सीसीटीभी फुटेजमा देखियो १ करोड डलर पर्ने कलाकृति चोरी भएको दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सीसीटीभी फुटेजमा देखियो १ करोड डलर पर्ने कलाकृति चोरी भएको दृश्य
Published

इटलीस्थित एउटा सङ्ग्रहालयबाट ९० लाख यूरो (१ करोड ५ लाख अमेरिकी डलर) पर्ने कलाकृति चोरी भएको देखिने सीसीसीटीभी भिडिओ सार्वजनिक भएको छ।

चोरी भएका चित्रकलाहरू सेजान, रेन्वा र मटिसले बनाएका हुन्।

ती कलाकृतिको कुल मूल्यका कारण अहिलेको घटना इटलीमा हालसालै भएका सबैभन्दा ठूला चोरीमध्ये एक मानिएको छ।

प्रहरीले एउटा विज्ञप्ति जारी गर्दै खोजीका क्रममा तीनवटा चित्रकला बरामद भएको जनाएको छ। तर विज्ञप्तिमा अरू विवरण समाविष्ट छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।