महारानी एलिजाबेथ द्वितीया: तस्बिरहरूमा ब्रिटिश महारानीको जीवनका केही झलक

Queen Elizabeth II peers round a corner during a visit to the Royal Albert Hall in London, marking the end of an 8 year restoration program.
Published

महारानी एलिजाबेथ द्वितीयाले आफ्नो जीवन चर्चामाझ बिताइन्। हामीले उनको शासनकाललाई फर्केर हेरेका छौँ। ब्रिटेनको सबैभन्दा लामो समय शासन गर्ने महारानीको बाल्यकालदेखिको जीवनका केही क्षण तस्बिरहरूमा हेर्नुहोस्।

1px transparent line
एलिजाबेथ एलेक्जाण्ड्रा मेरी विन्डसरको जन्म सन् १९२६ को एप्रिल २१ मा लण्डनको बर्कली स्क्वायर नजिकैको घरमा भएको थियो। उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् 'ड्यूक अफ योर्क' अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।
तस्बिरको क्याप्शन, एलिजाबेथ एलेक्जाण्ड्रा मेरी विन्डसरको जन्म सन् १९२६ को एप्रिल २१ मा लण्डनको बर्कली स्क्वायर नजिकैको घरमा भएको थियो। उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् 'ड्यूक अफ योर्क' अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।
1px transparent line
सुरुवाती वर्षमा कसैले पनि उनको भाग्य राजगद्दीसँग जोडिएको अनुमान गर्न सक्ने अवस्था थिएन।
तस्बिरको क्याप्शन, सुरुवाती वर्षमा कसैले पनि उनको भाग्य राजगद्दीसँग जोडिएको अनुमान गर्न सक्ने अवस्था थिएन।
1px transparent line
यद्यपि उनले सानै उमेरदेखि जिम्मेवारी बोधको विशेष भाव प्रस्तुत गरेकी थिइन्।
तस्बिरको क्याप्शन, यद्यपि उनले सानै उमेरदेखि जिम्मेवारी बोधको विशेष भाव प्रस्तुत गरेकी थिइन्।
1px transparent line
एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोजले घरमै अध्ययन गरेका हुन्।
तस्बिरको क्याप्शन, एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोजले घरमै अध्ययन गरेका हुन्।
1px transparent line
राजा एडवार्ड आठौँले सन् १९३६ मा गद्दीत्याग गरेपछि एलिजाबेथका बुवा जोर्ज छैटौँ र उनी उत्तराधिकारीको क्रममा आए।
तस्बिरको क्याप्शन, राजा एडवार्ड आठौँले सन् १९३६ मा गद्दीत्याग गरेपछि एलिजाबेथका बुवा जोर्ज छैटौँ र उनी उत्तराधिकारीको क्रममा आए।
1px transparent line
दोस्रो विश्वयुद्धको बेला एलिजाबेथ र उनकी बहिनी मार्गरेटलाई विन्डसरमा लगेर राखिएको थियो। यो तस्बिर उनीहरू बीबीसीमा चिन्ड्रेन्स आवर कार्यक्रममा बोल्दै गर्दाको हो।
तस्बिरको क्याप्शन, दोस्रो विश्वयुद्धको बेला एलिजाबेथ र उनकी बहिनी मार्गरेटलाई विन्डसरमा लगेर राखिएको थियो। यो तस्बिर उनीहरू बीबीसीमा चिन्ड्रेन्स आवर कार्यक्रममा बोल्दै गर्दाको हो।
1px transparent line
सानै उमेरमा राजकुमारीले छोटो समयका लागि द अक्सिलिअरी टेर्रिटोरिअल सर्भिसमा प्रवेश गरेकी थिइन्। युद्धको अन्त्यतिरको समयमा उनले गाडी चलाउन र लरी मर्मतसम्भारको काम सिकेकी थिइन्।
