तस्बिरमा : हर्षोल्लाससहित भित्रियो नयाँवर्ष २०२६

नयाँवर्ष २०२६ लाई स्वागत गर्न गरिएको आतसबाजीका कारण उज्यालो देखिएको सिड्नी हार्बर ब्रिज र सिड्नी ओपरा हाउसमाथिको आकाश। पानीमा डुङ्गाहरू पनि छन्
    • Author, म्याथ्यू टकर
    • Author, लूसी टालभेरा
  • Published
  • पढ्ने समय: ६ मिनेट

विश्वभरि नयाँवर्ष २०२६ लाई हर्षोल्लासपूर्वक स्वागत गरिएको छ। सन् २०२५ लाई बिदा गर्न र नयाँवर्षलाई स्वागत गर्न ठाउँठाउँमा विशेष कार्यक्रमहरू आयोजना भए।

प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्र किरिबासको किरिस्मा टापुमा नयाँवर्ष सबैभन्दा पहिला आरम्भ भयो। उक्त टापुबाट एक पर्यटकले आफूले त्यहाँ प्रविधि र मानिसहरूको कोलाहलबाट टाढा "पूरै अन्धकारमा, असङ्ख्य गँगटाहरू भएको समुद्री तटमा" नयाँवर्ष मनाएको बीबीसीलाई बताए।

विभिन्न देशमा मानिसहरूले कलात्मक आतसबाजीसँगै नयाँवर्षलाई स्वागत गरे।

लन्डनको आकाशमा बिगबेननजिकै गरिएको आतसबाजी
तस्बिरको क्याप्शन, लन्डनस्थित बिगबेनमाथि आतसबाजी गरेर नयाँवर्षलाई स्वागत गर्ने चलन छ
मध्यलन्डनस्थित लन्डन आईमा आतसबाजीमा उज्यालो देखिएको आकाश
तस्बिरको क्याप्शन, मध्यलन्डनस्थित लन्डन आई आतसबाजीका कारण झिलिमिली र रमाइलो देखियो
एडिन्बरा कासलमाथि आतसबाजीका कारण उज्यालो देखिएको आकाश
तस्बिरको क्याप्शन, स्कटल्यान्डमा एडिन्बरा कासल क्षेत्रमा विशेष तरिकाले आतसबाजी गरेर नयाँवर्षलाई स्वागत गर्ने चलन छ
नयाँवर्ष २०२६ को पूर्वसन्ध्यामा बर्लिनस्थित ब्रान्डेन्बर्ग गेटमा गरिएको आतसबाजी
तस्बिरको क्याप्शन, बर्लिनस्थित ब्रान्डेन्बर्ग गेट
प्यारिसस्थित शाँजेलीजे चोकमा रहेको आर्क ड ट्रीओँफमा गरिएको आतसबाजी
तस्बिरको क्याप्शन, नयाँवर्षलाई स्वागत गर्न प्यारिसस्थित शाँजेलीजेमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भए
अक्ल्यान्ड सहरको तस्बिर, त्यहाँ स्काइ टावरमा गरिएको आतसबाजी
तस्बिरको क्याप्शन, अक्ल्यान्डको स्काइ टावर
अक्ल्यान्डको स्काइ टावरमा गरिएको आतसबाजी

अस्ट्रेलियामा नयाँवर्षलाई स्वागत गर्न मध्यरातमा सिड्नी ओपरा हाउस र सिड्नी हार्बर ब्रिजमा विशेष आतसबाजी गरियो।

अस्ट्रेलियामा नयाँवर्षलाई स्वागत गर्न मध्यरातमा सिड्नी ओपरा हाउस र सिड्नी हार्बर ब्रिजमा गरिएको विशेष आतसबाजी
मध्यरातमा सिड्नी ओपरा हाउस र सिड्नी हार्बर ब्रिजमा विशेष आतसबाजी
मध्यरातमा सिड्नी ओपरा हाउस र सिड्नी हार्बर ब्रिजमा गरिएको विशेष आतसबाजी
तस्बिरको क्याप्शन, नयाँवर्षलाई स्वागत गर्न सिड्नी ओपरा हाउस र सिड्नी हार्बर ब्रिजमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए

गत १४ डिसेम्बरमा बोन्डाइ बीचमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको हुनाले सिड्नीमा आयोजित कार्यक्रममा शोकको सङ्केत पनि देखियो।

