जापान: राजनीतिमा महिला सहभागिता बढाउन नयाँ कानुन

जापानी महिला

तस्बिर स्रोत, Getty Images

Published

जापानको संसद्ले धेरै महिलाहरूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रोत्साहन गर्न लक्षित एउटा कानुन पारित गरेको छ।

नयाँ कानुनले पुरुष र महिला उम्मेदवारको सङ्ख्या बराबर राख्न राजनीतिक पार्टीहरूलाई आह्वान गर्नेछ।

तर बराबर सङ्ख्या नराखे दण्ड वा राखे प्रोत्साहनको व्यवस्था भने गरिएको छैन।

असमानता

जापानको तल्लो सदनमा निर्वाचित प्रतिनिधिहरूमध्ये ९० प्रतिशत पुरुष छन्।

महिलाहरूले, उनीहरूकै शब्दमा, जापानी राजनीतिमा प्रतिकूल तथा विभेदपूर्ण अवस्था रहेका कारण आफूहरू त्यसबाट टाढा बसेको बताउने गरेका छन्।

हालसालै औद्योगिक मुलुकहरूको समूह 'जी सेभेन' राष्ट्रहरूमाझ गरिएको सर्वेक्षणमा सबैभन्दा बढी लैङ्गिक असमानता जापानमा रहेको देखिएको थियो।