महारानी एलिजाबेथ द्वितीया: नेपाली गोर्खा समुदायद्वारा श्रद्धाञ्जली

सन् २०१५ मा गोर्खाहरूले ब्रिटिस सेनामा सेवा गरेको २०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा महारानी सरिक भएकी थिइन्
तस्बिरको क्याप्शन, सन् २०१५ मा गोर्खाहरूले ब्रिटिस सेनामा सेवा गरेको २०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा महारानी सरिक भएकी थिइन्
Published

महारानी एलिजाबेथबाट सम्मानपत्र प्राप्त गरेका नेपाली समुदायका एकजना सदस्यले उनको निधनपछि आफू शोकाकुल भएको बताएका छन्।

सुजन कटुवाल यूकेमा नेपाली समुदायका सदस्य हुन् र उनले कोभिड महामारीको समयमा एक लाख भन्दा बढी छाक निःशुल्क भोजन वितरण गरेपछि महारानीबाट सम्मान स्वरूप पत्र प्राप्त गरेका थिए।

ब्रिटिश सेनामा कार्यरत नेपाली गोर्खाहरूको ब्रिटेनको राजतन्त्रसँग नजिकको सम्बन्ध छ।

७० वर्षसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो।

गोर्खा वेल्फेयर ट्रस्टले महारानीको गोर्खाहरूसँग 'विशेष सम्बन्ध' रहेको बताएको छ।

सुजन कटुवाललाई सिटी अफ लन्डनले सम्मानित गरेको थियो
तस्बिरको क्याप्शन, सुजन कटुवाललाई सिटी अफ लन्डनले सम्मानित गरेको थियो

२४ वर्षको उमेरमा नेपालबाट लन्डन आएका कटुवाल दक्षिण पूर्वी लन्डनको ग्रिनिचमा बसोबास गर्छन्। उक्त क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति छ।

उनले नजिकैको लुइसममा पानस गोरखा नामक नेपाली रेस्टुराँ स्थापना गरेका छन्।

महामारीको समयमा उनले विभिन्न क्षेत्रका श्रमिक र सङ्कटमा परेका व्यक्तिहरूलाई एक लाख भन्दा धेरै छाक खाना वितरण गरेका थिए। त्यसपछि उनले बकिङ्घम दरबारबाट कदर पत्र पाएका थिए।

"म रोएँ," कटुवाल भन्छन्, "मलाई लागेको थिएन कि हामीलाई पत्र आउँदै छ। सबैभन्दा पहिले मैले मेरी आमालाई नेपालमा सम्पर्क गरेँ र सुनेर उहाँ पनि रुनुभयो।"

"हामी जहाँबाट आयौँ तपाईँहरू त्यहाँ यस्तो कुरा अपेक्षा गर्न सक्नुहुन्न। त्यो पैसाले किनेर पाउने चिज होइन।"

महामारीको समयमा कटुवालले एक लाख भन्दा बढी छाक निःशुल्क भोजन वितरण गरेका थिए
तस्बिरको क्याप्शन, महामारीको समयमा कटुवालले एक लाख भन्दा बढी छाक निःशुल्क भोजन वितरण गरेका थिए

सन् १८०० को दोस्रो दशकदेखि नै नेपालका गोर्खा र ब्रिटिश सेनाबीच सम्बन्ध रहँदै आएको छ।

सन् २०१५ मा गोर्खाहरूले ब्रिटिश सेनामा सेवा गरेको २०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा महारानी सहित शाही परिवारका सदस्य उपस्थित थिए।

कटुवालका अनुसार महारानी एलिजाबेथ नेपालमा पनि प्रिय व्यक्तित्व थिइन्।