बाढीमा अभिभावक गुमाएका बालबालिकालाई राज्यले कसरी हेर्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीमा अभिभावक गुमाएका बालबालिकालाई राज्यले कसरी हेर्छ
Published

भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीले कैयौँ बालबालिकाका अभिभावकसँगै उनीहरूको घर र स्कूल बगायो।

अहिले कैयौँ बालबालिकाका बुवाआमा दुवै छैनन् भने कतिपय बालबालिकाका एक अभिभावक मात्रै जीवित छन्। घर तथा जग्गाजमिन सबै बगाएकाले कतिपय अभिभावक आफ्ना बालबालिकालाई लालनपालन र शिक्षादीक्षा दिन सक्ने अवस्थामा छैनन्।

राज्यले त्यस्ता बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा, लालनपालन र संरक्षण गर्छ भनेर 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दलाई सोधेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।