युक्रेन युद्धः किएभको सबै क्षेत्र फेरि आफ्नो नियन्त्रणमा आएको युक्रेनी दाबी

क्षतिग्रस्त युक्रेनी सहरमा नागरिक
Published
पढ्ने समय: ३ मिनेट

युक्रेनी अधिकारीहरूले राजधानी किएभ र वरवरका सबै क्षेत्र पुनः युक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन्।

केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको हो।

"पूरै किएभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको छ," युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिवार भनिन्।

शान्तिवार्तामा सद्भावको सङ्केत देखाउँदै रुसले किएभनजिक रहेका क्षेत्रहरूबाट आफ्नो फौज फिर्ता गर्ने बताएको छ।

तर पश्चिमा विश्लेषकहरूले त्यसअघि नै रुसको आक्रमण रोकिएको बताएका थिए।

आइतवार बिहान कृष्णसागरको तटमा रहेको बन्दरगाह सहर ओडेसामा विस्फोटनहरू भएको सुनिएको छ।

किएभ वरपरका प्रमुख स्थानहरूको अवस्थाबारे यहाँ उल्लेख गरिएको छ।

इर्पिन

अधिकारीहरूका अनुसार किएभको पश्चिमोत्तर सहर इर्पिनमा रुसी आक्रमण सुरु भएयता झन्डै २०० सर्वसाधारण नागरिकको ज्यान गएको छ।

मध्यम वर्गीय समुदायको बसोबास रहेको यो सहरका ७०,००० बासिन्दामध्ये अधिकांशले रुसी बमबारी चलिरहँदा गत महिना नै यो ठाउँ छोडिसकेका छन्।

इर्पिनका धेरै आवासीय भवनहरूमा क्षति पुग्नुको छ वा ध्वस्त भएका छन्।

बुचा

युक्रेनी सेना यो सहरमा एक-दुई दिनअघि मात्र प्रवेश गरेको हो।

रुसी सेनाले यो सहरलाई विगत एक महिना पूर्ण नियन्त्रणमा लिएको थियो।

क्षतिग्रस्त युक्रेनी सहर

शनिवार एएफपी समाचारसंस्थाले एउटा सडकमा २० वटा शव देखिएको उल्लेख गरेको छ।

नगरप्रमुखले जताततै शवहरू छरिएको र २८० जनाको शवलाई सामूहिक चिहानमा पुरिएको बताएका छन्।

होस्टोमेल

किएभनजिकै रहेको अर्को सहर होस्टोमेल पनि यहाँको हवाईअड्डा नियन्त्रणका लागि युद्धका प्रारम्भिक दिनहरूबाटै भीषण लडाइँ भएको स्थान हो।

यो हवाईअड्डा विश्वको सबैभन्दा ठूलो विमान एन्टोनोभ एएन२२५ मार्‍या रहेको स्थान पनि हो।

अहिले सञ्चालनमा नरहेको उक्त विमानलाई ह्याङ्गरमा राखिएको छ।

रुसी सैनिकहरूले छोडेपछि हाम्रा संवाददाता जेरमी बोवनले आइतबार उक्त क्षेत्रको यात्रा गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

रुसको दृष्टि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिवार गरेको सम्बोधनमा रुसको आँखा युक्रेनको पूर्वी र दक्षिणि भेगमा परेको टिप्पणी गरेका छन्।

"रुसी सैनिकहरूको लक्ष्य के हो? उनीहरू डोन्बास र युक्रेनको दक्षिणी कब्जा गर्न चाहन्छन्," उनले भने।

उनका अनुसार युक्रेनले पनि आफ्नमो ध्यान पूर्वतिर दिन थालेको छ। "शत्रुसँग पूर्वमा दबाव बढाउन जगेडा छ भन्ने हामीलाई थाहा छ," उनले भने।

यूकेको रक्षा मन्त्रालयले युक्रेनमा जारी द्वन्द्वबारे थप जानकारी दिएको छ।

सैन्य गुप्तचर संयन्त्रले उपलब्ध गराएको सूचनाका आधारमा यूकेले रुसी वायुसेना युक्रेनको दक्षिणपूर्वमा सक्रिय भएको देखिएको बताएको छ। त्यसको अर्थ रुसको रणनीति फेरिएको उसको बुझाइ छ।

