फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हल गर्ल्यामगुर्लुम हुँदाको क्षण
फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हल गर्ल्यामगुर्लुम हुँदाको क्षण
Published
फ्रान्समा विरोध प्रदर्शनकारीले १४० वर्ष पुरानो ऐतिहासिक टाउन हलमा आगो लगाइदिएपछि त्यसमा व्यापक क्षति भएको छ।
फ्रान्समा महँगी बढेको भनेर विरोध प्रदर्शन भइरहेका बेला प्रदर्शनकारीले ऐतिहासिक भवनहरूमा समेत आगो लगाइदिएका छन्।
अधिकारीहरूले नियतवश उग्र पन्थीहरूले देशका सम्पदामाथि आगजनी गरेको आरोप लगाएका छन्।
करिब ५ लाख ५० हजार मानिस सडकमा निस्केको अनुमान गरिएको छ।
हिंसा वृद्धि गर्न भूमिका निर्वाह गरेको आरोपमा गिरफ्तार हुने प्रदर्शनकारीको सङ्ख्या बढ्दो छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



