पुतली, चरा र जेब्रा: कीटपतङ्ग र पशुपक्षीको चालको चमत्कार

Published

रोयल सोसाईअटी अफ बाईओलजीले आयोजना गरेको वार्षिक तस्बिर प्रतियोगितामा उपाधिका लागि छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

प्रतियोगितामा एमचर फोटोग्राफी गर्नेहरूका लागि दुईवटा वर्ग छुट्ट्याइएको थियो। वर्षको युवा फोटोग्राफर उपाधिका लागि चारवटा तस्बिर र वर्षको फोटोग्राफर उपाधिका लागि छवटा तस्बिर छानिएका थिए।

यो वर्षको प्रतियोगिताको विषय 'क्याप्चरिङ मूभमन्ट' रहेको थियो। त्यसअन्तर्गत समाविष्ट तस्बिरहरूमा विभिन्न कीटपतङ्ग र पशुपक्षीको चाल देखाइएको छ।

चरिरहेको पुतली
तस्बिरको क्याप्शन, युवा फोटोग्राफर वर्गमा छानिएको यो तस्बिरमा विल लसनले फूलबाट रस चुसिरहेको पुतली देखाएका छन्
जेब्रा
तस्बिरको क्याप्शन, युवा फोटोग्राफर वर्गमै छानिएको यो तस्बिरमा लिलिएन क्विनले केन्याको मासई मारा राष्ट्रिय निकुञ्जमा जेब्राको अस्तव्स्त बथान देखाएका छन्
उभयचर माछा
तस्बिरको क्याप्शन, सुधीर गायकवाडले वर्षको फोटोग्राफर उपाधिका लागि बुझाएको यो तस्बिरमा दुइटा उभयचर माछाहरू झगडा गर्दै गरेको देखिन्छ। मडस्किपर भनिने ती माछाहरू केही दिन जलाशयबाहिर खुला ठाउँमा बस्न सक्छन्। उनीहरू मुख र घाँटीमा भएको ओसिलो सतहबाट सास फेर्न सक्छन् र धेरै आद्रता भएको वा हिलो ठाउँमा बस्न रुचाउँछन्।
कीरा
तस्बिरको क्याप्शन, निक एड्वर्ड्सले इङ्ग्ल्यान्डको दक्षिणी तटभन्दा पर रहेको आईल अफ वाईटमा खिचेको यो तस्बिरमा रेड सोल्जर बीटल भनिने खपटेकीरा देखिन्छ। घाँसे मैदान र जङ्गलमा जुनदेखि अगस्ट महिनामा प्राय: सम्भोग गर्न लागेका यस्ता कीराको जोडी देखिन्छ।
Presentational white space
ग्रान्डला चरा
तस्बिरको क्याप्शन, कल्लोल मुखर्जीले खिचेको यो तस्बिरमा उडिरहेका ग्र्यान्डला चराहरूको ठूलो बथान देखिन्छ। यी चराहरू हिमाली भेगमा आठ महिनासम्म बस्छन् र त्यहाँ पूरै हिउँ परेर खानेकुराको अभाव भएपछि तलतिर जान्छन्।
स्तनधारी
तस्बिरको क्याप्शन, ब्रजिलको मानौसमा आद्रिया लोपेज बौसेल्सले खिचेको यो तस्बिरमा पेटमा बच्चा राख्ने थैली भएको एउटा अज्ञात स्तनधारी जीव उफ्रिएको देखिन्छ।
भालु
तस्बिरको क्याप्शन, इअन स्टोनले क्यानडाको हड्सन बेमा खिचेको यो तस्बिरमा हिउँ झार्दै हिँडिरहेको पोलर बेअर अर्थात् ध्रुवीय भालु देखिन्छ। तस्बिर खिच्नुभन्दा अघि आएको हिउँआँधीका कारण भालुसहित उक्त क्षेत्र हिउँमा दुई घण्टा पुरिएको थियो।
हमिङबर्ड
तस्बिरको क्याप्शन, क्रिस्टिएन क्यास्ट्रोले कोलम्बियामा सूर्यास्तका बेला खिचेको हमिङबर्डको तस्बिर। यो वर्गका चराहरू एक सेकन्डमा ७५ चोटि आफ्नो पखेटा चलाउन सक्छन्।
सिकारसँग बाघ
तस्बिरको क्याप्शन, अमोघ गायकवाडले वर्षको युवा फोटोग्राफर उपाधिका लागि बुझाएको यो तस्बिरमा बाघको एउटा १५ महिने डमरु सिकारपछि
जलेवा
तस्बिरको क्याप्शन, युवा फोटोग्राफर उपाधिका लागि कार्लोस पेरेज नाभालले बुझाएको यो तस्बिरमा स्पेनको स्यूदाद रेआलमा झगडा गरिरहेका दुइटा सेताटाउके जलेवा देखिन्छन्।

तस्बिरको सर्वाधिकार माथि उल्लिखित फोटोग्राफरसँग सुरक्षित