राजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए

राजकुमार ह्यारीले बोन जोभीसँग लन्डनमा बिटल्सको चर्चित तस्बिरजस्तै देखिने तस्बिर खिचेका छन्
तस्बिरको क्याप्शन, राजकुमार ह्यारीले बोन जोभीसँग लन्डनमा बिटल्सको चर्चित तस्बिरजस्तै देखिने तस्बिर खिचेका छन्
Published
पढ्ने समय: १ मिनेट

ब्रिटिश राजकुमार राजकुमार ह्यारीले लन्डनमा अमेरिकी गायक जोन बोन जोभीसँगै माइक्रोफोन समातेका छन्।

उनीहरू अबे रोड स्टुडियोमा जोभीको पुरानो गीत 'अनब्रोकन'को पुन: रेकर्डिङमा सहभागी भएका हुन्।

उनीहरूले सो गीत सशस्त्र सुरक्षा फौजमा घाइते भएकाहरू समावेश इन्भिक्टस गेम्स कोअरसँग रेकर्ड गरेका हुन्।

मार्चको अन्त्यमा शाही जिम्मेवारीबाट मुक्त हुने राजकुमार ह्यारीले आफू र जोभीले गीत गाएको छोटो भिडिओ सामाजिक सञ्जालमा राखेका छन्।

बोन जोभीले आफू 'पहिले राजकुमार भनेर चिनिएका गायक'सँग काम गर्न गइरहेको बताएका थिए।

बिटल्सका कारण चर्चित बनेको स्टुडियोको भर्याङ्‍मा दुवैले एकअर्कासँग भेटेको बताइएको छ।

त्यसपछि दुवैलाई सन् १९६० को दशकमा बिटल्सले गीत रेकर्ड गर्ने स्टुडियो-२ देखिने कन्ट्रोल रुममा लगिएको थियो।

त्यहाँ खिचिएको एउटा भिडिओमा दुवैजनालाई हेडफोन लगाएको देख्न सकिन्छ तर सो भिडिओ उनीहरूको गीत गाउन सुरु गर्ने बेलामा सकिन्छ।

यो Instagram पोस्ट छोड्नुहोस्
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त

Presentational white space

बोन जोभीले आफूले राजकुमार ह्यारीलाई गीत पठाएको र ह्यारीले आफू इन्भिक्टस गेम्ससँग गरिने कुनैपनि कार्यमा सहभागी हुन इच्छुक रहेको बताएका थिए।

अबे रोडको चर्चित जेब्राक्रसमा राजकुमार ह्यारी
तस्बिरको क्याप्शन, अबे रोडको चर्चित जेब्राक्रसमा राजकुमार ह्यारी
Presentational white space

राजकुमार ह्यारीले सन् २०१४ मा घाइते सशस्त्र सुरक्षा फौजका मानिसहरूलाई सहयोग गर्न इन्भिक्टस गेम्स कोअर स्थापना गरेका थिए।

जोन बोन जोभीका बाबुआमाले नै अमेरिकी सेनामा सेवा गरेका थिए।

सो गीत मार्चको अन्त्यमा सार्वजनिक हुने बताइएको छ।

बिटल्सको चर्चित तस्बिर
तस्बिरको क्याप्शन, बिटल्सको चर्चित तस्बिर