पाकिस्तानमा मलाला: छ वर्षपछि पहिलोपटक गृहनगरमा

मलाला

तस्बिर स्रोत, Reuters

Published

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पाकिस्तानस्थित आफ्नो गृहनगर पुगेकी छन्।

इस्लामवादी उग्रवादीहरूले छ वर्षअघि उनलाई स्वात उपत्यकास्थित मिङ्गोरामा गोली हानेयता पहिलोपटक उनी त्यहाँ पुगेकी हुन्।

हाल पाकिस्तानमा रहेपनि उनी सुरक्षा चिन्तामाझ आफ्नो गृहनगर जानेछिन् वा छैनन् भन्नेबारे प्रष्ट थिएन।

चाहना

ब्रिटेनस्थित अक्फोर्ड विश्वविद्यालयमा पढाइ सकेपछि स्थायी रुपमा उनी स्वदेश फर्कन चाहन्छिन्।

उनले तत्काल आफ्नो कुनै राजनीतिक महत्त्वकांक्षा नरहेको बताएकी छन्।

आफ्नो परोपकारी संस्था 'मलाला फन्ड'मार्फत गरिरहेको कामबाट आफू खुसी रहेको उनले बताएकी छन्।

उक्त संस्थाले बालिकाहरूको शिक्षाको क्षेत्रमा काम गर्दछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानमा मलाला