प्यारिस ओलिम्पिक्समा खेल र प्रतिस्पर्धाबाहेक अरू के हुँदै छ

ओलिम्पिक्स भिलेजमा एअर हकी खेल्दै मोरक्कोका खेलाडीहरू of the Athletes's Village.
तस्बिरको क्याप्शन, ओलिम्पिक्स भिलेजमा एअर हकी खेल्दै मोरक्कोका खेलाडीहरू
Published
पढ्ने समय: ६ मिनेट

सन् २०२४ प्यारिस ओलिम्पिक्स चलिरहँदा त्यसमा सहभागी खेलाडीहरूका गतिविधिलाई लिएर मानिसहरूमा ठूलो कौतूहल पाइन्छ।

खेलको अवधिबाहेक उनीहरू के गर्छन् भन्नेबारे बीबीसीको प्यारिसस्थित टोलीले खोजी गरेको छ।

हामीले थाहा पाएका खास पाँच कुरा यस्ता छन्:

राम्रो खानेकुराको खोजी

स्वर्ण विजेता अमेरिकाको महिला जिम्न्यास्टिक टोली
तस्बिरको क्याप्शन, स्वर्ण विजेता अमेरिकाको महिला जिम्न्यास्टिक टोली

टिम जिम्न्यास्टिक स्पर्धामा स्वर्णपदक जितेपछि अमेरिकी खेलाडी सिमोन बाइल्स र उनका साथीहरूलाई उनीहरूले फ्रान्सेली खानेकुरा कतिको मन पराइरहेका छन् भनेर पत्रकार सम्मेलनमा सोधिएको थियो।

त्यसको जवाफमा बाइल्सले भनिन्, “एउटा कुरा। मलाई लाग्दैन हामीले ठ्याक्कै फ्रान्सेली परिकार ओलिम्पिक्स ग्राममा खाइरहेका छौँ जुन तपाईँहरूले ग्रामबाहिर भएकाले खान पाइरहनुभएको हुनसक्छ।”

“खेलाडीहरूका लागि यो अलिकति धेरै… स्वस्थ छ,” उनले कूटनीतिक लवजमा भनिन्।

उनकी सहकर्मी हेज्ली रिभेराले फ्रान्सेली खानेकुरा मिठो भएपनि ‘आफूहरूले त्यहाँ खाइरहेको खानेकुरा उत्कृष्ट भएको आफूलाई नलागेको’ सुनाइन्।

ठट्टा गर्दै उनले भनिन्, “तर यसले काम गर्‍यो।” बाइल्सले थपिन्, “मलाई पिज्जा राम्रो भएजस्तो लाग्यो।”

टोलीलाई आफ्नो खानेकुरा र सेफहरूलाई ओलिम्पिक्स ग्राममा ल्याउन अनुमति दिइएको छ
तस्बिरको क्याप्शन, टोलीलाई आफ्नो खानेकुरा र सेफहरूलाई ओलिम्पिक्स ग्राममा ल्याउन अनुमति दिइएको छ

भारतीय सञ्चारमाध्यमहरूले आफ्नो देशका खेलाडीहरूले ‘ओलिम्पिक्स ग्राममा आफूहरूलाई मिल्दो स्वादका खानेकुरा भेट्टाउन संघर्ष गरिरहेको’ जनाएका छन्।

यमनका १०० मिटर धावक समिर आल्याफेइले प्यारिसमा बीबीसी अरेबिकसँग कुरा गर्दै त्यहाँ पर्याप्त फलफूल नरहेको बताए।

“सुरुका केही दिनमा प्रत्येक खेलाडीले एक दिनमा जम्मा दुई टुक्रा फलफूल पाउँथे। मेरो आहारमा मलाई धेरै प्रोटिन र कार्बोहाइड्रेट चाहिन्छ तर बिस्तारै अवस्थामा सुधार भइरहेको छ।”

प्यारिसका आयोजकहरूले उनीहरूले जलवायुप्रति संवेदनशील खानाको मेनु तयार पारिएको र त्यसले स्थानीय, मौसमी र वनस्पतिजन्य आहारमा जोड दिएर विगतका ओलम्पिक्सको तुलनामा ‘कार्बन फुटप्रिन्ट’ घटाउन खोजेको जनाएका छन्।

फिलिपिन्सका लागि खेलिरहेकी जिमनास्ट एलिया फिनेगनले खाना राम्रो भएपनि त्यसमा थप स्वाद आवश्यक रहेको ठान्छिन्।

ब्रिटेनको टोलीले बाहिरबाट ब्राइयोनी जनसनलाई आफ्नो डुङ्गा खियाउने टोलीका लागि खानेकुरा तयार पार्ने शेफ बनाएको छ।

