८ महिना मखुन्डो लगाएर अनि ४ महिना मखुन्डोबिना नाचिने नवदुर्गा नाच

भिडिओ क्याप्शन सुरु हुँदैछ, भक्तपुरको नवदुर्गा नाच
८ महिना मखुन्डो लगाएर अनि ४ महिना मखुन्डोबिना नाचिने नवदुर्गा नाच
Published

भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच वर्षभरिमा ८ महिना मखुन्डोसहित र झन्डै चार महिना मखुन्डोबिना नाचिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

परम्पराअनुसार हरेक वर्ष नयाँ पिँढीका देवगण अर्थात् नाचमा सहभागी हुने कलाकार तथा वाद्य वादकले विजया दशमीसम्ममा तालिम प्राप्त गरेपछि औपचारिक रूपमा नाच सुरु हुन्छ।

ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, वाराही, महाकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेत भैरव लगायतका विभिन्न देवी देवताका रूप धारण गरेर नाच प्रस्तुत हुँदै आएको छ।

विभिन्न बाजाको ताल र भाकामा प्रस्तुत हुने नाच विभिन्न तिथि मितिमा भक्तपुरका विभिन्न २१ स्थानमा तथा काठमाण्डू उपत्यकाका आसपासका विभिन्न शक्तिपीठ तथा स्थानीय बस्तीहरूमा प्रदर्शन गरिन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।