तस्बिरको क्याप्शन, सानै उमेरमा राजकुमारीले छोटो समयका लागि द अक्सिलिअरी टेर्रिटोरिअल सर्भिसमा प्रवेश गरेकी थिइन्। युद्धको अन्त्यतिरको समयमा उनले गाडी चलाउन र लरी मर्मतसम्भारको काम सिकेकी थिइन्।
1px transparent line
सन् १९४७ मा उनले टाढाका नातेदार फिलिप माउन्टब्याटनसँग विवाह गरिन् जो ड्यूक अफ एडिनबरा बने।
तस्बिरको क्याप्शन, सन् १९४७ मा उनले टाढाका नातेदार फिलिप माउन्टब्याटनसँग विवाह गरिन् जो ड्यूक अफ एडिनबरा बने।
1px transparent line
उनीहरूको पहिलो सन्तान चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो, जसपछि सन् १९५० मा चार्ल्सकी बहिनी एन जन्मिइन्।
तस्बिरको क्याप्शन, उनीहरूको पहिलो सन्तान चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो, जसपछि सन् १९५० मा चार्ल्सकी बहिनी एन जन्मिइन्।
1px transparent line
एलिजाबेथ जीवनभर आफ्नी आमासँग निकट रहिन्। यो तस्बिर सन् १९५१ मा उनीहरू एक विवाहमा सहभागि हुँदाको हो।
तस्बिरको क्याप्शन, एलिजाबेथ जीवनभर आफ्नी आमासँग निकट रहिन्। यो तस्बिर सन् १९५१ मा उनीहरू एक विवाहमा सहभागि हुँदाको हो।
1px transparent line
सन् १९५२ को ज्यानुअरीमा एलिजाबेथ र फिलिप बिरामी भएका राजाको साटो एक वैदेशिक भ्रमणमा निस्किएका थिए। त्यसको केही दिनमा राजाको निदाएकै बखत मृत्यु भयो।
तस्बिरको क्याप्शन, सन् १९५२ को ज्यानुअरीमा एलिजाबेथ र फिलिप बिरामी परेका ब्रिटेनको राजाको प्रतिनिधिका रूपमा एक वैदेशिक भ्रमणमा निस्किएका थिए। त्यसको केही दिनमा राजाको निदाएकै बखत मृत्यु भयो।
1px transparent line
एलिजाबेथ तत्कालै घर फर्किइन्। नयाँ महारानी त्यसबखत २५ वर्षकी मात्र थिइन्।
तस्बिरको क्याप्शन, एलिजाबेथ तत्कालै घर फर्किइन्। नयाँ महारानी त्यसबखत २५ वर्षकी मात्र थिइन्।
1px transparent line
त्यसपछि सन् १९५३ को जुन महिनामा एलिजाबेथको वेस्टमिन्स्टर आबेमा राज्यारोहण भयो।
तस्बिरको क्याप्शन, त्यसपछि सन् १९५३ को जुन महिनामा एलिजाबेथको वेस्टमिन्स्टर आबेमा राज्यारोहण भयो।
1px transparent line
राज्यारोहणपछि महारानी एलिजाबेथ द्वितीया र ड्यूक अफ एडिन्बराले बकिंघम दरबारको कौसीमा उपस्थित भएर उत्साहित जनसमुदायलाई हात हल्लाए।
तस्बिरको क्याप्शन, राज्यारोहणपछि महारानी एलिजाबेथ द्वितीया र ड्यूक अफ एडिन्बराले बकिंघम दरबारको कौसीमा उपस्थित भएर उत्साहित जनसमुदायलाई हात हल्लाए।
1px transparent line
सन् १९५७ मा महारानीले क्रिसमस डे को सुरुवाती सम्बोधन गरिन् जुन क्रमलाई उनले पछिसम्म कायम राखिन्।
तस्बिरको क्याप्शन, सन् १९५७ मा महारानीले क्रिसमस डे को सुरुवाती सम्बोधन गरिन् जुन क्रमलाई उनले पछिसम्म कायम राखिन्।
1px transparent line
औपचारिक संलग्नताहरूका माझ एलिजाबेथले आफ्नो परिवारसँग समय बिताइन्। यहाँ फ्रगमोर, विन्डसर काशलमा आफ्नी छोरी राजकुमारी एनका साथ महारानी देखिएकी छन्।
