तस्बिरमा इरानका महत्त्वपूर्ण सांस्कृतिक धरोहर

Published

इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको तर्फबाट हुने जवाफी हमलाको बदलामा इरानका सांस्कृतिक सम्पदास्थलहरूमा समेत आक्रमण गरिने चेतावनी दिएका छन्।

इरानमा ऐतिहासिक महत्वका सयौँ त्यस्ता स्थानहरू रहेका छन्। तीमध्ये २० वटाभन्दा बढी त यूनेस्कोको विश्वसम्पदास्थलका रूपमा पनि सूचीकृत छन्। हेरौँ इरानका केही अति महत्त्वपूर्ण स्थलका केही तस्बिरहरू:

नक्श-ए जहान स्क्वाएर
Presentational white space

संसारमै सबैभन्दा विशाल सहरी चोकमध्येको एक, नक्श-ए जहान चोक, इरानको इस्फाहान शहरमा छ। त्यो इसाको १७औँ शताब्दीमा निर्माण भएको थियो।

इस्फहानस्थित इमाम मश्जिद
Presentational white space

नक्श-ए जहान चोकमा इमाम मस्जिद अवस्थित छ (१९७९ को क्रान्तिपछि पुन: नामकरण गरिएको)। त्यसलाई थरीथरीका रङ्गीविरङ्गी टाएलले सिँगारिएको छ र यूनेस्को विश्वसम्पदाका रूपमा पनि त्यो अभिलेखीकृत छ।

तेहरानस्थित गोलेस्तान दरबारको प्रवेशद्वार
Presentational white space

गोलेस्तान दरबार विभिन्न शाही भवनहरूको विशाल सञ्जाल हो। तेहरानस्थित यो दरबारपनि भव्य रूपमा सिँगारिएको छ। यो परिसर इसाको १९औँ शताब्दीमा तत्कालीन कजार राजवंशको औपचारिक निवासस्थान थियो।

Presentational white space
तेहरानस्थित गोलेस्तान दरबारको भित्री भाग
अपादान र तचारा दरबारको भग्नावशेष पर्सेपोलिस विश्वसम्पदास्थल, शिराज, इरान
Presentational white space

पर्सेपोलिस प्राचीन आकिमनिड साम्राज्यको राजधानी थियो र त्यो इसापूर्व ५१५ मा निर्माण गरिएको थियो। उक्त स्थानलाई सन् १९७९ मा यूनेस्कोले विश्वसम्पदास्थल घोषित गरेको थियो।

बेहिस्तुनस्थित आकिमेनिड शिलालेख
Presentational white space

इसापूर्व ५०० तिरका आकिमनिड साम्राज्यका डराइअस महानलाई देखाउने, बेहिस्तुन शिलापत्र विभिन्न भाषाहरूमा लेखिएको एउटा विशाल शिलालेख हो। मेसोपोटामिया अनि पर्सियामा प्रचलित एउटा प्राचीन तथा दुरूह लिपि-क्यूनिफोम लिपि पढ्न र अर्थ लगाउनका लागि त्यो शिलापत्रको महत्त्व ठूलो रहेको थियो।

बाम भवन
Presentational white space

संसारमै माटो र माटोजन्य पदार्थबाट निर्मित सबैभन्दा ठूलो भवनमध्येको एक, प्राचीन अर्ग-ए बाम भवन रेशम मार्गको पूर्व-पश्चिम व्यापारिक मार्गमा अवस्थित थियो। सन् २००३ मा गएको भूकम्पमा ठूलो क्षति पुगेको उक्त स्थानको हाल पुनर्निर्माण भैरहेको छ।

तेहरानस्थित आजादी टावर

आजादी (स्वतन्त्रता) टावर इरानको मध्य भागमा अवस्थित छ र त्यसलाई इरानका अन्तिम शाह, मोहम्मद रजा पहलबीले शाही इरान राज्यको स्थापना भएको २,५०० औँ वर्षगाँठ मनाउनका लागि निर्माण गर्न लगाएका थिए।

उक्त टावरलाई सन् १९७९ को क्रान्तिपछि पुन: नामकरण गरिएको थियो। उक्त क्रान्तिले इरानमा राजतन्त्रको अन्त्य गरेको थियो। हाल उक्त स्थानमा सो इस्लामिक गणतन्त्रका समारोहहरू मनाउन विभिन्न भेलाहरू हुने गर्छन्।

आयातोल्लाह खोमेइनीको समाधीस्थल
Presentational white space

रुहोल्लाह खोमेइनीको समाधीस्थलमा इरानी इस्लामिक गणतन्त्रका संस्थापक-आयातोल्लाह रुहोल्लाह खोमेइनी र उनको परिवारजन तथा अन्य गण्यमान्य राजनीतिक व्यक्तित्वहरूका चिहानहरू रहेका छन्। आधुनिक इरानमा त्यो एक महत्त्वपूर्ण तीर्थस्थल जस्तै बन्न पुगेको छ।

आयातोल्लाह रुहोल्लाह खोमेइनीको समाधीस्थल
Presentational white space
रुहोल्लाह खोमेइनीको समाधीस्थलको भित्री भाग
Presentational white space

सबै तस्बिरहरूको प्रतिलिपि अधिकार उल्लेख भएबमोजिम नै सुरक्षित रहेको छ।