३० करोड किलोमिटरभन्दा पर एउटा क्षुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो

ओसाइरिस रेक्स यानले बेनु क्षुद्रग्रह छुन लागेको काल्पनिक कलाकृति
तस्बिरको क्याप्शन, ओसाइरिस रेक्स यानले बेनु क्षुद्रग्रह छुन लागेको काल्पनिक कलाकृति
Published
पढ्ने समय: २ मिनेट

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकाङ्क्षी अभियानअन्तर्गत ३० करोड किलोमिटरभन्दा पर रहेको एउटा क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने काम पूरा गरेको छ।

उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको बेनु नाक क्षुद्रग्रहसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको हो।

तर नासाको उक्त मिशनले ओसाइरिस रेक्स यानले वास्तविक रूपमै नमूना सङ्कलन गरे-नगरेको थाहा पाउन थप विवरणहरूको प्रतीक्षा गर्नुपर्ने जनाइएको छ।

कस्तो अभियान?

दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमुना लिएको छ।

त्यो नमुना २०२३ मा पृथ्वीमा आउनेछ।

बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।
तस्बिरको क्याप्शन, बेनु आदिम समयकै पिण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायनसम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ

उक्त मिशनले कम्तीमा ६० ग्रामदेखि एक किलोजति नमुना लिने उद्देश्य राखेको थियो।

अन्तरिक्षमा बेनु आदिम समयकै पिण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायनसम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।

नासाका प्रशासक जिम ब्राइन्डेन्स्टाइनले ट्वीटमार्फत् चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढि नमुना ल्याइने बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"यदि सबै सोचेजस्तो भइदिएमा उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन्।"

तुलना

नासाका वैज्ञानिकहरूले यस मिशनलाई ३० करोड किलोमिटरभन्दा पर रहेको एउटा विशाल भवन आकारको क्षुद्रग्रहमा परैबाट नियन्त्रित रूपमा कार पार्क गर्ने प्रयाससँग तुलना गरेका छन्।

ओसाइरिस रेक्स यानले बेनुको आठ मिटर फराकिलो निसानालाई साढे चार घण्टाजति समय लगाएर छोएको थियो।

उसले नमूना सङ्कलन गर्ने प्रक्रियालाई वैज्ञानिकहरूले 'भ्याक्यूम क्लीनर'को काम गर्ने तरिकासँग तुलना गरेका छन्।

"उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन्।"

त्यससँग साढे चार अर्ब वर्षअघि सूर्य र गृहहरू अस्तित्वमा आउनुपछाडिका तथ्यहरू हुन सक्ने ठानिएको छ।

यस मिशनका प्रमुख अनुसन्धानकर्ता यूनिभर्सिटी अफ एरिजोनाका डान्ते लोरेट भन्छन्: "हाम्रो टोली खुलीले गदगद, निकै भावुक छ। सबैजना गौरवान्वित महसुस गरिरहेका छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, नील आर्मस्ट्रङ कसरी चन्द्रमामा टेक्न छानिए