तस्बिरको क्याप्शन, औपचारिक संलग्नताहरूका माझ एलिजाबेथले आफ्नो परिवारसँग समय बिताइन्। यहाँ फ्रगमोर, विन्डसर काशलमा आफ्नी छोरी राजकुमारी एनका साथ महारानी देखिएकी छन्।
1px transparent line
सन् १९६६ मा वेम्ब्लीमा महारानीले इङ्ग्ल्याण्डका क्याप्टेन बबी मोरलाई जुल्स रिमे ट्रफी हस्तान्तरण गर्दै। मोरले आफ्नो टोलीलाई पश्चिम जर्मनीविरूद्ध विश्वकप फइनलमा ४-२ को जित दिलाएका थिए।
तस्बिरको क्याप्शन, सन् १९६६ मा वेम्ब्लीमा महारानीले इङ्ग्ल्याण्डका क्याप्टेन बबी मोरलाई जुल्स रिमे ट्रफी हस्तान्तरण गर्दै। मोरले आफ्नो टोलीलाई पश्चिम जर्मनीविरूद्ध विश्वकप फइनलमा ४-२ को जित दिलाएका थिए।
1px transparent line
सन् १९६६ को २९ अक्टोबरमा महारानी अबरभानको वेल्स गाउँमा पुगेकी थिइन् जहाँ आठदिनअघि कोइलाखानीमा गएको पहिरोमा परेर १४४ जना मानिसहरू मारिएका थिए जसमा ११६ जना बालबालिका थिए। यसलाई उनको शासनकालको एउटा निकै नै भावुक क्षण मानिन्छ।
तस्बिरको क्याप्शन, सन् १९६६ को २९ अक्टोबरमा महारानी अबरभानको वेल्स गाउँमा पुगेकी थिइन् जहाँ आठदिनअघि कोइलाखानीमा गएको पहिरोमा परेर १४४ जना मानिसहरू मारिएका थिए जसमा एक विद्यालयका ११६ जना बालबालिका थिए। यसलाई उनको शासनकालको एउटा निकै नै भावुक क्षण मानिन्छ।
1px transparent line
सन् १९६९ मा शाही परिवारसम्बन्धी वृत्तचित्र सुरुमा प्रशारित गरियो। जसले दर्शकहरूलाई महारानी र उनको परिवारको एक वर्षको अभूतपूर्व दृश्य देखायो।
तस्बिरको क्याप्शन, सन् १९६९ मा शाही परिवारसम्बन्धी वृत्तचित्र सुरुमा प्रशारण गरियो। जसले दर्शकहरूलाई महारानी र उनको परिवारको एक वर्षको अभूतपूर्व दृश्य देखायो।
महारानीले आफ्ना छोरा राजकुमार चार्ल्सलाई एक समारोहमा औपचारिक रूपमा प्रिन्स अफ वेल्सको मुकुट पहिराइन्। उनी ९ वर्षको छंदा त्यस उपाधी पाएका थिए तर महारानीले चार्ल्सले त्यसको महत्त्व पूरै बुझ्ने समयमा त्यस्तो समारोह हुनुपर्नेमा जोड दिएकी थिइन्।
तस्बिरको क्याप्शन, महारानीले आफ्ना छोरा राजकुमार चार्ल्सलाई एक समारोहमा औपचारिक रूपमा प्रिन्स अफ वेल्सको मुकुट पहिराइन्। उनी ९ वर्षको छँदा त्यस उपाधि पाएका थिए तर महारानीले चार्ल्सले त्यसको महत्त्व पूरै बुझ्ने समयमा त्यस्तो समारोह हुनुपर्नेमा जोड दिएकी थिइन्। 
1px transparent line
आफ्नो शासनकालभर महारानी कोर्गिज जातका कुकुरहरूसाथ तस्बिरमा देखिइन्। जोर्ज छैटौँले आफ्ना छोरीहरूका लागि सन् १९३३ मा डोकी नाम गरेको एउटा कोर्गी ल्याएसँगै शाही परिवारको उक्त जातको कुकुरसँगको सम्बन्ध जोडिएको हो।
तस्बिरको क्याप्शन, आफ्नो शासनकालभर महारानी कोर्गिज जातका कुकुरहरूसाथ तस्बिरमा देखिइन्। जोर्ज छैटौँले आफ्ना छोरीहरूका लागि सन् १९३३ मा डोकी नाम गरेको एउटा कोर्गी ल्याएसँगै शाही परिवारको उक्त जातको कुकुरसँगको सम्बन्ध जोडिएको हो।
1px transparent line
सन् १९७७ मा देशले महारानीको शासनको रजत वर्ष मनायो जतिखेर देशको यात्रा गर्दा उत्साही मानिसहरूको भिडले उनलाई भेटेको थियो।
