तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आक्रमणपछि दमास्कस कस्तो देखिन्छ?
दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन्।
जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन।
पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन्।
सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिसहरू भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति बशर अल असदको पक्षमा नाराबाजी गरिरहेका छन्।
समर्थन
कतिपय प्रदर्शनकारीले असदको तस्वीर बोकेका छन्।
उनीहरू भन्छन्, "आफूहरू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छौँ र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको हाम्रो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन सक्दैन।"
उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन्।
सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएका छन्।