समृद्धिको यात्रामा सबैसँग सहकार्य : ओली

प्रधानमन्त्री ओली

तस्बिर स्रोत, RSS

Published

प्रधानमन्त्री केपी ओलीले नयाँ सरकारले मुलुकमा समृद्धि ल्याउन चाहेको भन्दै त्यसमा सहयोग गर्न प्रतिपक्षीहरूलाई पनि आग्रह गरेका छन्।

आइतवार दिउसो विश्वासको मत लिनुअगाडि संसदलाई सम्बोधन गर्दै उनले त्यस्तो आग्रह गरेका हुन्।

उनले भने, "समृद्धिको यात्रा सत्तापक्षको मात्रै होइन, यो साझा यात्रा हो। सबैले यो भावना लिएर अगाडि बढ्नुपर्छ'।

उनले वर्तमान सरकारले बढी शक्ति केन्द्रित गर्न खोजेको भन्ने आरोपहरूतिर लक्षित गर्दै त्यसको खण्डन गर्न कोसिस पनि गरे।

प्रतिबद्धता

उनले भने, " म दमनकारी शासक होइन, सेवक बन्न आएको हुँ। परिवर्तन ल्याउन प्रधानमन्त्री बनेको हुँ"।

प्रधानमन्त्री ओलीले सरकार 'दम्भी' नहुने र प्रतिपक्षी पनि 'सहयोगी' बन्नुपर्ने धारणा राखे।

उनले आफूहरूले राष्ट्रियता सवल बनाउन चाहेको र सामाजिक सद्भावसहितको एकताको परिकल्पना गरेको बताए।

वाम गठबन्धनबाहेकका दलहरूले पनि सहयोग गर्ने भनेकाले ओलीको पक्षमा समर्थनमा दुई तिहाइ पुग्ने अपेक्षा गरिएको छ।