स्थानीय समयानुसार बुधवार राति ११ बजे सिड्नी हार्बरमा एक मिनेट मौनधारण गरियो। मानिसहरूले बोन्डाइ बीचमा मारिएका मानिसहरूको सम्झनामा बत्ती बालेका थिए। सिड्नी हार्बर ब्रिजका स्तम्भहरूमा नौवटा पानस भएको यहुदी चिह्न 'मनोरा'को आकृति देखाइएको थियो।

हार्बर ब्रिजमा "शान्ति, एकता" लेखिएको सन्देश
तस्बिरको क्याप्शन, नयाँवर्ष आरम्भ हुनै लाग्दा सिड्नी हार्बर ब्रिजको स्तम्भमा "शान्ति, एकता" लेखिएको सन्देश देखाइएको थियो
सिड्नीस्थित मिसस मक्क्वेरिस पोइन्टमा आयोजित कार्यक्रममा सहभागी भएकाहरूले बोन्डाइ बीचमा मारिएका मानिसको सम्झनामा मोबाइलबाट बत्ती बाल्दै
तस्बिरको क्याप्शन, सिड्नीमा आयोजित एउटा कार्यक्रममा सहभागी भएकाहरूले मोबाइलबाट बत्ती बालेर बोन्डाइ बीचमा मारिएका मानिसप्रति सम्मान व्यक्त गरे
सिड्नी हार्बर ब्रिजमा मनोराको आकृति

सिङ्गापुरको मरिना बे वाटरफ्रन्टमा पनि विशेष आतसबाजी गरियो।

सिङ्गापुरको मरिना बे वाटरफ्रन्टमा गरिएको आतसबाजी

फिलिपिन्सको मनिला महानगरस्थित मकाटीमा विशेष खालको प्रकाशबाट उज्यालो देखिएका अग्ला भवनहरूमाथि रङ्गीन आकृतिहरू बन्ने गरी आतसबाजी गरियो।

मेट्रो मनिलाको मकाटीमा सडक, उज्याला भवनहरू र आतसबाजी

ब्याङ्ककमा नयाँवर्षलाई स्वागत गर्न आयोजित कार्यक्रममा सहभागी हुने चाउ प्राया नदीको तटमा हजारौँ मानिसहरू भेला भए।

चाउ प्राया नदीमाथि गरिएको आतसबाजीबाट उज्यालो देखिएका डुङ्गाहरू र आकाश

दुबईस्थित संसारकै अग्लो भवन 'बुर्ज खलिफा'मा रङ्गीचङ्गी बत्ती, सङ्गीत र पानीको फोहराको मनमोहक संयोजनपछि कलात्मक आतसबाजी गरियो।

मानिसहरू बुर्ज खलिफमा गरिएको आतसबाजीको मोबाइल फोनबाट भिडिओ खिच्दै

हङ्‌कङमा दर्शकहरू नयाँवर्षको पूर्वसन्ध्यामा आयोजित विशेष साङ्गीतिक कार्यक्रम र 'लाइट शो'मा सहभागी भए।

हङ्‌कङमा नयाँवर्षका अवसरमा आयोजित विशेष साङ्गीतिक कार्यक्रम र 'लाइट शो'मा सहभागी मानिसहरू प्रफुल्ल मुद्रामा

बेइजिङमा जुयुङ्वान ग्रेटवाल रङ्गीचङ्गी देखिने गरी उज्यालो बनाइयो।

बेइजिङमा जुयुङ्वान ग्रेटवालमा देखिएको रङ्गीचङ्गी प्रकाश

सोलस्थित दक्षिण कोरियाको सबैभन्दा अग्लो भवन 'लोट्टे वर्ल्ड टावर'माथिको आकाशमा लेजर लाइटबाट रङ्गीचङ्गी प्रकाश प्रक्षेपण गरियो।

सोलस्थित 'लोट्टे वर्ल्ड टावर'माथि आकाशमा देखिएको रङ्गीचङ्गी प्रकाश

सोलस्थित बोशिन्गाकमा कलाकारहरूले विशेष नृत्य देखाए। चिनियाँ पात्रो अनुसरण गर्ने दक्षिण कोरियामा 'रातो घोडाको वर्ष' आरम्भ भएको छ।

