टोक्यो ओलिम्पिक्स २०२०: नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे

पौडी खेलाडी अहमद हाफ्नाओई
Published

टोक्यो ओलिम्पिक्स-२०२० मा ४०० मिटर 'फ्री स्टाइल'तर्फ स्वर्ण पदक हात गर्ने पहिलो अफ्रिकी खेलाडी बन्दा किशोर पौडीबाज अहमद हाफ्नाओई टोक्यो अक्वाटिक सेन्टरमा नि:शब्द बने।

अठार वर्षे ती खेलाडी छनोट चरणको अन्तिम खेलमा सबैभन्दा सुस्त थिए।

तर उनले अस्ट्रेलियाका ज्याक मक्लक्लिनलाई पराजित गरेर उक्त खेलमा अहिलेसम्मको सबैलाई आश्चर्यचकित पारे।

ती अस्ट्रेलियाली खेलाडीले रजत पदकमा चित्त बुझाउनुपर्‍यो भने अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते।

हाफ्नाओई ओलिम्पिक्समा उत्कृष्ट खेलाडीमध्ये १५औँ नम्बरमा परेर खेल मैदानमा आइपुगेका थिए।

अहमेद हाफ्नाओईका साथमा ज्याक मक्लक्लिन र केरन स्मिथ
तस्बिरको क्याप्शन, अहमद हाफ्नाओईका साथमा ज्याक मक्लक्लिन र केरन स्मिथ

उनी अन्तिम आठ स्थानका लागि मात्र छनोटमा परेका थिए र उनलाई कम मन पराइने बाहिरपट्टिको आठौँ लहरमा राखिएको थियो।

तर उनले सुरुदेखि नै एकदमै कडा मेहनतका साथ पौडी खेले र सबैभन्दा अगाडि ५० मिटर पार गरेर भव्य जित हात पारे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्स २०२० कसरी टोक्यो २०२१ भयो?

उनले उक्त दूरी ३ मिनेट ४३.३६ सेकेन्डमा पूरा गरे। त्यो समय दोस्रो स्थानमा रहेका खेलाडीको भन्दा केवल तीन सेकेन्डले छिटो हो।

"म फाइनलमा पुगेर छक्क परेको थिएँ अनि स्वर्ण पदक जितेर आश्चर्यचकित भएको छु," उनले भने।

"जब मैले पर्खाललाई छोएँ र आफैँलाई हेरेँ अनि मैले विश्वास गरेँ। म एकदमै आश्चर्यचकित भएँ। मैले त्यो सोचेकै थिइनँ।"

उनी कति आश्चर्यचकित थिए भने उनले आफ्नो टोलीको पूरा पोसाक पनि ल्याएका थिएनन्। त्यसैले उनलाई मात्र टी-सर्ट र शर्ट लगाएकै अवस्थामा पदक दिइयो।

अहमेद हाफ्नाओई
तस्बिरको क्याप्शन, अहमद हाफ्नाओई

हाफ्नाओई ओलिम्पिक्सको पौडीमा स्वर्ण पदक जित्ने दोस्रो ट्यूनिशियाली खेलाडी हुन्।

यसअघि उसामा मेलुलीले दुईवटक यस्तो पदक पाएका थिए। उनी यसपालि पौडीको १० किलोमिटर म्याराथनमा सहभागी हुँदैछन्।

हाफ्नाओईको यो खेलमा भूमिका सकिएको छैन किनकि उनी मङ्गलवार ८०० मिटर 'फ्री स्टाइल'मा पुन: सहभागी हुनेछन्।

उनले जितेको पदक ट्यूनिशियाका लागि पाँचौ ओलिम्पिक स्वर्ण पदक हो।

"जब मैले मेरो देशको झण्डा देखेँ र नेपथ्यमा राष्ट्रगान बज्यो मेरो आँखामा आँसु थियो। मैले निकै गर्वको महसुस गरेको छु," उनले भने।

"जब म पानीमा प्रवेश गर्छु, म पदक जित्ने बारेमा मात्र सोच्छु। समयबारे सोच्दिनँ र हिजोको भन्दा चाँडो पुग्नेबारे सोच्छु।"

"मैले ती अस्ट्रेलियाली खेलाडीलाई दोस्रो २०० मिटरमा देखेँ, मलाई पानीमा गजब लाग्यो। अन्त्यमा यो एउटा ठूलो लडाइँ थियो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्स