तस्बिरको क्याप्शन, सन् १९७७ मा देशले महारानीको शासनको रजत वर्ष मनायो जतिखेर देशको यात्रा गर्दा उत्साही मानिसहरूको भिडले उनलाई भेटेको थियो।
1px transparent line
महारानीले १० साताको समयमा ३६ देशहरूको भ्रमण गरेकी थिइन्। त्यस उत्सवका बेला उनले ५६ हजार माइल यात्रा गरिन्।
तस्बिरको क्याप्शन, महारानीले १० साताको समयमा ३६ देशहरूको भ्रमण गरेकी थिइन्। त्यस उत्सवका बेला उनले ५६ हजार माइल यात्रा गरिन्।
1px transparent line
सन् १९८१ मा एलिजाबेथका जेठा छोरा चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाह भयो। सम्बन्धविच्छेद हुनुअघि चार्ल्स र डायनाका दुई छोराहरू विलियम र ह्यारी हुन। डायनाको सन् १९९७ मा एक कार दुर्घटनामा प्यारिसमा निधन भयो।
तस्बिरको क्याप्शन, सन् १९८१ मा एलिजाबेथका जेठा छोरा चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाह भयो। सम्बन्धविच्छेद हुनुअघि चार्ल्स र डायनाका दुई छोराहरू विलियम र ह्यारी हुन। डायनाको सन् १९९७ मा एक कार दुर्घटनामा प्यारिसमा निधन भयो।
1px transparent line
प्रिन्सेस अफ वेल्स डायनाको निधनपछि सार्वजनिक रूपमा देखा नपरेको भन्दै महारानीले आलोचना खेपिन्। अन्तत: उनले बकिंघम दरबारबाहिर शोक प्रकट गरिएका दृश्य हेरेको देखियो र देशलाई प्रत्यक्ष सम्बोधन गरिन्।
तस्बिरको क्याप्शन, प्रिन्सेस अफ वेल्स डायनाको निधनपछि सार्वजनिक रूपमा देखा नपरेको भन्दै महारानीले आलोचना खेपिन्। अन्तत: उनले बकिंघम दरबारबाहिर शोक प्रकट गरिएका दृश्य हेरेको देखियो र देशलाई प्रत्यक्ष सम्बोधन गरिन्।
1px transparent line
सन् २००० मा रानीकी आमाले आफ्नी छोरीहरू राजकुमारी मार्गरेट र महारानी एलिजाबेथका साथ आफ्नो एक सयौँ जन्मदिन मनाइन्।
तस्बिरको क्याप्शन, सन् २००० मा रानीकी आमाले आफ्नी छोरीहरू राजकुमारी मार्गरेट र महारानी एलिजाबेथका साथ आफ्नो एक सयौँ जन्मदिन मनाइन्।
सन् २००२ मा महारानीकी बहिनी राजकुमारी मार्गरेटको मृत्यु भयो र त्यसको सात दिनपछि उनकी आमाको समेत मृत्यु भयो।
तस्बिरको क्याप्शन, सन् २००२ मा महारानीकी बहिनी राजकुमारी मार्गरेटको मृत्यु भयो र त्यसको सात दिनपछि उनकी आमाको समेत मृत्यु भयो।
1px transparent line
सन् २००५ मा महारानी एलिजाबेथ आफ्ना जेठा छोराको दोस्रो विवाहमा सहभागि भइन्। राजकुमार चार्ल्सको कमिला पार्कर बोल्ससँग एक नागरिक समारोहकामाझ विन्डसर कासल विवाह सम्पन्न भयो।
तस्बिरको क्याप्शन, सन् २००५ मा महारानी एलिजाबेथ आफ्ना जेठा छोराको दोस्रो विवाहमा सहभागि भइन्। राजकुमार चार्ल्सको कमिला पार्कर बोल्ससँग एक नागरिक समारोहकामाझ विन्डसर कासल विवाह सम्पन्न भयो।
1px transparent line
महारानी एलिजाबेथ, उनका श्रीमान् ड्यूक अफ एडिन्बरा, प्रिन्स अफ वेल्स र डचेज अफ कोर्नवाल याबडीनसामा भएको एक खेलमा रमाउँदै 
तस्बिरको क्याप्शन, महारानी एलिजाबेथ, उनका श्रीमान् ड्यूक अफ एडिन्बरा, प्रिन्स अफ वेल्स र डचेज अफ कोर्नवाल याबडीनसामा भएको एक खेलमा रमाउँदै 
