अमेरिकामा 'आमासँग रिसाएर' यी पाँचवर्षे बालक आफैँ गाडी चलाएर ल्याम्बोर्गीनी किन्न हिँडे

अमेरिका बालक
Published
पढ्ने समय: १ मिनेट

अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेका बालकले आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन्।

धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन्। तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे।

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो। चालकले प्रहरीको निर्देशनअनुसार गाडी रोके।

तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे। बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए।

आमाले नमानेपछि...

ती बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए।

"उनले आफैँ गाडी किन्न उक्त गाडी चलाएर क्यालिफोर्नियातिर जाने निर्णय गरे," प्रहरीले ट्विटरमा लेखेको छ।

तर उनीसँग गाडी किन्न पुग्ने पैसा भने चाहिँ थिएन। "...किनभने उनको खल्तीमा तीन डलर मात्रै थियो।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

एउटा भिडिओमा सो गाडी राजमार्गमा केही हल्लिएर अगाडि बढेको देखिन्छ।

प्रहरीले चालकलाई केही समस्या होला भनेर रोकेको बताइएको छ।

कस्तो मुद्दा लाग्ला?

प्रहरीले ती चालकलाई 'तिमी कति वर्षका भयौ?' भनेर सोधेको भिडिओमा सुन्न सकिन्छ।

पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ।

Presentational grey line

तपाईँलाई यो पनि मन पर्न सक्छ

Presentational grey line

सो घटनामा कसैलाई चोट नलागेको र स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने निर्णय गर्ने स्थानीय केएसएल टीभीले बताएको छ।

घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा छोडिएको बताइएको छ। घटनापछि प्रहरीले बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्वीडनमा कोभिड-१९ फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै