‘प्रधानमन्त्री ओली सबैलाई दास ठान्छन्’, बुद्धिजीवी बहस गर्न तयार

प्रधानमन्त्री

तस्बिर स्रोत, RSS

Published
पढ्ने समय: २ मिनेट

'बुद्धिजीवी'प्रति प्रधानमन्त्री केपी ओलीले गरेको टिप्पणीले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याएको छ।

'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले कैयौँ बुद्धिजीवीका असभ्य टिप्पणी आउने गरेको र उनीहरूलाई आफूले जवाफ दिए थला पर्ने बताएका थिए।

उनले भनेका थिए, "त्यस्ता बुद्धिजीवीहरूलाई जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावना हुन्छ। उहाँहरूका असलियतहरू बाहिर आउँदा के हुन्छ, अलिक विचार गरे हुने हो।"

कतिपयले त्यसलाई बुद्धिजीवीहरूलाई प्रधानमन्त्रीको धम्कीको रूपमा लिएको पाइन्छ।

प्रतिवाद

एशिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको आलोचना गर्दै लेख लेखेका राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गरेर भने, "उहाँले यो मुलुकका सबैलाई दास भन्ठान्नुभएको छ।"

प्रधानमन्त्रीले सरकारबाट पेन्सन, सुविधा र भत्ता खानेहरूले जथाभावी अनुत्तरदायी ढङ्गले बोल्ने प्रवृत्ति देखिएको बताउँदै गोपनीयताको वास्ता नगरेको आरोप लगाएका छन्।

खनालले अवकाश पाएका कर्मचारीलाई सरकारको कामबारे टिप्पणी गर्ने हक भएको बताउँदै त्यसको प्रतिवाद गरे।

उनले भने, "उहाँले के खाइरहनुभएको छ? उहाँले आफूखुसी गर्दा त्यसबारे टिप्पणी हुँदा अनुकूल नमान्ने?"

एशिया प्यासिफिक सम्मेलनमा आफूले पाएको सम्मानबारे गरिएका टिप्पणीप्रति असन्तुष्टि दर्शाउँदै प्रधानमन्त्रीले भनेका छन्, "मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन? उहाँहरूलाई म सोध्न चाहन्छु, जवाफ दिऊँ?"

'हास्यास्पद'

प्राध्यापक खनालले विगतमा यो भन्दा पनि चर्को चेतावनी नेपाली बुद्धिजीवीले सामना गरिसकेको बताउँदै प्रधानमन्त्रीले चेतावनी दिन खोजेको भए त्यो हास्यास्पद हुने बताए।

प्राध्यापक खनाल

तस्बिर स्रोत, facebook/krishnakhanal

तस्बिरको क्याप्शन, प्राध्यापक कृष्ण खनालले प्रधानमन्त्रीको अभिव्यक्ति अरूलाई दास ठान्ने मानसिकताबाट ग्रसित भएको टिप्पणी गरेका छन्

उनले भने, "स्वस्थ बहसका लागि त प्रधानमन्त्री हुँदैमा बुद्धिजीवी किन पछि पर्छन् र? उहाँसँग मज्जासँग खुलेआम बहस गर्न सक्छन्।"

विवेकशील साझा पार्टीका प्रवक्ता एवम् पूर्वाधारविज्ञ सूर्यराज आचार्यले पनि ट्वीट गर्दै प्रधानमन्त्रीको बहसको निम्तो स्वीकार गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उनले भनेका छन्, "सामाजिक सञ्जालमा सरकार र प्रमज्यूको कार्यशैलीबारे 'सभ्य' टिप्पणी/आलोचना गर्ने नागरिक पनि थुप्रै छन्। संवादका लागि उनीहरूलाई पनि आमन्त्रण गर्दा प्रमको हितमै होला।"

प्रधानमन्त्रीले दिएको चुनौती स्वीकार गर्दै बुद्धिजीवीहरूले खुला बहसको निम्ति तयार भएको बताए।

तर अब प्रधानमन्त्रीले के गर्लान् भन्ने स्पष्ट छैन।

चासो छ, यो बहस थप तीव्र बन्ला वा यहीँ अन्त्य होला?

प्रधानमन्त्रीले आफू सार्वजनिक पदमा भएको अनुभव गर्ने हो भने आउने टीकाटिप्पणीले प्रधानमन्त्रीलाई सहयोग पुर्‍याउने प्राध्यापक खनालको भनाइ छ।

उनले भने, "तर दुर्भाग्य, प्रधानमन्त्रीले त्यसरी बुझ्न चाहनुहुन्न।"

व्यङ्ग्य

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै धेरैले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भनाइलाई 'अशोभनीय' मानेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

मानवशास्त्री सुरेश ढकालले लेखेका छन्, "आज बिहान एक मिडियाकर्मी मित्रले फोनवार्ता क्रममा, 'सरहरूजस्ता बुध्दिजीवी...' भने, मनमा अनेक तर्कना मडारिन थाले, कताकता रिङ्गटा लागेको जस्तो नि भयो, वाकवाक आउला जस्तो गर्यो, मन शून्य भयो। केही बोल्न सकिन, यत्ति भनेँ कि, मित्र कृपया मलाई बुद्धिजीवी नभनिदिनूस्, धम्की जस्तो सुनिन्छ।"

प्रधानमन्त्रीले यसअघि दिएका अभिव्यक्ति पनि बेलाबखत विवादमा आउने गरेका थिए।

प्राध्यापक खनालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई उनको स्वाभाविक टिप्पणी भन्दै आश्चर्य नमानेको बताए।

प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति नआएमा पछिल्ला दिनमा बनेको उनको व्यक्तित्व अनुकूल नहुने र आश्चर्य मान्नु पर्ने खनालको टिप्पणी थियो।