सन् २००७मा लन टेनिस एशोसियसनको नयाँ मुख्यालयको उद्घाटनका बेला महारानी ओत लागेको दृश्य 
तस्बिरको क्याप्शन, सन् २००७मा लन टेनिस एशोसियसनको नयाँ मुख्यालयको उद्घाटनका बेला महारानी ओत लागेको दृश्य 
1px transparent line
महारानीले आफ्नो ८०औँ जन्मदिन मनाउने क्रममा दिएको मन्तव्यमा बुढेसकालबारे ग्राउचो माक्सको भनाइ उद्धृत गर्दै भनेकी थिइन: ''जोकोही बूढो हुनसक्छ; तपाईँले गर्नुपर्ने भनेको मात्र लामो समय बाँच्ने हो।''
तस्बिरको क्याप्शन, महारानीले आफ्नो ८०औँ जन्मदिन मनाउने क्रममा दिएको मन्तव्यमा बुढेसकालबारे ग्राउचो माक्सको भनाइ उद्धृत गर्दै भनेकी थिइन: ''जोकोही बूढो हुनसक्छ; तपाईँले गर्नुपर्ने भनेको मात्र लामो समय बाँच्ने हो।''
1px transparent line
महारानी एलिजाबेथको जीवनको सबैभन्दा खुसीको क्षणमध्येको एक सन् २०११मा उनका नाति राजकुमार विलियमको विवाह थियो
तस्बिरको क्याप्शन, महारानी एलिजाबेथको जीवनको सबैभन्दा खुसीको क्षणमध्येको एक सन् २०११मा उनका नाति राजकुमार विलियमको विवाह थियो
1px transparent line
तीव्र गतिमा हावा चल्ने याङ्गल्सीस्थित आरएएफ उपत्यकामा पुग्दा महारानीको ह्याट (एक प्रकारको टोपी) झन्डै हावाले उडाएको थियो। श्रीमान् फिलिपसहित उनी राजकुमार विलियमलाई भेट्न त्यहाँ पुगेकी थिइन्। राजकुमार विलियम त्यसबेला उक्त स्थानमा कार्यरत थिए
तस्बिरको क्याप्शन, तीव्र गतिमा हावा चल्ने याङ्गल्सीस्थित आरएएफ उपत्यकामा पुग्दा महारानीको ह्याट (एक प्रकारको टोपी) झन्डै हावाले उडाएको थियो। श्रीमान् फिलिपसहित उनी राजकुमार विलियमलाई भेट्न त्यहाँ पुगेकी थिइन्। राजकुमार विलियम त्यसबेला उक्त स्थानमा कार्यरत थिए
सन् २०१२मा लेस्टरमा उनले गरेको भ्रमण पश्चात् यूकेमा उनको शासनकालको ६०औँ वर्षमा मनाइएको हीरक महोत्सव यात्राको सुरुवात भएको थियो
तस्बिरको क्याप्शन, सन् २०१२ मा लेस्टरमा उनले गरेको भ्रमण पश्चात् यूकेमा उनको शासनकालको ६०औँ वर्षमा मनाइएको हीरक महोत्सव यात्राको सुरु भएको थियो
1px transparent line
लण्डन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुनुअघि महारानी ठूलो पर्दामा जेम्स बोन्डको भूमिका निर्वाह गरेका कलाकार ड्यान्यल क्रेगसँग क्यामेरामा कैद भएकी थिइन्।
तस्बिरको क्याप्शन, लण्डन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुनुअघि महारानी ठूलो पर्दामा जेम्स बोन्डको भूमिका निर्वाह गरेका कलाकार ड्यान्यल क्रेगसँग क्यामेरामा कैद भएकी थिइन्।
1px transparent line
1px transparent line
सन् २०१५को सेप्टेम्बर ९ तारिखको ५:३० (बीएसटी)मा एलिजाबेथले २३,२२६ दिन, १६ घण्टा अनि झन्डै ३० मिनेट शासन गरेकी थिइन। यसमा उनले आफ्नी जीजुआमा महारानी भिक्टोरियालाई उछिनेकी थिइन्। उक्त दिन उनले स्कटल्यान्डमा नयाँ रेलमार्गको उद्घाटन गरेर बिताएकी थिइन्। 
