शनि र बृहस्पतिको 'दुर्लभ मिलन'

शनि-बृहस्पति युति
Published

धेरै लामो समयपछि सौर्यमण्डलका दुई ग्रह शनि र बृहस्पतिलाई पृथ्वीबाट राति आकाशमा नजिकै देखिन्छ। गत सोमवार ती सर्वाधिक समीप देखा परेका थिए। विश्वभरि खिचिएका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

मेक्सिको
तस्बिरको क्याप्शन, ज्योतिषमा रुचि राख्ने मानिसहरूले यो दुर्लभ खगोलीय घटनालाई रुचिपूर्वक हेरेका छन्
खगोलविद् ब्लेक एस्टेस
तस्बिरको क्याप्शन, पृथ्वीबाट शनि र बृहस्पतिलाई सँगसँगै देखिए पनि ती दुई ग्रहबीच अन्तरिक्षमा ४५ करोड माइलको दूरी छ। खगोलशास्त्री ब्लेक एस्टेसले शक्तिशाली दूरबिन प्रयोग गरेर शनि-बृहस्पति युतिको तस्बिर खिचे
अमेरिका
तस्बिरको क्याप्शन, मानिसहरूले मोबाइल फोनबाट पनि चन्द्रमा नजिकै देखिएको बेला शनि र बृहस्पतिको तस्बिर खिचे
शनि र बृहस्पति
तस्बिरको क्याप्शन, दुई ग्रहको युतिलाई विशेष खगोलीय घटना मानिएको छ
बृहस्पति (तल) र शनि (माथि)
तस्बिरको क्याप्शन, रात्रिकालीन आकाशमा ८०० वर्षपछि शनि र बृहस्पति यति नजिकै देखिएका हुन्। यो तस्बिर दक्षिणी स्पेनमा खिचिएको हो
शनि-बृहस्पति युति
तस्बिरको क्याप्शन, शनि-बृहस्पतिको दुर्लभ क्षणलाई एस्ट्रोफोटोग्राफरहरूले कुवेतबाट पनि खिचे
दमास्कसमा मानिसहरुले दूरबिनबाट दुई ग्रहको मिलनको अवस्था अवलोकन गरे
तस्बिरको क्याप्शन, दमास्कसमा मानिसहरुले दूरबिनबाट दुई ग्रहको मिलनको अवस्था अवलोकन गरे
न्यूयोर्कस्थित स्ट्याचू अफ लिबर्टी नजिकैबाट शनि (माथि) र बृहस्पति यसरी देखियो
तस्बिरको क्याप्शन, न्यूयोर्कस्थित स्ट्याचू अफ लिबर्टी नजिकैबाट शनि (माथि) र बृहस्पति यसरी देखियो
ब्रूक्लीनमा ताराको आकृति भएका मैनबत्ती बालेर उक्त घटनालाई उत्सवका रूपमा मनाइयो
तस्बिरको क्याप्शन, ब्रूक्लीनमा ताराको आकृति भएका मैनबत्ती बालेर उक्त घटनालाई उत्सवका रूपमा मनाइयो
शनि-बृहस्पति युति
तस्बिरको क्याप्शन, नेपालको राजधानी काठमाण्डूमा पनि खगोलशास्त्र र ज्योतिषशास्त्रमा रुचि भएका मानिसहरूले शनि-बृहस्पति युतिको अवलोकन गरेका थिए
शनि-बृहस्पति युति
तस्बिरको क्याप्शन, नयाँदिल्लीस्थित नेहरू वेधशालामा लेजर पोइन्टर बालेर शनि र बृहस्पतितिर देखाउँदै एक व्यक्ति
Great Conjunction above Mt Tamalpais, California
तस्बिरको क्याप्शन, क्रिस्मसको बेला देखिएकाले यो युतिलाई धेरैले 'क्रिस्मस स्टार' नाम दिएका छन्। यो तस्बिरमा शनि र बृहस्पति ट्यामलपाइस पर्वतमाथि देखिएका छन्

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित