कोभिड नेपालः काठमाण्डू उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

दरबार

तस्बिर स्रोत, RSS

Published

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि भन्दै काठमाण्डू उपत्यकामा अझ १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सिफारिस गरेको छ।

डीसीसीएमसीमा काठमाण्डू उपत्यकाका नगरपालिकाका प्रमुख र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी समाविष्ट छन्।

सोमवार डीसीसीएमसीको बैठक बसेको थियो।

पुन: १५ दिन काठमाण्डू उपत्यकामा निषेधाज्ञा थप गर्न डीसीसीएमसीले सिफारिस गरेको काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

पराजुलीका अनुसार डीसीसीएमसीको सिफारिसबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गर्नेछ।

कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो।

पछि त्यसलाई कडा बनाउँदै एक हप्ता थपेर वैशाख मसान्तसम्मका लागि बढाइएको थियो।

निषेधाज्ञाका ११ दिनमा लगभग ८२ हजार सङ्क्रमित थपिएका छन् भने ५०९ जनाको मृत्यु भएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर