विश्वकप २०१८: क्रोएशियाद्वारा मेस्सीको आर्जेन्टिना स्तब्ध

मेस्सी

तस्बिर स्रोत, Getty Images

Published

विश्वकप फुटबलको बिहीवार राति सम्पन्न खेलमा क्रोएशियाले आर्जेन्टिनालाई स्तब्ध बनाएको छ।

बार्सिलोनाका स्टार खेलाडी लिओनेल मेस्सीको टोली ०-३ गोलले पराजित भएको हो।

शानदार जितसँगै क्रोएशियाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ।

लज्जास्पद हारसँगै अर्को चरणमा प्रवेश गर्ने आर्जेन्टिनाको सम्भावना अब उसको नियन्त्रणभन्दा बाहिर गएको छ।

पीडादायी अध्याय

अन्तर्राष्ट्रिय खेलमा आफ्नो पीडा र निराशाको पछिल्लो इतिहासमा मेस्सीका लागि यो अर्को पीडादायी अध्याय बनेको छ।

खेल सुरु हुनुअघि राष्ट्रगान बजाइँदा क्यामेराहरू मेस्सीको अनुहारमा केन्द्रित भएका थिए।

निधारलाई मुसार्दा आँखा बन्द हुन पुगेका मेस्सी यस्तो देखिएका थिए मानौँ एक व्यक्तिले एउटा देशका अपेक्षाहरू बोकेको होओस्।

मेस्सी

तस्बिर स्रोत, Getty Images

सन् १९५८ मा चेकोस्लाभियासँग १-६ ले पराजित भएयता पहिलो चरणमै आर्जेन्टिनाले यस्तो ठूलो पराजय बेहोरेको हो।

बिहीवार राति सम्पन्न अर्को खेलमा फ्रान्सले ०-१ गोलले पेरूलाई हराएको छ।

बराबरी

जितसँगै फ्रान्स अन्तिम १६ मा पुगेको छ।

'नक आउट' चरणमा प्रवेशका लागि फ्रान्सले अहिलेसम्म खेलेका आठ खेलमध्ये दुईवटामा मात्रै पराजय बेहोरेको छ।

सन् २००२ र २०१० मा फ्रान्सेली टोली 'नक आउट' चरणमा प्रवेश गर्न विफल भएको थियो।

गएराति अस्ट्रेलिया र डेनमार्कबीचको खेल चाहिँ एक-एक गोलको बराबरीमा सकिएको थियो।