२३ करोड वर्ष पुरानो जीवले उजागर गर्‍यो २ देशबीचको सम्बन्ध

२३ करोड वर्ष पुरानो जीवले उजागर गर्‍यो २ देशबीचको सम्बन्ध

झन्डै २३ करोड वर्ष पुरानो मानिएको एउटा जीवको अवशेषले स्कटल्यान्ड र ब्रजिलबीचको सम्बन्ध उजागर गरेको छ।

'रिन्कसोर आइसडापिडन भार्जेयालिस'को चुच्चो सुगाको जस्तै छ जुन सम्भवतः बोटबिरुवा काट्न र जरा खन्न प्रयोग हुन्थ्यो।

यो जीव १.२-१.५ मिटर लामो भएको अनुमान छ।

सन् २०२० मा फेला परेको एउटा खप्परको जीवाश्मका आधारमा यो तथ्य पत्ता लागेको हो।

नाता विश्लेषण गर्दा स्कटल्यान्डमा फेला परेको सोही युगको एउटा रिन्कसोरसँग धेरै समानताहरू देखा परे।

शोधकर्ताहरू यो सरीसृप विशाल 'प्यान्जिया' महाद्वीपमा बस्ने गरेको ठान्छन् जतिबेला पृथ्वीमा सबै जमिन जोडिएको थियो।

यसको अर्थ अहिले महासागरले छुट्ट्याएका महादेशमा पनि यस्तै जीवाश्म फेला पर्न सक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।