तस्बिरः टर्की र सिरियामा विध्वंस भएका स्थानमा अझै आशाको त्यान्द्रो बाँकी

भग्नावशेषबाट उद्धार गरिएका एक बालक
तस्बिरको क्याप्शन, टर्कीको हाटाई प्रान्तमा ५२ घण्टापछि भग्नावशेषबाट उद्धार गरिएका आठवर्षे बालक यिगितको उनकी आमासँग पुनर्मिलन भएको छ।
Published

गत सोमवार टर्की, सिरिया र वरपरका क्षेत्रमा दुईवटा ठूला भूकम्प गए। ती भूकम्प र त्यसपछि निरन्तर आइरहेका परकम्पहरूको शृङ्खलाका कारण १५,००० भन्दा बढी मानिसले ज्यान गुमाएको पुष्टि भएको छ।

भूकम्पका कारण टर्कीको दक्षिणी भेग र उत्तरी सिरियामा व्यापक भौतिक क्षति पनि भएको छ।

ठूलो विध्वंस भएकाविभिन्न क्षेत्रमा उद्धारकार्य जारी नाटकीय तस्बिरहरू आइरहेका छन्। भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएका छ भने ठूलो सङ्ख्यामा मानिसहरू अझै भग्नावशेषमा पुरिएको ठानिएको छ।

अनपेक्षित विपत्ति खेपेका स्थानहरूमा गरिएको उद्धारसँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

भग्नावशेषबाट उद्धार भइरहेकी एक बालिका
तस्बिरको क्याप्शन, एलिफ नामकी यी बालिकालाई उनकी आमा र बहिनीसँगै भूकम्प गएको ५४ घण्टापछि उनीहरूको घर रहेको आडियामान प्रान्तबाट उद्धार गरिएको छ।
उद्धारपछि मुस्कुराउँदै एक किशोर
तस्बिरको क्याप्शन, टर्कीको दक्षिणी हाटाई प्रान्तमा भूकम्प गएको ५६ घण्टामा उद्धार गरिँदा १६ वर्षे महमुत सलमानले खुसी व्यक्त गरेका छन्।
जीवितै उद्धार एक किशोर र उनले पालेको चरा
तस्बिरको क्याप्शन, टर्कीको काहरामान्मारशमा ५५ घण्टापछि उद्धार गरिँदा एक १३ वर्षे किशोरले आफूले पालेको एउटा घरपालुवा चरालाई पनि सुरक्षित रूपमा ल्याएका थिए।
उद्धार गरिएको कुकुर
तस्बिरको क्याप्शन, टर्कीको हाटाईमा भूकम्प गएको ५५ घण्टापछि एउटा कुकुरको उद्धार गरिएको छ।
भग्नावशेषमा पुरिएकी आफ्नी छोरीको हात समातिरहेका पिता
तस्बिरको क्याप्शन, एक बुबाको पीडा: मेसुत ह्यान्सरले काहरामान्मारश क्षेत्रमा भग्नावशेषमा पुरिएकी आफ्नी १५ वर्षीया छोरी इर्माकको हात समातिरहे। दुर्भाग्यवश उनकी छोरी बाँच्न सकिनन्।
भग्नावशेषबाट जीवित मानिसको आवाज सुनिने आशा
तस्बिरको क्याप्शन, टर्कीको हाटाई प्रान्तमा भग्नावशेषमुनि कोही जीवित छन् कि भनेर आफन्त र उद्धारकर्मीहरूले यसरी आवाज सुन्ने प्रयास गरेका छन्।
सिरियाको भूकम्पपीडित
तस्बिरको क्याप्शन, सिरियाको जेन्देअरिसमा भत्किएको एउटा भवनको भग्नावशेषमा एक्लै उभिरहेकी एक बालिका।
भूकम्पको विध्वंस
तस्बिरको क्याप्शन, टर्कीको हाटाईमा एउटा ड्रोनमार्फत् खिचिएको विध्वंसको तस्बिर।