दादुरा: राष्ट्रसङ्घ भन्छ, 'सन् २०१९ मा सङ्क्रमण विश्वभरि तीन गुनाले बढ्यो'

खोप
Published
पढ्ने समय: ३ मिनेट

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ को प्रथम तीन महिनामा विश्वव्यापी रूपमा दादुराका बिरामीको सङ्ख्या गत वर्षको यही अवधिको तुलनामा तीन गुना भएको पाइएको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको उक्त निकायका अनुसार प्रारम्भिक तथ्याङ्कले विश्वका सबै क्षेत्रमा दादुराको महामारी रहेको स्पष्ट सङ्केत गरेको छ।

अफ्रिकामा भने दादुराको सङ्क्रमण नाटकीय रूपमा बढेको पाइएको छ।

त्यहाँ दादुराको सङ्ख्या ७०० प्रतिशतले वृद्धि भएको छ।

विश्वव्यापी रूपमा १० बिरामीमध्ये एक जना मात्र स्वास्थ्य निकायको जानकारीमा पुग्ने भएकाले विश्व स्वास्थ्य सङ्गठनले वास्तविक सङ्ख्या निकै बढी हुन सक्ने बताएको छ।

के हो दादुरा?

दादुरा एउटा भाइरसका कारण लाग्ने रोग हो।

यो प्राय: बालबालिकामा लाग्छ।

दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ।

तर कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ।

कहाँ फैलियो महामारी?

धेरै देशमा दादुराको प्रकोप देखिएको छ।

युक्रेन, माडागास्कर र भारत यो रोगबाट नराम्ररी प्रभावित छन्। त्यहाँ सरदर प्रति १० लाख मानिसमध्ये दशौँ हजार दादुराका बिरामी फेला परेका छन्।

माडागास्करमा मात्रै सेप्टेम्बर महिना यता आठ सय जनाले दादुराका कारण ज्यान गुमाएका छन्।

महामारीले ब्राजिल, पाकिस्तान र यमनलाई पनि प्रभावित तुल्याएको छ। ती देशमा पनि कैयौँको मृत्यु भएको र त्यसमा मुख्य रूपमा कम उमेरका बालबालिका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

दादुराविरुद्धको खोप व्यापक रूपमा दिने गरिएका अमेरिका र थाईल्यान्डमा पनि बिरामीहरूको सङ्ख्या बढेको छ।

नेपालमा पनि सन् २०१७ देखि दादुराको सङ्क्रमण उल्लेख्य सङ्ख्याले बढेको बताइन्छ।

नेपालमा सन् २०१८ मा २५३ जनालाई दादुरा भएको पुष्टि भएको थियो।

तर यो वर्षका प्रथम तीन महिनामै ४२९ जनालाई दादुराको सङ्क्रमण भएको आशङ्का गरिएको थियो। तीमध्ये ३७२ मा सो रोग लागेको पुष्टि भयो।

किन फैलियो दादुरा?

उचित रूपमा खोप दिँदा दादुरा पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ।

खोप

तर खोप अभियानले सबैलाई समेट्न सकेको छैन।

राष्ट्रसङ्घ भन्छ, "रोकथामको पहिलो खुड्किलो विश्वव्यापी रूपमा ८५ प्रतिशतमा सीमित छ।"

महामारी रोकथामका लागि खोपले ९५ प्रतिशत जनसङ्ख्यालाई छुनुपर्छ।

सीएननमा प्रकाशित एउटा लेखमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुखहरू हेन्रियन्टा फोर र टेड्रोस एड्हेनम गेब्र्याइससले विश्व "दादुरा सङ्कटको बीचमा" छ।

यो रोग फैलिनुमा खोपबारे विद्यमान भ्रम र विरोधाभासपूर्ण सूचनालाई आंशिक रूपमा जिम्मेवार भएको उनीहरूले बताएका छन्।

उनीहरूले केवल सन् २००० यता दादुराको खोपका कारण दुई करोडभन्दा बढी मानिसको जीवनरक्षा भएको उल्लेख गरेका छन्।

दादुराको महामारी देखिएपछि कैयौँ देशमा खोपको अनिवार्य बनाउनु पर्ने आवाज चुलिएको छ।

खोप

गत महिना इटलीले ठेउला, दादुरा र अन्य रोगको खोप नलगाउँदासम्म छ वर्षभन्दा कम उमेरका बालबालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएको छ।

अमेरिकाको न्यूयोर्कमा पनि जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्दै सबै बासिन्दालाई खोप लगाउन वा जरिवानाको तिर्न निर्देशन दिइएको छ।

Presentational grey line

दादुराको आकस्मिक सङ्कट किन?

जेम्स ग्यालहर, स्वास्थ्य तथा विज्ञान संवाददाता, बीबीसी न्यूज

दादुरा सबैतिर धेरै सङ्क्रमण हुने भाइरल रोग हो।

तर यो रोगबारे कुनै परिवर्तन भएको छैन। थप सङ्क्रामक वा खतरनाक बन्न दादुराको भाइरसमा कुनै परिवर्तन भएको छैन। तर सबै कुरमा मान्छेमा गएर जोडिन्छ।

यसका दुईवटा पाटा छन् - एउटा गरिबी र अर्को गलत सूचना। गरिब देशहरूमा कम मानिसले मात्र खोप लगाएका छन् र ठूलो अंश भाइरसको जोखिममा छ।

यसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो, किर्गिस्तान र माडागास्कर जस्ता देशमा ठूलो महामारी निम्त्याउन सक्छ।

तर उचित रूपमा उच्च खोप दर भएका सम्पन्न देशहरूमा पनि बिरामी बढेका छन्। त्यहाँ केही समुदायहरूले सामाजिक सञ्जालमा खोपबारे गलत सूचना प्रवाह गरेका कारण आफ्ना बालबालिकालाई खोप लगाउँदैनन्।

विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक तथ्याङ्कबारे टिप्पणी गरिएको बताउँदै वास्तविक तथ्याङ्क निकै बढी हुने उल्लेख गरेको छ।

र, दादुरा हानिरहित स्थितिमा धेरै भन्दा गइसकेको छ।

दादुराका कारण हरेक वर्ष खासगरी बालबालिकासहित झन्डै एक लाखको ज्यान जाने गरेको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्