हाइड्रोजन बम बनाएको उत्तर कोरियाको दावी

नेता

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, नयाँ हाइड्रोजन बमको नेता किम जोङ उनले निरिक्षण गरेको बताइएको छ।
Published

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत हान्न सकिने अत्याधुनिक हाइड्रोजन बमको विकास गरेको बताएको छ।

सरकारी सञ्चार माध्यमले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरिक्षण गरेको जनाएको छ।

उक्त बमको तस्बिर भने सार्वजनिक गरिएको छैन्।

स्वतन्त्र रुपमा उक्त घोषणाको पुष्टी भएको छैन् तर पश्चिमा देशहरुले ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्ने गरी उत्तर कोरियाले परमाणूसँग सम्बन्धित उपकरणहरु निर्माण गर्ने प्रविधिसम्म पहुँच पुर्याएको भन्नेमा प्रश्नहरु उठाउने गरेका छन्।

अघिल्लो हप्ता उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापान तर्फको क्षेत्रमा प्रहार गरेको थियो जसका कारण अधिकारीहरुले स्थानीय वासिन्दालाई सुरक्षित रहन सावधान गराएका थिए।