इजरेल आमनिर्वाचन: बेन्जामिन नेतान्याहु कमजोर देखिए

नेतान्याहुले जुनसुकै मूल्यमा जेरुसेलमलाई टुक्रयाउने कुरालाई अस्विकार गर्दै आएका छन् भने ग्यान्टस्ले प्यालेस्टेनी राज्यबारे स्पष्ट अडान देखाएका छैनन्।
तस्बिरको क्याप्शन, नेतान्याहुले जुनसुकै मूल्यमा जेरुसेलमलाई टुक्रयाउने कुरालाई अस्विकार गर्दै आएका छन् भने ग्यान्टस्ले प्यालेस्टेनी राज्यबारे स्पष्ट अडान देखाएका छैनन्।
Published

इजरेलको आमनिर्वाचनमा आधाभन्दा बढी मतगणना भइसक्दा समेत अहिलेसम्म कुनै पनि दल स्पष्ट रूपमा जित्ने गरी अगाडि देखिएका छैनन्।

त्यसले त्यहाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो अझै प्रश्नचिन्हको रूपमा रहेको छ।

६० प्रतिसतभन्दा केही बढी मतगणना हुँदा बहालवाला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल आफ्नो मुख्य प्रतिस्पर्धी मध्य दक्षिणपन्थी गठबन्धनसँग बराबरीको अवस्थामा छ।

बहुमतलाई चुनौति

अहिलेसम्मको नतिजाले दुवै दलहरूले बहुमतका लागि साना पार्टीसँग सहकार्य गर्नुपर्ने चुनौतिमा देखिन्छन्।

नेतान्याहु इजरेलमा अहिलेसम्मकै उच्च पाँचौ कार्यकाल पदमा रहनका लागि प्रतिस्पर्धामा छन्।

मङ्गलवारको चुनावको पछिल्लो अवस्थामा उनको लिकुड पार्टीले ३१ सीट जित्ने देखाएको छ।

इजरेलको सार्वजनिक प्रशारक कानका अनुसार उनका विपक्षी बेनी ग्यान्टस्को ब्लु एण्ड ह्वाइट पार्टीले ३२ स्थान सुरक्षित गरेको देखिएको छ।

इजरेलमा ६० लाखभन्दा बढि योग्य मतदाता छन्।
तस्बिरको क्याप्शन, इजरेलमा ६० लाखभन्दा बढि योग्य मतदाता छन्।

केनेसेट भनिने त्यहाँको संसदमा बहुमत जुटाउन प्रधानमन्त्रीलाई ६१ सीटको आवश्यकता पर्छ।

सत्तामा फर्केलान् नेतान्याहु?

इजरेलमा अहिलेसम्म सबैभन्दा बढि समय प्रधानमन्त्री बनेका ६९ वर्षिय नेतान्याहुले १० वर्षदेखि सत्ताको नेतृत्व गरिरहेका छन्।

सत्तामा पुन: फर्किन पाए उनले यहुदी बस्तीहरू र अधीनस्थ वेस्ट ब्याङ्कका अन्य भूभागलाई एकिकृत पार्ने बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जेरुसेलम विवाद

प्यालेस्टिनिहरू भने वेस्ट ब्याङ्क र गाजा क्षेत्रमा आफ्नो स्वामित्व चाहन्छन् र अधीनस्थ पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी मान्छन्।

र नेतान्याहुले बाँडेको आश्वासनले शान्तिको हरेक आशा समाप्त पारिदिने चेतावनी प्यालेस्टिनीहरूले दिँदै आएका छन्।

ग्यान्टस्ले भने नेतान्याहुले भनेजस्तो कुनैखाले एकिकरण प्रयासको वकालत गरेका छैनन्। तर प्यालेस्टेनी राज्यबारे उनको अडान भने स्पष्ट छैन।

तर नेतान्याहुले जुनसुकै मूल्यमा जेरुसेलमलाई टुक्रयाउने कुरालाई अस्विकार गर्दै आएका छन्।