हाना समुद्री आँधी: अमेरिकाको दक्षिणी टेक्ससमा समुद्री विपद्को उच्च प्रभाव

भू-उपग्रहबाट लिइएको एउटा तस्बिरमा हाना टेक्ससको तटतर्फ बढिरहेको देखिन्छ।
तस्बिरको क्याप्शन, भू-उपग्रहबाट लिइएको एउटा तस्बिरमा हाना समुद्री आँधी टेक्ससको तटतर्फ बढिरहेको देखिन्छ।
Published
पढ्ने समय: १ मिनेट

हाना नाम दिइएको एउटा समुद्री आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा बज्रिएसँगै अधिकारीहरूले त्यस भेगमा विनासकारी आँधी, हुरी र ठूलो वर्षा हुने चेतावनी दिएका छन्।

गभर्नर ग्रेग एबटले ३२ काउन्टीहरूका नाममा एउटा विपद् घोषणा गर्दै कोरोनाभाइरस महामारीले आपत्‌कालीन सेवाको कामलाई जटिल बनाउने बताएका छन्।

शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो। जसले अहिले कर्पस क्रिस्टी र ब्राउन्सभिल शहरबीचको क्षेत्रमा ध्वंश पारिरहेको छ।

यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुद्री आँधी हो।

कति शक्तिशाली?

प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरहरूका छाना उडाएको छ।

हाना क्याटेगरी वानमा पर्ने समुद्री आँधी थियो।

पाँच वटा तहमा मापन गरिने समुद्री आँधीमध्ये यो सबैभन्दा तल्लो तह हो।

"जुनसुकै समुद्री आँधी पनि एउटा विशाल चुनौती हो," शनिवार गभर्नर एबटले भने।

"कोभिड-१९ को सबैभन्दा उच्च चुनौती झेलिरहेको भागमा आँधीले चुनौती झन् बढाइदिएको छ।"

द न्याशनल हुरिकेन सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटीय क्षेत्र पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सावधान गराएको छ।

निगरानी

ह्युस्टन क्रोनिकल पत्रिकाका अनुसार यस आँधीले ह्युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जानेछ।

तटीय क्षेत्रमा बाढीको जोखिममाझ घर छाड्न भनिएका मानिसहरूलाई अनुहार ढाक्ने मास्कसमेत बोकेर निस्कन भनिएको छ।

त्यसैगरी अर्को छुट्टै डग्लस समुद्री आँधी समेत प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको बताउँदै एनएचसीले त्यस क्षेत्रका मानिसहरूलाई सचेत गराएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आफ्नो प्रशासनले आँधीलाई नजिकबाट नियालिरहेको र दुवै राज्यसँग निकटमा रहेर काम गर्ने बताएका छन्।

हाना बज्रिएको अमेरिकाको दक्षिणी राज्य टेक्ससमा कोभिड-१९ बाट अहिलेसम्म ५ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्।

कर्पस क्रिस्टीमा शुक्रवार मात्र चार सयभन्दा धेरै मानिसहरू भाइरसकै कारण अस्पताल भर्ना गरिएका थिए।

त्यहाँ ३,८०,००० भन्दा बढिमा सङ्क्रमण पुष्टि भइसकेको छ।