मलमूत्रले दूषित घरबाट ८४ कुकुरको उद्धार

मलमूत्रले दूषित घरबाट ८४ कुकुरको उद्धार
Published

यूकेको दक्षिण योर्कशरस्थित मलमूत्रले दूषित एक घरबाट ८४ कुकुरको उद्धार गरिएको छ।

तीमध्यै धेरै फोहोर लागेका र कम तौलका थिए।

केहीलाई घाउ लागेको थियो। एउटाको खुट्टा मर्किएको थियो।

एक सर्वसाधारणले यसबारे कुरा उठाएपछि एउटा घरमा ती कुकुर फेला परेका हुन्।

उक्त घरमा एक ६१वर्षे पुरुष, उनकी श्रीमती र छोरा थिए। पशुकल्याण गर्न नसकेको कसुरमा उनलाई दोषी ठहर गरिएको छ।

उनका श्रीमती र छोराले पनि सोही कसुरमा आफू दोषी रहेको स्वीकार गरेका छन्।

तीनै जनालाई आगामी डिसेम्बरमा सजाय तोकिने छ।

ती कुकुरलाई अर्को घरमा सारिएको छ। तर स्वास्थ्यका कारण एउटाको बध गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।