जलेका ट्याङ्क र शवैशव

किएभलाई घेरा हालेर राजधानी प्रवेश गर्ने र राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकारलाई अपदस्थ गर्ने रुसी सपना बुचा सहरमा आइपुगेपछि तुषारापात भयो।

गत फेब्रुअरी २४ मा पहिलो पटक युक्रेन प्रवेश गरेको दुई-तीन दिनमै बुचा आइपुगेको रुसी सेना यो सहरको बाटो हुँदै राजधानी किएभतर्फ अघि बढ्ने प्रयासमा थियो।

तर युक्रेनी सैनिकहरूले यो सहरमा रुसी सेनाका ट्याङ्क र बख्तरबन्द गाडीका लस्करलाई ध्वस्त पारिदिए।

क्षतिग्रस्त रुसी हतियार

शुक्रवार रुसी सेनाले यो सहर छोडेपछि बीबीसी संवाददाता जेरमी बोवनसहितको टोली यहाँ पुगेको छ।

नजिकैको होस्टोमेल विमानस्थलमा ओर्लिएका रुसी सैनिकहरू हलुका बख्तरबन्द गाडी र ट्याङ्क लिएर यो सहर प्रवेश गरेका थिए।

'रुसी सैनिकहरू ज्यान बचाउन भागे'

तर बुचा सहरबाट किएभतर्फ अघि बढ्ने क्रममा रुसी सेना निद्राबाट बिउँझिए जस्तै भयो।

यहाँका सडकहरू साँघुरा र सीधा थिए। ती एम्बुश अर्थात् धराप थाप्न उपयुक्त मानिन्छन्।

क्षतिग्रस्त युक्रेनी सहरमा नागरिक

प्रत्यक्षदर्शीहरूका अनुसार युक्रेनले टर्कीबाट ल्याइएका ड्रोनहरूबाट यो सहरमा लस्करै अघि बढिरहेको युक्रेनी सेनालाई आक्रमण गर्‍यो।

सो क्षेत्रमा युक्रेनी स्वयंसेवक लडाकहरू पनि खटिएको बताइएको छ।

युक्रेनले सबैभन्दा अगाडि र पछाडि रहेका सैन्य सवारी साधनमा आक्रमण गरेर ध्वस्त बनाएपछि बीचमा रहेका साधनहरू त्यहीँ थुनिए।

यहाँ भग्नावशेष पन्छाइएको छैन र ट्याङ्कमा प्रयोगका लागि ल्याइएका गोलाहरू घाँसमा छरिएका छन्।

भर्खरै भर्ती भएका जस्ता देखिने १८ देखि २० वर्षका रुसी सैनिकहरू ज्यान बचाउन भागेको एक ७० वर्षीय वृद्धले बताए।

यहाँ सानो सङ्ख्यामा मात्रै सर्वसाधारण बसेका थिए।

बिजुली, ग्यास र पानीको अभाव भएपछि उनीहरूले घरबाहिरै ठूलो आगो बालेर खानेकुरा पकाएका थिए।

रुसी सेना फिर्ता भएपछि स्वयंसेवकहरूले पश्चिमी युक्रेनको लभिभबाट खानेकुराहरू पुर्‍याउन थालेका छन्।

एन्तोनोभ विमान

स्थानीय महिला मारियाले आफूले ३८ दिनपछि पाउरोटी खान पाएको बताइन्।

सहर छोडेर भाग्नेहरूले ताला लगाएर छोडेका घरहरूमा रुसी फौजले ढोका उप्काएको छ।

त्यसको केही माइल पर होस्टोमेल विमानस्थलमा विश्वकै सबैभन्दा विमान एन्तोनोभ बमबारीका कारण ध्वस्त भएको छ।

विमान राख्न बनाइएको ठूलो ह्याङ्गरमा बमबारीका कारण प्वाल परेको देखिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन सडक धराप