मेट गाला २०२१: न्यूयोर्कको फ्याशन मेलामा ठाँटिला परिधान लगाएका चर्चित हस्तीहरू

म्यारिलीन मन्रोको जस्तो भेषमा गायिका बिली आइलिश
तस्बिरको क्याप्शन, म्यारिलीन मन्रोको जस्तो भेष लगाएर गायिका बिली आइलिशले कार्यक्रम चलाइन्
Published
पढ्ने समय: २ मिनेट

फ्याशनको संसारमा एकदमै ठूलो मानिने तथा चर्चित व्यक्तित्वहरू भेला हुने 'मेट गाला' कार्यक्रम न्यूयोर्कमा भएको छ।

मेट्रोपलिटन म्यूजीअम अफ आर्टको कस्ट्यूम इन्स्टिट्यूटका लागि कोष सङ्कलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।

गत वर्ष कोभिड महामारीका कारण मेट गाला स्थगित भएको थियो।

यो कार्यक्रममा सहभागी हुन जाँदा चर्चित पाहुनाहरूले भित्र हुँदा मास्क लगाउनुपर्ने तथा कोभिड-१९ सम्बन्धी नियम पालना गर्नुपर्ने बनाइएको थियो।

Presentational white space
आइलिशका दाइ फिनिएस ओ'कनल पूरै रातो रङ्गको सूट र मास्क लगाएर कार्यक्रममा सहभागी भए
तस्बिरको क्याप्शन, आइलिशका दाइ फिनिएस ओ'कनल पूरै रातो रङ्गको सूट र मास्क लगाएर कार्यक्रममा सहभागी भए
Presentational white space
टिमोथी श्यालामेट
तस्बिरको क्याप्शन, अभिनेता टिमोथी श्यालामेट सेतो रेसमी सूट लगाएर देखा परे
Presentational white space
नाओमी ओसाका
तस्बिरको क्याप्शन, कार्यक्रमकी सहसञ्चालिका नाओमी ओसाकाले लुई भुईटोँको रङ्गीन परिधान लगाएर विशेष केशसज्जासहित देखा परिन्। हेइटी र जापानसँगको आफ्नो पुर्ख्यौली सम्बन्धप्रति उनले यसरी सम्बन्ध सम्मान प्रकट गरेकी हुन्
Presentational white space
एमा राडुकानु
तस्बिरको क्याप्शन, भर्खरै १८ वर्षको उमेरमै यूएस ओपन जितेकी टेनिस खेलाडी एम्मा राडुकानु पनि कार्यक्रममा सहभागी भइन्
Presentational white space
बाइडनको शपथ ग्रहण समारोहमा कविता वाचन गरेकी अमान्डा गोर्मन
तस्बिरको क्याप्शन, बाइडनको शपथ ग्रहण समारोहमा कविता वाचन गरेकी अमान्डा गोर्मनले पनि कार्यक्रम सञ्चालन गरिन्
Presentational white space
गायिका डेबी ह्यारी
तस्बिरको क्याप्शन, गायिका डेबी ह्यारी
र्‍यापर लिल न्यास एक्स
तस्बिरको क्याप्शन, र्‍याप गायक लिल न्यास एक्स पहिला यसरी आए ...
र्‍यापर लिल न्यास एक्स
तस्बिरको क्याप्शन, अनि उनको परिधान यस्तो देखियो
Lil Nas X
तस्बिरको क्याप्शन, भित्रपट्टि त उनले यस्तो लगाएका रहेछन्!

किम कार्डेशिअनले आफ्नो पूरै अनुहार र शरीर ढाकिनेगरी कालो वस्त्र लगाएकी थिइन्।

ब्यालेन्थियागाका सिर्जनशील निर्देशक डेम्ना ग्वास्याल्याले उनले लगाएको परिधान बनाएका हुन्।

किम कार्डेशिअन
तस्बिरको क्याप्शन, किम कार्डेशिअनको परिधान देखेपछि सामाजिक सञ्जालमा अनकौँ मीमहरू प्रेषित भए
किम क

तेइस पटक ग्र्यान्ड स्लाम जितेकी सेरेना विलियम्स पनि रङ्गीन परिधान लगाएर सहभागी भइन्।

सेरेना विलियम्स
मेसी विलियम्स
तस्बिरको क्याप्शन, गेम अफ थ्रोन्सकी अभिनेत्री मेसी विलियम्सले आफैँले डिजाइन गरेको वस्त्र लगाइन्
भगकी प्रमुख डेम एन्ना विन्टूर
तस्बिरको क्याप्शन, भगकी प्रमुख डेम एन्ना विन्टूर
Presentational white space
डेमोक्र्याटिक सांसद एलेक्जेन्ड्रिया ओकासियो-कार्जेट
तस्बिरको क्याप्शन, डेमोक्र्याटिक सांसद एलेक्जेन्ड्रिया ओकासियो-कार्जेट
Presentational white space

केही सहभागीले आफ्नो परिधानसँग मिल्दो वस्तु पनि ल्याए।

गायक फ्र्याङ्क ओशनले सानो रोबट र सङ्गीतकार ग्राइम्सले तरवार बोके।

रोबटिक बालक
ग्रायइम

कार्यक्रमको अन्तिमतिर गायिका तथा व्यवसायी रियाना आफ्ना प्रेमीसहित देखा परिन्।

प्रेमीसँग रियाना

मिकी मिनाज भने कोभिड खोप नलगाएकाले कार्यक्रममा आउन पाइनन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित