जवाहरात चोरीको नौ महिनापछि फेरि खुल्यो लुभ्रको ग्यालरी
सन् २०२५ को अक्टोबरमा जवाहरात चोरी भएपछि बन्द भएको लुभ्र म्यूजीअमको अपोलो ग्यालरी नौ महिनापछि खुलेको छ।
जम्मा सात मिनेटको अवधिमा १० करोड डलरभन्दा बढी मूल्यका फ्रान्सका भूतपूर्व राजपरिवारका राजकीय गहना 'फ्रेन्च क्राउन जूअल्स' चोरी भएको घटना निकै नै चर्चित भएको थियो।
त्यस बेला चोरी भएका जवाहरातमध्ये एउटा मात्र भेटिएको छ र त्यसलाई पुनः त्यहाँ स्थापना गर्ने काम जारी छ।
अब भेटिने अन्य जवाहरातलाई उच्च सुरक्षाको व्यवस्था गरी अन्तै राखिने म्यूजीअमका अधिकारीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