सोलस्थित बोशिन्गाकमा विशेष नृत्य देखाउँदै दक्षिण कोरियाली कलाकारहरू

डब्लिन कासलमा आयोजित म्याटिनी काउन्टडाउन कन्सर्टमा सहभागी हुन जानुअघि सडकमा एक कलाकारले आगो घुमाउँदै आफ्नो नृत्य प्रस्तुत गरिन्।

डब्लिनमा प्रोसेशन अफ लाइटमा सहभागी एक कलाकारआगो घुमाएर नृत्य प्रस्तुत गर्दै

विभिन्न देशमा आआफ्नो परम्पराअनुसार नयाँवर्षलाई स्वागत गरियो।

दक्षिण फ्रान्सस्थित ल क्याप डाग्डको तटमा भेला भएका मानिसहरू कोहीले निर्वस्त्र त कोहीले वस्त्रधारण गरेरै समुद्रमा डुबुल्की मारे।

स्यान्टा क्लजको टोपी लगाएका मानिसहरू समुद्रको छेउमा उभिएर सेल्फी खिच्दै

डेन्मार्कको कोपन्हेगनमा मानिसहरूले चिसो पानीमै पौडी खेले।

कोपन्हेगनमा चिसो पानीमा पौडी खेल्दै मानिसहरू

द नेदरल्यान्ड्सको ओम्मेनमा स्थानीय बासिन्दाहरू नयाँवर्षको पूर्वसन्ध्यामा आयोजित 'कार्बाइड शूटिङ' हेर्न भेला भए।

यहाँ दूधका क्यानलाई तोप र फुटबललाई गोला बनाएर प्रहार गर्ने चलन छ।

द नेदरल्यान्ड्सको ओम्मेनमा दूधका क्यानबाट फुटबललाई गोला बनाएर प्रहार गरिँदै
द नेदरल्यान्ड्सको ओम्मेनमा दूधका क्यानबाट फुटबललाई गोला बनाएर प्रहार भएको हेर्दै मानिसहरू

जापानको ओसाकामा युवतीहरू परम्परागत पोसाक किमोनो लगाएर वर्षान्तका अवसरमा सुमियोशी ताइशा मन्दिरमा आयोजित शिन्तो अनुष्ठानमा सहभागी भए।

सुमियोशी ताइशा जापानमा भएका पुराना शिन्तो मन्दिरमध्ये एक हो।

ओसाकामा युवतीहरू परम्परागत पोसाक लगाएर वर्षान्तका अवसरमा सुमियोशी ताइशा मन्दिरमा आयोजित शिन्तो अनुष्ठानमा सहभागी हुँदै

पोल्यान्डको क्र्याकोमा नयाँवर्षका अवसरमा आयोजित दौड प्रतियोगितामा धावकहरू चिसोलाई बेवास्ता गर्दै विभिन्न खालका पोसाक लगाएर सहभागी भए।

पोल्यान्डको क्र्याकोमा नयाँवर्षका अवसरमा आयोजित दौड प्रतियोगितामा रङ्गीन थरीथरीका पोसाक लगाएर सहभागी भएका धावकहरू
क्र्याकोमा नयाँवर्षको पूर्वसन्ध्यामा आयोजित परम्परागत 'क्र्याको न्यू यिअर्स रन इन द ओल्ड टाउन'मा अनौठा र रोचक पोसाक लगाएका मानिसहरू
तस्बिरको क्याप्शन, नयाँवर्षको पूर्वसन्ध्यामा आयोजित परम्परागत 'क्र्याको न्यू यिअर्स रन इन द ओल्ड टाउन'मा अनौठा र रोचक पोसाक लगाएका मानिसहरू पनि सहभागी भए

इन्डोनेशियाको बालीमा सन् २०२२५ मा सूर्यलाई बिदा गर्न र नयाँवर्षको सूर्यलाई स्वागत गर्न बालबालिका र वयस्क मानिसहरूले परम्परागत नृत्य गरे।

इन्डोनेशियाको बालीमा सन् २०२५ मा सूर्यलाई बिदा गर्न र नयाँवर्षको सूर्यलाई स्वागत गर्न परम्परागत नृत्य प्रस्तुत गर्नुअघि विशेष मुद्रामा उभिएका नर्तकीहरू
इन्डोनेशियामा बालीस्थित डेन्पसारमा सन् २०२५ को सूर्यलाई बिदा गर्न र नयाँवर्षको सूर्यलाई स्वागत गर्न नृत्य गर्दै बालबालिका

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।