महारानी एलिजाबेथः अन्तिम बिदाइअघि ब्रिटेनले नबिर्सिने ती १० दिन

Published

सेप्टेम्बर ८ मा ब्रिटिश नागरिकहरूले महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डस्थित निवास बाल्मोरलमा निधन भएको दुःखद खबर थाहा पाए।

उनी ब्रिटिश इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन्।

महारानी एलिजाबेथलाई श्रद्धाञ्जलि

यूकेभरि मानिसहरूले विभिन्न तरिकाले दिवङ्गत महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

महारानी एलिजाबेथको भित्तेचित्र

सयौँ घोडाहरू महारानीको अन्तिम संस्कारका लागि विन्ड्सर र वेस्टमिन्स्टरमा कैयौँ पूर्वाभ्यासमा सहभागी भए।

महारानीको शवपेटिका विन्ड्सर आइपुग्नुअघि रिहर्सल गरिँदै

हजारौँ शोकाकुल मानिसहरूले लामबद्ध भएर महारानी एलिजाबेथ द्वितीयाप्रति सम्मान व्यक्त गरेका थिए।

उनको शवपेटिका सेप्टेम्बर १४ देखि १९ को बिहानसम्म वेस्टमिन्स्टर हलमा राखिएको थियो।

महारानी एलिजाबेथ द्वितीया

राजा चार्ल्स र प्रिन्स अफ वेल्स महारानीप्रति अन्तिम श्रद्धाञ्जलि दिने लामबद्ध भएर बसेका मानिसहरूलाई अप्रत्याशित रूपमा भेट्न गएका थिए।

राजकुमार विलियमले महारानीलाई श्रद्धाञ्जलि दिन जान लाइनमा बसेका मानिसहरूलाई भेटेका थिए
तस्बिरको क्याप्शन, राजकुमार विलियमले महारानीलाई श्रद्धाञ्जलि दिन जान लाइनमा बसेका मानिसहरूलाई भेटेका थिए

महारानीको शवपेटिकामाथि द इम्पिरिअल स्टेट क्राउन राखिएको छ। उक्त मुकुट झन्डै ३,००० वटा पत्थर जडान गरिएको छन्। तीमध्ये २,८६८ वटा हीरा, २७३ वटा मोती, १७ वटा नीलम, ११ वटा पन्ना र पाँचवटा रुबी छन्।

सन् १९३७ मा महारानीका बुवा राजा जोर्ज छैटौँको राज्यारोहणका बेला उक्त मुकुट बनाइएको थियो।

त्यो हलुका र राम्रोसँग अडिनेगरी बनाइएको थियो। त्यसबेला विस्थापित भएको श्रीपेच महारानी भिक्टोरियाको पालाको थियो।

महारानी एलिजाबेथको शवपेटिका

महारानीको शवपेटिका बकिङ्गम दरबारमाट शवयात्रा गर्दै वेस्टमिन्स्टर हलमा लगियो।

राजा चार्ल्स, उनका छोराहरू विलियम र ह्यारी र राजपरिवारका सदस्यहरू शवयात्रामा सहभागी भएका थिए।

महारानी एलिजाबेथ द्वितीयाको शवपेटिका
महारानी एलिजाबेथ द्वितीयालाई श्रद्धाञ्जलि
महारानी एलिजाबेथ द्वितीयालाई श्रद्धाञ्जलि

सेप्टेम्बर ९ शुक्रवारका दिन चार्ल्स तृतीय र क्वीन कन्सोर्ट बाल्मोरलबाट लन्डन फर्किए।

महारानीको निधनपछि पहिलो पटक उनीहरू बकिङ्गम दरबार प्रवेश गरे।

राजा चार्ल्स तृतीय र क्वीन कन्सोर्ट कमिला

स्कटल्यान्डभरि हजारौँ मानिसहरूले सडकमा भेला भएर दक्षिणतर्फ लैजान लागिएको महारानीको शवपेटिकामा श्रद्धाञ्जलि दिएका थिए।

एडिन्बरामा महारानी एलिजाबेथको शवपेटिका हेर्न हजारौँ मानिसहरू भेला भएका थिए
तस्बिरको क्याप्शन, एडिन्बरामा महारानी एलिजाबेथको शवपेटिका हेर्न हजारौँ मानिसहरू भेला भएका थिए
महारानी एलिजाबेथ द्वितीयालाई श्रद्धाञ्जलि

महारानीको निधन लन्डनमा नभईकन स्कटल्यान्डमा भएकाले "अपरेशन यूनिकर्न" नाम दिइएको विभिन्न घटनाहरूको शृङ्खला सिर्जना भयो।

महारानीको राजकीय अन्तिम संस्कारको तयारी गर्नका लागि स्कटिश संसद् स्थगित गरेर उक्त शृङ्खला सुरु भयो। त्यसपछि महारानीको पार्थिम शरीरलाई बाल्मोरलबाट प्यालेस अफ होलिरूडहाउसमा सारियो।

नयाँ राजा र क्वीन कन्टोर्स घोषणालगत्तै बाल्मोरलमा बसे। उनीहरूको त्यसको भोलिपल्ट लन्डन फर्किए।

राजा चार्ल्स तृतीय