डोनल्ड ट्रम्प: आप्रवासी मूलका सांसदको आलोचना गरेपछि अमेरिकी राष्ट्रपतिमाथि जातिवादको आरोप

डोनल्ड ट्रम्प
Published
पढ्ने समय: २ मिनेट

केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ।

ती महिलाहरू "पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको" भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए।

राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

अमेरिकी सांसद

ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन्।

अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।

ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन्।

तर केही हप्तायता पेलोसी र उनीहरूबीच सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो।

महाभियोगको माग

पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन्।

उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको आलोचना गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

संसद्‌मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन्।

ट्रम्पको उक्त ट्वीटको चौतर्फी आलोचना भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

नेता बर्नी स्यान्डर्सले पनि ट्रम्प जातिवादी भएको आरोप लगाएका छन्। "न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ," उनले लेखेका छन्।

ट्विटरमा प्रतिक्रिया दिँदै ट्रम्पले डेमोक्र्याटहरूले अमेरिकाबारे नराम्रो कुरा गर्ने मानिसलाई समर्थन गर्नु दु:खद भएको टिप्पणी गरेका छन्।

उनीहरूले आफ्ना विरोधीलाई "जातिवादी" भएको आरोप लगाउने गरेको ट्रम्पले लेखेका छन् - यदि डेम्रोक्याट्रिक पार्टीले त्यस्तो भाषा र गतिविधिको समर्थन गरिराख्छ भने २०२० को निर्वाचनमा भेटौँला।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभन्दा अघि नै ट्रम्प आप्रवासीहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका छन्।