हिमनदी र हिमताल विस्फोट भएर उत्पन्न हुने विपद्‌बाट कसरी जोगिने

हिमनदी र हिमताल विस्फोट भएर उत्पन्न हुने विपद्‌बाट कसरी जोगिने
Published

एउटा हिमनदी खण्डित भएर आएको पहिरोका कारण गत भदौमा तिब्बत र नेपालमा ठूलो विनाश हुने गरी बाढी उत्पन्न भएको केही विज्ञहरूले बताएका छन्।

तिब्बत हुँदै नेपालमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीपछि धेरैले हिमाली क्षेत्रमा हिमनदी र हिमताल विस्फोट हुने जोखिम रहेको भन्दै तिनको निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाण्डूस्थित एकीकृत पर्वतीय विकासको अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले विगतदेखि नै हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने नेपालमा पनि हिमनदीहरूको अध्ययन गर्दै आएको छ।

यस्ता विपद्‌बाट सकेसम्म कसरी जोगिन सकिन्छ अनि सम्भावित क्षतिलाई कसरी घटाउन सकिन्छ?

यस विषयमा जान्न 'बीबीसी हातेमालो'का लागि सञ्जय ढकालले इसिमोडकी जल तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख नीरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।