तपाईँ टीभीबाट गन्ध किन थाहा पाउन सक्नुहुन्न

गन्ध आउने टीभीको सोच
Published

फ्रेडेरिक डुएरिङ्क जौहरी होइनन्, तर उनको अर्को काम हार बनाउनु छ। यसमा बहुमूल्य पत्थरको छैन बरु एउटा सानो बाकस हो।

अहिले यो पाँच सेन्टिमिटर लामो र पाँच सेन्टिमिटर चौडा छ। तर डुएरिङ्क यसको आकार घटाउन कटिबद्ध छन्। यो कुनै आभूषण पनि होइन।

क्यूबभित्र एउटा ब्याटरी र सुगन्ध दिने प्रणाली छ जसले यथोचित गन्ध छर्छ।

डुएरिङ्क त्यसलाई "सेन्ट बबल" भन्छन्।

स्मेलोभिजनको मशीन
तस्बिरको क्याप्शन, स्मेलोभिजनको मशीन

द नेदरल्यान्ड्समा रहेका यी उद्यमी स्टार्टअप सेन्ट्रोनिक्सका सहसंस्थापक हुन्। उनको कम्पनीले अत्तर प्रिन्टिङ मशीन चलाउँछ।

एउटा प्रश्नावलीमा ग्राहकले दिने उत्तरका आधारमा एल्गोरिदमको प्रयोग गरी त्यो उपकरणले मागबमोजिम अत्तर बनाउँछ।

तर डुएरिङ्क अहिले त्यही प्रविधिलाई सानो स्वरूपमा प्रयोग गर्न चाहन्छन्।

डिजिटल अत्तरलाई चलनमा ल्याउने उनको लक्ष्य छ।

अत्तर व्यवसायी

उदाहरणका लागि चलचित्र हेर्दा गर्न तपाईँ आफ्नो फोनमा यसलाई चलाउने एप राख्न सक्नुहुन्छ। त्यसबाट चलचित्रका विशेष दृश्यमा यसले वासना छर्छ।

यद्यपि उत्कृष्ट उपकरण तयार भइनसकेको डुएरिङ्क स्वीकार्छन्।

यसको अहिलेको आकार र ब्याटरी धेरै नटिक्ने समस्या तथा वासनाको गुणस्तर र प्रवाहजस्ता सीमितताहरू छन्। तर उनी आशावादी छन्।

उनी भन्छन्, "हाम्रो प्रोटोटाइपमा हामीले यो सोचलाई प्रमाणित गरेका छौँ र अहिले यसरी काम गर्ने केही पनि छैन त्यसैले हामी प्याटन्टका लागि निवेदन दिँदैछौँ।"

त्यसपछिको चरणमा प्रयोग गर्न मिल्ने बनाउनका लागि लगानीकर्ताको मन जित्नु र थप विकासका लागि लगानी जुटाउनुपर्नेछ।

भर्चूअल रीयालिटी
तस्बिरको क्याप्शन, भर्चूअल रीयालिटीमा पनि गन्धलाई प्रभावकारी रूपमा समाविष्ट गर्न सकिएको छैन

मानिसहरूलाई उनीहरूको नाकको मागअनुसार वासना पुर्‍याउने कोसिस गर्ने डुएरिङ्क पहिलो व्यक्ति होइनन्।

उनलाई यो खोजमा आफूभन्दा अघि कैयौँ उद्यमीहरूले खर्च गरिसकेको पनि थाहा छ।

प्राचीन ग्रीसमा समेत यसलाई प्रयोग गर्न खोजिएको ठानिन्छ।

एउटा प्राचीन कवितामा भोजका लागि जम्मा भएका पाहुनासमक्स कसरी सुगन्ध फैलाइयो भन्ने वर्णन गरिएको पाइन्छ।

त्यसमा ढुकुरलाई सुगन्धित तेलमा डुबाएर छाडेपछि ढुकुर भेला भएका मानिसमाथि उड्दा त्यसले सुगन्ध फैलाउने उल्लेख गरिएको छ।

चलचित्र युगमा सन् १९१६ को आरम्भमा दृश्यमा वासना पनि मिश्रण गर्ने प्रयास भएको थियो।

तरकारी र फलफूल

त्यस बेला एकजना सिनेमा मालिकले वार्षिक रोज बोउल अमेरिकन फुटबल गेमलाई गुलाबको तेलको सुवाससहित देखाउने कुरामा जोड दिए।

त्यसपछि आयो स्मेलोभिजन। त्यसलाई सुरुमा सेन्टोभिजन पनि भनिन्थ्यो।

सन् १९३९ मा न्यूयोर्कको वर्ल्ड्स फेअरमा त्यसको थालनी भएको थियो।

त्यसमा दर्शक बस्ने कुर्सीमा पाइपहरू टाँसिएका हुन्थे र उनीहरूले हेरिरहेका दृश्यसँग मिल्दाजुल्दा वासना र गन्ध छाड्ने प्रबन्ध गरिएको हुन्थ्यो।

सन् १९६० मा 'सेन्ट अफ मिस्ट्री' बनेपछि उक्त प्रविधिले निकै चर्चा पायो। तर प्राविधिक रूपमा कमजोर भएकाले स्मेलोभिजन असफल रह्यो।

त्यसको प्रतिस्पर्धी प्रणाली आरोमारामाले पनि उस्तैखाले प्राविधिक समस्या झेल्नुपर्‍यो।

सन् १९९० ताका स्टार्टअप डिजिसेन्ट्सले आईस्मेल सोचको सुरुवात गर्‍यो।

उसले दुई करोड डलर लगानी पनि जुटायो।

सार्वजनिक शौचालय

उसले एउटा घरेलु उपकरण जसलाई कम्प्युटरको यूएसबीमा जोडेर काम गर्ने बनाउने सोच ल्याएको थियो।

एउटा परिवर्तन गर्न मिल्ने कार्ट्रिजका माध्यमबाट वासना आउने व्यवस्था मिलाइएको थियो।

तर त्यसले राम्ररी काम गर्न सकेन र सन् २००१ पछि उक्त कम्पनी लगानीविहीन बन्न पुग्यो।

अहिले पनि प्रविधि एकदमै अत्याधुनिक हुँदा पनि दृश्यसँग ठ्याक्कै मिल्ने वासना वा गन्ध आउने प्रवधिको कमी रहेकै छ।

डुएरिङ्कको प्रतिबद्धताले सफलता पाउनका निम्ति उनले केही महत्त्वपूर्ण चुनौतीबाट पार पाउनुपर्ने आवश्यक हुन्छ।

त्यसको सबैभन्दा महत्त्वपूर्ण समस्या भनेको हाम्रो गन्ध थाहा पाउने प्रणालीले कसरी काम गर्छ भन्नेबारे हामीलाई पूर्ण जानकारी नहुनु हो।