जनसनले कतिपय खेलाडीहरूले तौल घटाउन र कतिपयले बढाउन चाहेकाले आफूले विभिन्न माग अनुसारका खानेकुरा तयार गरिरहेको बताइन्।

नर्वेका पौडीवाज हेनरिक क्रिस्टेनसेनले चक्लेट मफिनलाई १० मा ११ स्टारको रिभ्यु टिकटकमा दिएका छन्।

आरामको महत्त्व

कुटबाट बनेका खाट र एअर कन्डिसनको अभावले कतिपय खेलाडीहरूलाई दुखी बनाएको छlympic Village.
तस्बिरको क्याप्शन, कुटबाट बनेका खाट र एअर कन्डिसनरको अभावले कतिपय खेलाडीहरूलाई दुःखी बनाएको छ

सुत्ने ठाउँ र कोठाभित्र वातानुकूलनको व्यवस्थालाई लिएर कतिपय खेलाडी दुःखी छन्

खेलाडीहरूका लागि राम्रो निन्द्राले उनीहरूको प्रदर्शनमा भूमिका खेल्छ तर कतिपय टोलीहरूले तातो हावाको लहरले खेलाडीहरूलाई सुत्न गाह्रो परिरहेको बताएका छन्।

प्यारिसले हरित ओलिम्पिक्सलाई प्रवर्द्धन गर्ने नीति अनुरूप कोठाहरूलाई शीतल बनाउन एअर कन्डिशनिङको सट्टा जिओथर्मल कुलिङ्ग प्रणाली प्रयोग गरिएको बताएको छ।

र प्रत्येक कोठामा बिजुलीको पङ्खा पनि राखिएको छ।

तर रुमेनीयाली टेबल टेनिस खेलाडी बर्नाडेट सुचजस्तै धेरैले अहिले पनि त्यहाँ गर्मी रहेको ठान्छन्।

उनले भनिन्, “(फ्यान) त्यत्ति शक्तिशाली छैन। हामी राति झ्याल खुल्लै राखेर सुत्ने गर्छौँ।”

गर्मीबारेका चिन्तामाझ २,५०० वटा 'कुलिङ युनिट'हरू पनि जडान गरिएका छन्। गर्मीबाहेक कार्डबोडबाट बनेको खाटमा लगाइएका ओछ्यानले पनि ओलिम्पिक्स भिलेजका धेरै खेलाडीहरूलाई असहज महसुस गराइरहेको छ।

अस्ट्रेलियाका वाटर पोलो खेलाडी टिल्ली कर्न्सले ‘ढुङ्गाजस्तै साह्रो’ ओछ्यानका कारण आफ्नो ढाड दुखेको बताइन्।

सुत्ने खाटको फ्रेम कार्डबोड अर्थात् बलियो कुटबाट बनेको छ र पुनः प्रशोधन गरिएको सामग्रीबाट बनाइएको म्याट्रेस त्यसमा प्रयोग गरिएको छ। यस्तो खालको ओछ्यान टोक्यो ओलिम्पिक्सबाट प्रयोगमा आएका थिए।

उक्त ओछ्यानमा कतिपय खेलाडीहरूले उफ्रिएर विभिन्न प्रस्तुती दिएका छन् जसले त्यो बलियो रहेको देखाउँछ। त्यसले 'यौन गतिविधि निरुत्साहित' गर्न कमजोर खालका सुत्ने खाटहरूको प्रबन्ध गरिएको भन्ने दाबीलाई पनि खण्डन गरिदिएको छ।

ओलिम्पिक आयोजकहरुले निरन्तर ती ओछ्यानहरू कार्बन फुटप्रिन्ट कम गर्न र दिगोपनलाई प्रवर्द्धन गर्न प्रयोग गरिएको बताइरहेका छन्।

यसैबीच मेक्सिकोकी आर्चरी खेलाडी एना पाउलाले टिकटकमा भिडिओ सेअर गर्दै सुत्ने व्यवस्था राम्रो रहेको जनाएकी छन्।

उनले भनेकी छन्, “म पहिला भन्दा निक्कै राम्रोसँग सुतेँ।”

नयाँ मित्रता

Jसेली-एन फ्रेजर-प्राइसले मिशेलालाई इन्स्टाग्राममा पछ्याएकी छन्t and New Zealand rugby sevens player Michaela Blyde.
तस्बिरको क्याप्शन, सेली-एन फ्रेजर-प्राइसले मिशेलालाई इन्स्टाग्राममा पछ्याएकी छन्

