनको पार्थिव शरीर रहेको कफिनलाई विन्डसरस्थित सेन्ट जोर्ज च्यापेलमा लगिँदै
ब्रजिलको कुरिटिबामा आयोजित चुनावी र्‍यालीमा उपस्थित पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा। उनले चुनावमा वर्तमान राष्ट्रपति बोल्सोनारुलाई हराउँदै पुन: राष्ट्रपतिमा निर्वाचित भएर राजनीतिमा नाटकीय पुनरागमन गरेका छन्
तस्बिरको क्याप्शन, ब्रजिलको कुरिटिबामा आयोजित चुनावी र्‍यालीमा उपस्थित पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा। उनले चुनावमा वर्तमान राष्ट्रपति बोल्सोनारुलाई हराउँदै पुन: राष्ट्रपतिमा निर्वाचित भएर राजनीतिमा नाटकीय पुनरागमन गरेका छन्
हेइटीमा सरकारले इन्धनमा दिँदै आएको छुट खारेज गरेपछि भएको मूल्यवृद्धिको विरोधमा उत्रिएकाहरूले प्रधानमन्त्री अरियल हेन्रीको राजीनामा माग गरे। कैयन् दिनसम्म हिंसापूर्ण प्रदर्शन भएपछि वरिष्ठ नेताहरूले शान्तिको निम्ति अपिल गरेका थिए
तस्बिरको क्याप्शन, हेइटीमा सरकारले इन्धनमा दिँदै आएको छुट खारेज गरेपछि भएको मूल्यवृद्धिको विरोधमा उत्रिएकाहरूले प्रधानमन्त्री अरियल हेन्रीको राजीनामा माग गरे। कैयन् दिनसम्म हिंसापूर्ण प्रदर्शन भएपछि वरिष्ठ नेताहरूले शान्तिको निम्ति अपिल गरेका थिए
इरानी सरकार विरुद्ध उत्रिएका महिलाहरूप्रति ऐक्यबद्धता जनाउँदै विश्वभरिका महिलाहरूले केश काटे - यहाँ इस्तानबुलमा देखिएजस्तै। इरानमा नैतिकता निगरानी गर्ने प्रहरीले अनुचित ढङ्गले हिजाब लगाएको आरोपमा पक्राउ गरेका महिला माहसा अमिनीको हिरासतमै मृत्यु भएपछि देशभरि विरोध भए
तस्बिरको क्याप्शन, इरानी सरकार विरुद्ध उत्रिएका महिलाहरूप्रति ऐक्यबद्धता जनाउँदै विश्वभरिका महिलाहरूले केश काटे - यहाँ इस्तानबुलमा देखिएजस्तै। इरानमा नैतिकता निगरानी गर्ने प्रहरीले अनुचित ढङ्गले हिजाब लगाएको आरोपमा पक्राउ गरेका महिला माहसा अमिनीको हिरासतमै मृत्यु भएपछि देशभरि विरोध भए
अक्टोबर महिनामा चिनियाँ कम्युनिस्ट पार्टी कङ्ग्रेसको समापन समारोहका बेला पूर्व राष्ट्रपति हु जिन्ताओलाई बाहिर लगियो। बिरामी देखिएका ७९ वर्षीय नेता राष्ट्रपति सी जिन्पिङ्सँगै बसिरहेका बेला अधिकारीहरूले उनलाई बाहिर लगे। उक्त घटनाबारे चिनियाँ सरकारले कुनै औपचारिक विज्ञप्ति जारी गरेन
तस्बिरको क्याप्शन, अक्टोबर महिनामा चिनियाँ कम्युनिस्ट पार्टी कङ्ग्रेसको समापन समारोहका बेला पूर्व राष्ट्रपति हु जिन्ताओलाई बाहिर लगियो। बिरामी देखिएका ७९ वर्षीय नेता राष्ट्रपति सी जिन्पिङ्सँगै बसिरहेका बेला अधिकारीहरूले उनलाई बाहिर लगे। उक्त घटनाबारे चिनियाँ सरकारले कुनै औपचारिक विज्ञप्ति जारी गरेन
सोमालियाको एक अस्पतालमा गम्भीर कुपोषणले ग्रस्त आफ्नो शिशुका साथ एक आमा। लगातार चार वर्षसम्म पर्याप्त वर्षा हुन नसकेपछि सोमालिया, केन्या र इथियोपियामा गत ४० वर्षयताकै गम्भीर खडेरी आइपर्‍यो
तस्बिरको क्याप्शन, सोमालियाको एक अस्पतालमा गम्भीर कुपोषणले ग्रस्त आफ्नो शिशुका साथ एक आमा। लगातार चार वर्षसम्म पर्याप्त वर्षा हुन नसकेपछि सोमालिया, केन्या र इथियोपियामा गत ४० वर्षयताकै गम्भीर खडेरी आइपर्‍यो
नोभेम्बरमा अमेरिकी अन्तरिक्ष निकाय नासाले हालसम्मकै सबभन्दा शक्तिशाली रकेट, आर्टमिस १ प्रक्षेपण गर्‍यो। १०० मिटरको उक्त रकेट फ्लोरिडास्थित केप क्यानभरलबाट प्रक्षेपण गरियो। भविष्यमा फेरि चन्द्रमामा उडान भर्ने अभियानको तयारीका निम्ति उक्त प्रक्षेपण गरिएको बताइयो
तस्बिरको क्याप्शन, नोभेम्बरमा अमेरिकी अन्तरिक्ष निकाय नासाले हालसम्मकै सबभन्दा शक्तिशाली रकेट, आर्टमिस १ प्रक्षेपण गर्‍यो। १०० मिटरको उक्त रकेट फ्लोरिडास्थित केप क्यानभरलबाट प्रक्षेपण गरियो। भविष्यमा फेरि चन्द्रमामा उडान भर्ने अभियानको तयारीका निम्ति उक्त प्रक्षेपण गरिएको बताइयो
सन् १९८६ मा डियगो म्याराडोनाको अगुवाइमा फुटबल विश्व कप जितेपछि पहिलोपल्ट आर्जेन्टिनाका निम्ति उक्त कप हासिल गर्न लियोनेल मेस्सी सफल भए। रोमाञ्चक खेलमा आर्जेन्टिनाले पेनाल्टी शुट आउटमा फ्रान्सविरुद्ध ४-२ गोल गरेर उपाधि जित्यो। फाइनल खेलमा ३५ वर्षे मेस्सी र फ्रान्सका युवा खेलाडी किलियान एमबापेबीच रोचक प्रतिस्पर्धा भएको थियो।
तस्बिरको क्याप्शन, सन् १९८६ मा डियगो म्याराडोनाको अगुवाइमा फुटबल विश्व कप जितेपछि पहिलोपल्ट आर्जेन्टिनाका निम्ति उक्त कप हासिल गर्न लियोनेल मेस्सी सफल भए। कतारमा आयोजित रोमाञ्चक खेलमा आर्जेन्टिनाले पेनाल्टी शुट आउटमा फ्रान्सविरुद्ध ४-२ गोल गरेर उपाधि जित्यो। फाइनल खेलमा ३५ वर्षे मेस्सी र फ्रान्सका युवा खेलाडी किलियान एमबापेबीच रोचक प्रतिस्पर्धा भएको थियो।

सबै फोटोको सर्वाधिकार सुरक्षित छ।