तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलियाको इन्धन प्रशोधन केन्द्रमा आगलागी
अस्ट्रेलियाको एउटा इन्धन प्रशोधन केन्द्रमा आगलागी हुँदा आगोको लप्का ३० मिटरको उचाइसम्म पुगेको छ।
विस्फोटन र आगलागीको खबर आएपछि आपत्कालीन सेवाका कर्मचारीहरू अस्ट्रेलियाका सबैभन्दा ठूला दुई प्रशोधन केन्द्रमध्ये एक भीभाको कोरिओ तेल प्रशोधन केन्द्रमा पुगेका थिए।
'एबीसी'का अनुसार आगोको लप्का ३० मिटर माथिसम्म पुगेको थियो।
यो आगो १३ घण्टापछि नियन्त्रणमा लिइएको थियो।
अग्निनियन्त्रण सेवाका अनुसार "उपकरण बिग्रेर" उक्त घटना भएको हो।
इरान युद्धका माझ अस्ट्रेलियामा इन्धनको मूल्य आकासिएको छ। यस घटनापछि अझ धेरै मूल्यवृद्धि हुन सक्ने कतिपय विज्ञहरूको चेतावनी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।