झन्डै १४ हजार पुरुष र महिला खेलाडी एकै ठाउँमा दुई हप्तासम्म रहने यो प्रतियोगिता मित्रता कायम गर्ने एउटा विशिष्ट अवसर पनि हो।

न्यूजील्याण्डकी रग्बी टोलीकी मिखेला ब्लाइडले इन्स्टाग्राममा दुईवटा पोस्ट राख्दै जमैकन धाविका सेली-एन फ्रेजर-प्राइससँग भेट्न पाएकोमा गर्व लागेको भन्दै पोस्ट गरेकी गरेकी छन्।

एउटा भिडिओमा ब्लाइड खालिखुट्टै तीन पटककी ओलिम्पिक च्याम्पिअनतर्फ दौडिरहेको देख्न सकिन्छ।

एक अर्कालाई अङ्कमाल गरिसकेपछि ब्लाइडले धक मान्दै भन्छिन्, “तिमी अद्भुत छौ।”

हाँस्दै फ्रेजर-फ्राइसको जवाफ छ, “तिमी काँपिरहेकी छौ। सास फेर।”

कतिपयले डेटिङ एपहरूको पनि प्रयोग गरिरहेका छन्।

तर मेक्सिकोकी क्यानोइङ खेलाडी सोफिया रेनोसेलाई ओलिम्पिक ग्राममा ती एपहरूले उनको काम नगरेकोमा आश्चर्य लागेको छ।

प्यारिसमा रहेका बीबीसी विश्व सेवाका संवाददाताहरूका अनुसार टिन्डर र हिन्जजस्ता एपहरूले काम गरिरहेका छन्। तर ग्राइन्डरले आफूलाई स्वयं प्रतिबन्ध लगाएको छ। उक्त एप प्रयोग गरेर मानिसलाई ‘आउटिङ’ मा लगिएको खण्डमा तीनको लैङ्गिकता सहमति बेगर नै सार्वजनिक हुने गर्छ।

आकर्षक देखिने प्रयास

प्रतियोगिता अघि र पछि खेलाडीहरूले मेक अप गर्न पाउँछन् mpic Village beauty salon on 24 July 2024.
तस्बिरको क्याप्शन, प्रतियोगिता अघि र पछि खेलाडीहरूले मेक अप गर्न पाउँछन्

खेलाडीहरूलाई ओलिम्पिक ग्राममा कपाल काट्ने र शृङ्गारको स्रोतसाधन उपलब्ध छ।

डच पौडीबाज भेलेरी भानरुनले एउटा सलुनमा कपाल पखालिरहेको, काटिरहेको र स्टाइल मिलाइरहेको भिडियो राखेकी छन्। उनी उक्त परिणामप्रति सन्तुष्ट देखिन्छिन्।

हात र नङको उपचार, कपाललाई विभिन्न रूप दिने, अनुहारको सौन्दर्य सम्बन्धी सेवाहरू पनि उपलब्ध छन्।

मानसिक स्वास्थ्य

टम डेलीले आफूले प्यारिसमा रहँदा स्वेटर बुनिसकेको इन्स्टाग्राममा खुलासा गरेका छन्en's Synchronised 10m Platform Final on 31 July 2024.
तस्बिरको क्याप्शन, टम डेलीले आफूले प्यारिसमा रहँदा स्वेटर बुनिसकेको इन्स्टाग्राममा खुलासा गरेका छन्

यो वर्ष ओलिम्पिक भिलेजमा ध्यान केन्द्र पनि छ। अति परिश्रम हुने गतिविधि र सञ्चारमाध्यमको पहुँचबाट टाढै रहनेका लागि यो केन्द्र हो।

ध्यान सम्बन्धी सेवा दिने भर्चुअल हेडसेटहरू वितरण गरिएको छ। ड्यूटीमा नभएका प्रतिस्पर्धीहरूले नीलो प्रकाश मुन्तिर सोफामा आराम गर्न सक्नेछन्। वा तिनीहरूले संयुक्त रूपमा क्यान्भासमा चित्र कोर्न पनि योगदान दिन सक्नेछन्।

त्यसमुनिको तल्लामा फिटनेश सेन्टर छ जहाँ खेलाडीहरूले तौल उठाउने वा व्यायाम गर्ने गर्नसक्छन्।

र ग्रेट ब्रिटेनको टोलीका टम डेलीले खेलअघि र पछिको समयमा आफ्नो मानसिक अवस्थामा माथि नियन्त्रण राख्न सकियोस् भने सिलाइ बुनाइको काम गरिरहेका छन्।

प्यारिस आएपछि थालेको एउटा स्वेटर बुन्ने काम उनले सकिसकेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।