तस्बिरको क्याप्शन, सन् २०१५को सेप्टेम्बर ९ तारिखको ५:३० (बीएसटी)मा एलिजाबेथले २३,२२६ दिन, १६ घण्टा अनि झन्डै ३० मिनेट शासन गरेकी थिइन। यसमा उनले आफ्नी जीजुआमा महारानी भिक्टोरियालाई उछिनेकी थिइन्। उक्त दिन उनले स्कटल्यान्डमा नयाँ रेलमार्गको उद्घाटन गरेर बिताएकी थिइन्। 
1px transparent line
सन् २०१६को जुन महिनामा महारानी एलिजाबेथले जन्मदिन मनाउँदै गर्दा उनका परिवारका सदस्य पनि उपस्थित थिए। सो वर्ष उनी ९० वर्षकी भएकी थिइन्।
तस्बिरको क्याप्शन, सन् २०१६को जुन महिनामा महारानी एलिजाबेथले जन्मदिन मनाउँदै गर्दा उनका परिवारका सदस्य पनि उपस्थित थिए। सो वर्ष उनी ९० वर्षकी भएकी थिइन्।
1px transparent line
ड्यूक अफ एडिन्बराले अवकाश लिएपछि महारानी आफ्नो सार्वजनिक दायित्व निर्वाह गर्ने क्रममा कैयौँपटक एक्लै देखिन्थिन्। उनले सन् २०१८ मा स्पार्कलर नाम गरेको घोडाले रोयल विन्डसर हर्स सोमा प्रतिस्पर्धा गरेको अवलोकन गरेकी थिइन्। 
तस्बिरको क्याप्शन, ड्यूक अफ एडिन्बराले अवकाश लिएपछि महारानी आफ्नो सार्वजनिक दायित्व निर्वाह गर्ने क्रममा कैयौँपटक एक्लै देखिन्थिन्। उनले सन् २०१८ मा स्पार्कलर नाम गरेको घोडाले रोयल विन्डसर हर्स सोमा प्रतिस्पर्धा गरेको अवलोकन गरेकी थिइन्। 
1px transparent line
परिवार सदस्य थपिँदाको खुसी। तस्बिरमा महारानी एलिजाबेथ ड्यूक एण्ड डचेज अफ ससेक्स र उनीहरूका छोरा आर्ची र डचेजकी आमासँग देखिएकी छन्। तर परिवारमा खटपट भने रहिरह्यो। राजकुमार एन्ड्र्यू अमेरिकी धनाढ्य जेफ्री एप्स्टीनको मित्र थिए जो यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका थिए भने राजकुमार ह्यारीको राजपरिवारको जीवनबाट चाख हट्दै गएको थियो। 
तस्बिरको क्याप्शन, परिवार सदस्य थपिँदाको खुसी। तस्बिरमा महारानी एलिजाबेथ ड्यूक एण्ड डचेज अफ ससेक्स र उनीहरूका छोरा आर्ची र डचेजकी आमासँग देखिएकी छन्। तर परिवारमा खटपट भने रहिरह्यो। राजकुमार एन्ड्र्यू अमेरिकी धनाढ्य जेफ्री एप्स्टीनको मित्र थिए जो यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका थिए भने राजकुमार ह्यारीको राजपरिवारको जीवनबाट मोह हट्दै गएको थियो। 
1px transparent line
महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको सन् २०२१ को एप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनी ६ दशक भन्दा लामो समय महारानी एलिजाबेथका साथमा उभिएका थिए। तस्बिरमा कोभिड महामारीका कारण राजकुमार फिलिपको अन्त्येष्टिमा महारानी एक्लै उपस्थित भएको देख्न सकिन्छ
तस्बिरको क्याप्शन, महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको सन् २०२१ को एप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनी ६ दशक भन्दा लामो समय महारानी एलिजाबेथका साथमा उभिएका थिए। तस्बिरमा कोभिड महामारीका कारण राजकुमार फिलिपको अन्त्येष्टिमा महारानी एक्लै उपस्थित भएको देख्न सकिन्छ
1px transparent line

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।