बाङ्ग्लादेश विमान अपहरण प्रयास: सन्दिग्ध व्यक्तिलाई विमानभित्रै गोली हानेर मारियो

बाङ्ग्लादेश विमान अपहरण प्रयास
Published
पढ्ने समय: १ मिनेट

बाङ्ग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपत्कालीन अवतरण गराइएको छ।

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा एक सय ४२ जना यात्रु र चालकदलका छ सदस्य थिए।

सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ।

ती सन्दिग्ध व्यक्तिलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सैनिक सूत्रले जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

विमानमा भएका सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

उनीहरू सबै सकुशल रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ।

पच्चीस वर्षको उमेर भएको ठानिएका ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन।

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले सञ्चारकर्मीलाई बताएअनुसार एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेका थिए।

उनका अनुसार ती व्यक्तिले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए।

मेजर जेनरल मोतिउ रहमानले भने, "हामीले उनलाई पक्राउ गर्न वा आत्मसमर्पण गराउन खोज्यौँ। तर उनले मानेनन् र हामीले गोली हान्यौँ।"