सिल्भर किङ: मेक्सिकोका सेसर बारोनको लन्डनमा कुस्ती खेल्दाखेल्दै मृत्यु

सिल्भर किङ
Published
पढ्ने समय: १ मिनेट

लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा सहभागी एक खेलाडीको भिडन्त गर्दागर्दै मृत्यु भएको छ।

सिल्भर किङ उपनामले परिचित सेसर बारोन आफ्नो देश मेक्सिकोमा चर्चित कुस्तीबाज थिए। उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका थिए।

उनी ५१ वर्षका थिए। क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा उनी ढलेका थिए।

अर्का कुस्तीबाजले बारोनलाई "महान् प्रतिद्वन्द्वी" भन्दै प्रशंसा गरेका छन्।

एल इखो डेल सान्टोले भने, "उनी आफूले इच्छा गरेअनुसार नै गए: भिडन्त गर्दागर्दै!"

होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोले ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीको मृत्युमा दु:ख प्रकट प्रकट गरेका छन्।

यो Instagram पोस्ट छोड्नुहोस्
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त

Presentational white space

शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो।

मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन्।

अन्लाइन माध्यमहरूमा प्रेषित दृश्यमा खेलका निर्णायक र अरू मानिसहरू ढलेका बारोनलाई सहायता गर्न लम्किएको देखिन्छ।

त्यहाँ एउटा "घटना" भएको आयोजनास्थलले पुष्टि गरेको छ तर त्यसबारे उसले थप टिप्पणी गर्न चाहेन।

सेसर बारोन
Presentational white space

लुचा लिब्रमा कुस्तीबाजहरू मुकुन्डो लगाएर निर्देशित तरिकाले भिड्छन्।

बारोन कुस्तीबाजको परिवारमा हुर्किए। उनका बुवा पनि चर्चित कुस्तीबाज थिए।

सिल्भर किङका रूपमा बारोनले धेरै सफलता पाए। उनले सन् १९९७ देखि २००० सम्म अमेरिकाको वर्ल्ड च्याम्पियनशिप रेस्लिङ खेले।

सन् २००५ मा हलिउडमा निर्मित नाचो लिब्रमा उनले खलपात्रको भूमिकामा अभिनय गरे।

उनको मृत्युमा कुस्ती खेलसँग सम्बन्धित व्यक्ति र संस्थाले दु:ख प्रकट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space