उल्का वर्षाले उज्यालो देखिएको आकाशका मनमोहक तस्बिरहरू

उल्कावर्षा
Published

उल्का वर्षाले विश्वभरिको आकाश शनिवारको राती र आइतवार बिहानीपख उज्यालो बनायो।

अगस्ट महिनाको मध्यतिर पृथ्वी अन्तरिक्षमा भएको फोहोरको बादल हुँदै सूर्यको परिक्रमा गर्न जाँदा रात्रिकालीन आकाश चम्किलो देखिन्छ।

नाङ्गो आँखाले उल्कापात भएको हेर्न पाउनु अभूतपूर्व अवसर हो।

संयोग मिल्यो भने तपाईँ अनौठा पुच्छ्रेतारा पनि देख्न सक्नुहुन्छ।

उल्कावर्षा
तस्बिरको क्याप्शन, टर्कीको प्राचिन सहरमा देखिएको उल्कावर्षा

स्विफ्ट-टटल नामक धूमकेतुबाट उत्पन्न उल्कापिण्डहरूलाई पर्सीइड्स भनिन्छ।

उक्त धूमकेतुले पनि पृथ्वीले जसरी नै आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्छ। तर त्यसो गर्दा एउटा कोण बन्छ।

अस्ट्रियाबाट देखिएका दुईवटा उल्का वर्षा
तस्बिरको क्याप्शन, अस्ट्रियाबाट देखिएका दुईवटा उल्का वर्षा

यस्तो उल्का बालुवाको एउटा टुक्रा जत्तिकै सानो वा मटरको दाना जत्तिकै ठूलो सम्मको हुनसक्छ। यो २,१५,००० किलोमिटर प्रतिघण्टाको गतिमा आएर पृथ्वीको वायुमण्डलमा बज्रिन्छ। बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन।

चम्किला उल्काहरू बन्ने र सक्रिय भइरहने भएका कारण पर्सीइड सावरलाई उत्कृष्ट खगोलीय घटनाहरू मध्ये एक मानिन्छ।

उत्तरी मेसेडोनियामा उड्दै गरेको विमान र उल्का वर्षा
तस्बिरको क्याप्शन, उत्तरी मेसेडोनियामा उड्दै गरेको विमान र उल्का वर्षा

पर्सीइड शावर भनेको प्राकृतिक आतसबाजी‍जस्तै हो। अनि उल्कापात यति धेरै हुन्छ कि एक घण्टामा १०० वटा उल्का देख्न सकिन्छ।

क्रोएशियामा एउटा प्रकाशगृहको पृष्ठभूमिमा देखिएको उल्का
तस्बिरको क्याप्शन, क्रोएशियामा एउटा प्रकाशगृहको पृष्ठभूमिमा देखिएको उल्का

पर्सीइड उल्कापात अवलोकन गरेको पहिलो उपलब्ध लिखित विवरण भने चीनको हान राजवंशका बेलाको रहेको विश्वास गरिन्छ।

त्यहाँ सन् ३६ मा खगोलशास्त्रीले यस्तो उल्कापातबारे लेखेका छन्।

मानिसहरूले उल्कापात हेर्न दूरदर्शक यन्त्रको पनि प्रयोग गरेका थिए
तस्बिरको क्याप्शन, मानिसहरूले उल्कापात हेर्न दूरदर्शक यन्त्रको पनि प्रयोग गरेका थिए

विभिन्न संस्कृतिमा यसलाई फरक नामबाट चिनिन्छ।

लोरेन्ट्समा उल्लेख गरिएअनुसार क्याथोलिक परम्परामा यसलाई "सेन्ट लरेन्सको आँशु" भनिन्छ।

मेडिटरेनीअन लोककथामा अगस्टमा देखिने यो गतिविधिलाई "आगोको झिल्काको अवशेष" भन्ने पुराना सन्तलाई जिउँदै पोलिएको बताइएको छ।

तर रोमनहरूले भन्दा पहिले नै पर्सिया, बेबिलोन, इजिप्ट, कोरिया र जापानमा उल्कापातबारे विस्तृत विवरण दिइएको पाइन्छ।

इजरेलको नेगेभ मरुभूमीबाट कैद गरिएको उल्का
तस्बिरको क्याप्शन, इजरेलको नेगेभ मरुभूमीबाट कैद गरिएको उल्का

क्यामराहरूको ठूलो सञ्जालबाट उल्का वर्षाको अवलोकन गर्ने नासाको अल स्काई फायरबल नेटवर्कले यो वर्ष पहिलो पर्सीइड उल्का वर्षा जुलाई २६ मा पहिचान गरेको थियो।

स्पेनबाट देखिएको आकाशगङ्गा र उल्का वर्षा
तस्बिरको क्याप्शन, स्पेनबाट देखिएको आकाशगङ्गा र उल्का वर्षा