हेल्मेट 'ट्राफिक प्रहरीका लागि होइन, आफ्नै सुरक्षाका लागि' लगाउनुपर्छ

दुईपाङ्ग्रे सवारीसाधन
Published
पढ्ने समय: ३ मिनेट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपाङ्ग्रे सवारीसाधनमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरेपछि त्यसबारे विभिन्न किसिमका प्रतिक्रिया सार्वजनिक भएका छन्।

सडक दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन बढी पर्ने र हेल्मेट नलगाउने भएकाले प्राय: पछाडि बस्ने व्यक्तिको ज्यान जाने वा दीर्घकालीन रूपमा असर पुर्‍याउने खालका गम्भीर चोट वा अन्य समस्या उत्पन्न भएका घटनाको सङ्ख्या बढेको प्रहरी अधिकारीहरूको भनाइ छ।

त्यस्ता घटनालाई रोकथाम गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य बनाउनुपर्ने प्रहरीको तर्क छ।

तर मिश्रित प्रतिक्रिया आएको अवस्थामा ट्राफिक प्रहरीले भने त्यो योजना तत्काल लागु गर्नुभन्दा पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गरिएको व्यवस्थालाई क्रमिक रूपमा कार्यान्वयन गर्न लागिएको बताएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

हाल परिमार्जनको क्रममा रहेको उक्त ऐनमा दुईपाङ्ग्रे सवारी मात्र नभएर यातायातका अन्य साधनबाट वा उक्त साधनका कारण हुने गरेको क्षति न्यून गर्नका लागि आवश्यक थप व्यवस्था लागु गरिनुपर्ने उनीहरू बताउँछन्।

कारण

महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तका अनुसार दुईपाङ्ग्रे सवारी दुर्घटनामा पर्दा प्राय: पछाडि बस्ने यात्रुको टाउकोमा गम्भीर चोट लाग्ने र मृत्यु पनि हुने गरेको हुँदा कानुनमा भएको व्यवस्थालाई टेकेर हेल्मेटको प्रयोग अनिवार्य गर्न लागिएको हो।

"गत वैशाखको तथ्याङ्क हेर्ने हो भने काठमाण्डूमा भएका दुईपाङग्रे सवारी साधन दुर्घटनामा परेर तीनजना चालक र पछाडि बस्ने दुई यात्रुले ज्यान गुमाएका छन्," पन्तले बीबीसी नेपाली सेवासँग भने। "सर्वसाधारणले के बुझ्न आवश्यक छ भने यो नियम हाम्रा (ट्राफिक प्रहरी) लागि होइन। वहाँहरूको आफ्नै सुरक्षाका लागि नै हो।"

मोटरसाइकल
Presentational white space

हेल्मेट अनिवार्य गर्ने मात्र नभएर गुणस्तरीय हेल्मेटको प्रयोग बढाउने आफ्नो लक्ष्य भएको उनले बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुईपाङ्ग्रेका कारण दुर्घटना

अव्यवस्थित सहरीकरण, साँघुरा सडक र सडक अनुशासनको कमीका कारण काठमाण्डूमा सवारीसाधनबाट हुने दुर्घटना बढ्दो क्रममा रहेको अधिकारीहरू बताउँछन्।

"धेरैले अब यो प्रावधान तुरुन्त लागु हुने भयो भन्ने हिसाबले बुझेको देखिन्छ। ऐनमा भएको प्रावधान लागु गर्न सक्दा दुर्घटनाबाट हुने क्षति कम गर्न सकिन्छ भन्ने हिसाबले उक्त योजना अघि सारिएकोबारे जानकारी दिइएको हो," पन्तले भने।

उनका अनुसार यातायात व्यवस्थापन विभागलगायत अन्य विभिन्न निकायसँग छलफल गरेर मात्र उक्त योजना लागु हुनेछ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा २ मा दुईपाङ्ग्रे सवारीचालक तथा सो सवारीमा बस्ने मानिसले हेल्मेट लगाउनुपर्ने उल्लेख गरिएको छ।

दुईपाङग्रे सवारी साधनमा यात्रुले हेल्मेट लगाउने प्रावधान यसअघि पनि लागु गरिएको थियो।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लागु गरिएको सो प्रावधान सशस्त्र माओवावादी द्वन्द्वका बेला सुरक्षा चुनौतीका रूपमा देखा परेपछि खारेज गरिएको थियो।

'स्वागतयोग्य कदम'

राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालका अनुसार गत श्रावणदेखि यो वैशाखसम्म टाउको र मेरुदण्डमा लागेको चोटपटकका कारण झन्डै चार सय बिरामी भर्ना भएका छन्।

तीमध्ये झन्डै ३० प्रतिशत सवारी दुर्घटनामा परेर घाइते भएका हुन्।

प्राय: दुईपाङ्ग्रे सवारीसाधन चालकले : केही सेकेन्डअघि मात्र भए दुर्घटना हुने लागेको चाल पाउने बताइन्छ। तर पछाडि बस्ने यात्रु प्राय: सन्निकट दुर्घटनाबारे अनभिज्ञ हुन्छन्।

ट्राफिक प्रहरीले ल्याउन लागेको योजनालाई सकारात्मक मान्दै भेटवालले भने, "टाउकोको तौल अन्य अङ्गको भन्दा बढी हुने हुँदा सवारीबाट लडेको अवस्थामा टाउको ठोक्किने सम्भावना बढी हुन्छ। तसर्थ टाउकोको सुरक्षा गर्न थप आवश्यक हुन्छ।"

सामाजिक सञ्जालमा केही व्यक्तिले हेल्मेटको व्यापार बढाउन यो नियम लागु गर्न खोजिएको शङ्का व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

तर धेरै जनाले सुरक्षाका लागि हेल्मेट प्रयोग गर्नु उपयुक्त हुने टिप्पणी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space