सन् २०२० मा विश्वभरि खिचिएका केही चाखलाग्दा तस्बिर

Published

विभिन्न समाचारसंस्थाले सन् २०२०मा विश्वभरि खिचेका केही उत्कृष्ट समाचारमूलक तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

अस्ट्रेलिया डढेलो
तस्बिरको क्याप्शन, अस्ट्रेलियामा लागेको डढेलोका कारण जलेको ब्रशटेल पसमको हत्केलाको उपचार गर्दै एक स्वयंसेवक। सन् २०१९ को जुलाईदेखि सन् २०२० को मार्चसम्म त्यहाँ झन्डै २ करोड ४० लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोले मानिसहरूले धेरै ठूलो हानि पुर्‍याएको थियो।
हार्वी वाइन्स्टीन हलीवुड
तस्बिरको क्याप्शन, बलात्कार र यौन उत्पीडनको आरोप लागेका हलीवुड निर्माता हार्वी वाइन्स्टीन ज्यानुअरीमा न्यूयोर्कको एउटा अदालतमा उपस्थित हुन जाँदै। प्रभावशाली हलीवुड व्यक्तित्व वाइन्स्टीनलाई २३ वर्षको जेल सजाय सुनाइएको थियो।
इटली झरना
तस्बिरको क्याप्शन, फेब्रुअरी महिनामा इटलीको माल्गा चपेलामा हिउँ जमेको एउटा झरना चढ्दै इटालियन अल्पाइन सर्भिसका सदस्यहरू।
चीन कोरोनाभाइरस
तस्बिरको क्याप्शन, फेब्रुअरीमा चीनको वुहान सहरमा कोभिड-१९ का बिरामीहरूको सघन उपचार गरिँदै।
कोरोनाभाइरस
तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारीकाबीच ब्रसल्समा बिरामीहरूको उपचारमा खटिएकी एक नर्स।
इन्डोनेसिया
तस्बिरको क्याप्शन, इन्डोनेशियाको जकार्तास्थित एउटा समाधिस्थलमा कोरोनाभाइरसका कारण मृत्यु भएका एक व्यक्तिको शव ल्याइँदै।
कोभिड-१९
तस्बिरको क्याप्शन, कोभिड-१९ को त्रास भएकाले न्यूयोर्कमा बीचमा प्लास्टिकको पर्दा राखेर अङ्कमाल गर्दै आमा-छोरी।
सलह
तस्बिरको क्याप्शन, केन्याको एउटा गाउँमा गत मे महिनामा सलह भगाउँदै एक व्यक्ति।
अमेरिका जर्ज फ्लोइड
तस्बिरको क्याप्शन, अमेरिकामा मे महिनामा प्रहरी नियन्त्रणमा मारिएका जर्ज फ्लोइडको भित्तेचित्रअगाडि झुक्दै एक व्यक्ति। एक श्वेत मूलका प्रहरीले फ्लोइडको घाँटीमा नौ मिनेटसम्म थिचे पछि उनको मृत्यु भएको थियो। त्यसपछि अमेरिकामा व्यापक विरोध प्रदर्शन भएको थियो।
बोस्निया-हर्सगोभिना
तस्बिरको क्याप्शन, बोस्निया-हर्सगोभिनामा पानीमा डाइभ हान्ने प्रतियोगिताका एक सहभागी।
अमेरिका प्रदर्शन
तस्बिरको क्याप्शन, अमेरिकामा अर्का अश्वेत पुरुष जेकब ब्लेकको प्रहरीले हानेको गोली लागेर मृत्यु भएपछि अगस्ट महिनामा फेरि प्रदर्शन सुरु भएको थियो।
बेइरुत
तस्बिरको क्याप्शन, बेइरुतमा भएको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको संरचनाको भग्नावशेष नजिकैबाट हिँड्दै एक सैन्य अधिकारी। बेइरुत बन्दरगाहामा सयौँ टन अमोनीअम नाइट्रेट विस्फोट हुँदा अगस्ट महिनाको पहिलो साता २०० जनाभन्दा धेरै मानिसको मृत्यु भएको थियो।
बेलारुस
तस्बिरको क्याप्शन, बेलारुसमा भएको सरकारविरोधी प्रदर्शनबीच एक सुरक्षाकर्मीलाई अङ्कमाल गर्दै एक महिला। गत अगस्टमा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँ व्यापक आन्दोलन भएको थियो।
अमेरिका आगलागी
तस्बिरको क्याप्शन, सेप्टेम्बरमा भीषण आगलागीबाट उत्पन्न धूवाँले स्यान फ्रान्सिस्कोलाई छपक्कै छोप्दाको दृश्य।
ट्रम्प
तस्बिरको क्याप्शन, राष्ट्रपतीय निर्वाचनअघि फ्लोरिडा राज्यमा आयोजित एउटा र्‍यालीमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। मतदानभन्दा करिब एक महिनाअघि ट्रम्पले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सार्वजनिक गरेका थिए।
पाकिस्तान
तस्बिरको क्याप्शन, पाकिस्तानको पेशावरमा विद्यालयहरू खुलेपछि कक्षामा प्रवेश गर्नुअघि शरीरको तापक्रम जाँचिँदै।
ग्रीस
तस्बिरको क्याप्शन, सेप्टेम्बरमा ग्रीसको एउटा टापुमा रहेको शरणार्थी शिविरमा भएको भीषण आगलागीका कारण हजारौँ मानिसहरू आश्रय स्थल नष्ट भएको थियो।
दक्षिण कोरिया
तस्बिरको क्याप्शन, अक्टोबरमा दक्षिण कोरियामा गुलाबी घाँसेचौरमा सेल्फी खिच्दै एक महिला।
जो बाइडन
तस्बिरको क्याप्शन, सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको सञ्चारमाध्यमहरूले घोषणा गरेपछि राष्ट्रपति निर्वाचित जो बाइडन।
नेदरल्यान्ड्स
तस्बिरको क्याप्शन, नेदरल्यान्ड्समा दुर्घटनाग्रस्त एउटा मेट्रो रेल।
फिलिपिन्स
तस्बिरको क्याप्शन, फिलिपिन्समा समुद्री आँधीका कारण बाढी आएपछि आफ्नो घर सफा गर्ने क्रममा एक व्यक्ति। समुद्री आँधी र बाढीका कारण दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो।
मेक्सिको सहर
तस्बिरको क्याप्शन, लैङ्गिक हिंसाको विरोधमा मेक्सिको सिटीमा प्रहरीको हेल्मेटमा रङ्ग दलिदिँदै एक प्रदर्शनकारी।
इथियोपिया
तस्बिरको क्याप्शन, इथियोपियाको टीग्रे क्षेत्रमा हिंसा फैलिएपछि देश छाडेर सुडान पुगेका शरणार्थीहरू। सङ्घ र प्रदेश सरकारबीचको शक्ति सङ्घर्षमा सयौँ मानिको ज्यान गएको छ। करिब ५० हजार सर्वसाधारणहरू भागेर सुडान पुगेको बताइएको छ।
जापान हायाबुसा-२
तस्बिरको क्याप्शन, एउटा खोजी टोलीले अस्ट्रेलियाको मरुभूमिमा क्षुद्रग्रहबाट पहिलो पटक उल्लेखनीय मात्रामा चट्टानको नमुना ल्याएको अन्तरिक्षयानको टुक्रा भेट्टाएको थियो। ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको भाग दक्षिण अस्ट्रेलियामा खसेको थियो। उक्त नमुना जापानी अन्तरिक्षयान हायाबुसा-२ ले ड्यूगुबाट सङ्कलन गरेको थियो। सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित