अमेरिका आगोसँग खेलाँची गर्दै: रुस

पुटिन र ट्रम्प

तस्बिर स्रोत, Reuters

Published

चिनियाँ सरकारले प्रतिबन्धहरु फिर्ता लिन अमेरिकालाई आग्रह गर्दै अन्यथा त्यसबाट आउने परिणामहरुको सामना गर्न चेतावनी दिएको छ।

ट्रम्प प्रशासनले बेइजिङलाई रुसी सैन्य उपकरण खरिद गरेको भन्दै सजाय दिने घोषणा गरेपछि चीनले जनाएको आक्रोशपूर्ण प्रतिक्रियामा रुसले पनि स्वर मिलाएको छ।

रोक

अमेरिकाले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा मस्कोले हस्तक्षेप गरेको भन्दै सजायस्वरुप यदि कसैले रुसी सैन्य उपकरण खरिद गरे त्यसविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।

बीबीसी चीनस्थित संवाददाता स्टीभन म्याक्डोनलका अनुसार यसै कारण चीनको जनमुक्ति सेनाको खरिद शाखाले नयाँ अमेरिकी प्रतिबन्धको सामना गर्नु परेको छ।

ट्रम्प र सी

तस्बिर स्रोत, Getty Images

चीनिया सेनाले सुखोइ लडाकु विमान र रुसी क्षेप्यास्त्र उपकरण खरिद गरेपछि अमेरिकाले उक्त कदम उठाएको हो।

उक्त चिनियाँ विभाग र त्यसका निर्देशक लि साङफुलाई अमेरिकामा निर्यात इजाजत पत्रको लागि आवेदन दिन वा अमेरिकी वित्तीय प्रणालीमा सहभागी हुनबाट रोक लगाइएको छ।

आगो

चीनले हालै दशवटा रुसी सुखोइ लडाकु विमान र क्षेप्यास्त्र खरिद गरेको थियो। रुसले पनि चिनियाँ सेनाविरुद्धको प्रतिबन्धको आलोचना गरेको छ।

विदेशमन्त्री शर्गेइ लाभ्रोभले अमेरिकी कदमलाई एउटा अर्को अस्वस्थ प्रतिष्पर्धा भने।

विदेशमन्त्रालयकै अर्का अधिकारीले भने अमेरिकाले रुस र अमेरिकी सम्बन्धलाई बढाएर विश्व स्थायित्वलाई बेवास्ता गरेको बताउँदै चेतावनी दिएका छन्।

उनले भने, "अमेरिका आगोसँग खेलाची गर्दैछ।"