दाता दरबार दरगाह: पाकिस्तानमा सूफी धार्मिक स्थलनजिकै 'आत्मघाती आक्रमण', नौ जनाको मृत्यु

दरगाह
Published
पढ्ने समय: २ मिनेट

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा महत्त्वपूर्ण धार्मिक स्थलबाहिर बुधवार बिहान भएको विस्फोटनमा कम्तीमा नौ जनाको मृत्यु भएको र दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको पन्जाब प्रान्तका प्रहरीका अनुसार प्रसिद्ध दाता सुफी दरगाहनजिकै प्रहरीको एउटा गाडीलाई तारो बनाएर सो आत्मघाती आक्रमण गरिएको थियो।

मृत्यु हुनेमा पाँच सुरक्षाकर्मी पनि भएको बताइएको छ।

पाकिस्तानी तालिबानबाट फुटेर बनेको हिजबुल अहरर समूहले आफूले सो विस्फोटन गराएको दाबी गरेको छ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा गरेका छन्।

Presentational grey line

दाता दरबार दरगाह के हो?

दरगाह
Presentational white space

पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा अवस्थित दाता दरबार दरगाह दक्षिण एशियामा भएका पुराना दरगाहमध्ये एउटा हो।

त्यहाँ शिया र सुन्नी दुवै सम्प्रदायका मानिस तथा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।

यो दरगाहको निर्माण एघारौँ शताब्दीमा भएको हो।

सर्वप्रथम गजनवी राजा सुल्तान जकिरुद्दिन इब्राहिमले यसको निर्माण गराएका थिए। त्यसपछि धेरै चोटि यसको विस्तार भएको छ।

यहाँ सूफी सन्त अबुल हसन अली हज्वेरी अर्थात् दाता गन्ज बक्शको समाधि छ।

भारत विभाजन हुनुभन्दा पहिला सो दरगाहमा सयौँ वर्षदेखि हिन्दूहरू पनि जाने गरेका थिए।

सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो।

Presentational grey line

प्रहरी के भन्छ?

पाकिस्तानको पन्जाब प्रहरीका प्रमुख आरिफ नवाजका अनुसार यो प्रहरीप्रति लक्षित आत्मघाती आक्रमण थियो।

सञ्चारमाध्यमलाई उनले भने, "प्रहरीलाई तारो बनाएर यो आक्रमण गरिएको हो। उनी (आक्रमणकारी) जताबाट आएका थिए त्यता धेरै क्षति पनि हुन सक्थ्यो।"

इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।

कट्टरपन्थीहरू सूफी सम्प्रदायलाई इस्लामविरोधी मान्छन्।

तर आक्रमणकारीले प्रहरीको गाडी भएको ठाउँमा आएर विस्फोटन गराएको उनले बताए।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

सबै निकायले प्रमाण जुटाउन थालेको उनले बताए।

पाकिस्तानमा आक्रमणको शृङ्खला

प्रहरीका अनुसार दरगाहमा खतरा थिएन। तर उसले रमदानको महिनामा त्यहाँ आउने दर्शनार्थीलाई सतर्क हुन भनेको छ।

पाकिस्तान

सन् २०१४ मा तालिबानले पेशावरस्थित विद्यालयमा आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो।

त्यसपछि पाकिस्तानले अतिवादी लडाकु समूहविरुद्ध कारबाही सुरु गर्‍यो।

अहिले सुरक्षास्थितिमा सुधार आए पनि देशमा लडाकु समूहहरू सक्रिय छन्।

सन् २०१६ मा लाहोरमा इस्टर पर्व मनाउन भेला भएका इसाईहरूलाई लक्षित एउटा विस्फोटनमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।